नेपालका लागि टाटा मोटर्सको आधिकारिक वितरक सिप्रदी ट्रेडिङले नयाँ टियागो ईभीलाई लक्षित गर्दै ‘जोयफुल विक’ नामक विशेष कार्यक्रम सञ्चालन गरिरहेको छ । यो अवधिमा ग्राहकहरुले रु ४.३ लाख डाउनपेमेन्ट गरेर नयाँ टियागो ईभी घर लैजान सक्नेछन् ।
सेप्टेम्बर १९ देखि २६ सम्म सञ्चालन हुने यस कार्यक्रमको मुख्य उद्देश्य ग्राहकलाई आफ्नो पूरानो गाडी एक्सचेन्ज गरी नयाँ विद्युतीय गाडीमा अपग्रेड हुने अवसरसँगै विभिन्न आकर्षक सुविधा र उपहार प्रदान गर्नु रहेको कम्पनीले जनाएको छ । यसको मुख्य सन्देश नै एक्सेंज, अपग्रेड, सेलिब्रेट रहेको छ ।
यस अन्तर्गत नयाँ टियागो ईभी बुकिङ गर्ने ग्राहकले हरेक बुकिङमा आकर्षक उपहार प्राप्त गर्नेछन् । त्यस्तै, ग्राहकले आफ्नो पूरानो गाडी एक्सचेन्ज गर्दा बेस्ट एभर एक्सेंज भ्यालुएसनको सुविधा पाउनेछन्, जसले नयाँ विद्युतीय गाडीमा अपग्रेड गर्ने प्रक्रियालाई अझ सहज र आकर्षक बनाउनेछ ।
ग्राहकलाई थप सुविधा दिने उद्देश्यले यस अवधिभर गाडी खरिद गर्ने ग्राहकहरुको लागि निःशुल्क एक्सेसरिज, निःशुल्क वार्षिक सवारी कर तथा निःशुल्क होम चार्जिङ इन्स्टलेशन जस्ता सुविधा पनि समावेश गरिएको छ । यसले ग्राहकलाई गाडीको मूल्यसँगै खरिदपछिका आवश्यक सुविधामा समेत थप लाभ दिनेछ ।
नयाँ टियागो ईभी आधुनिक डिजाइन, विद्युतीय ड्राइभिङको सहज अनुभव र दैनिक प्रयोगका लागि उपयुक्त विशेषताका कारण नेपाली बजारमा रुचाईएको विद्युतीय मोडल हो । आफ्नो पूरानो गाडीलाई नयाँ विद्युतीय सवारीसाधनमा परिर्वतन गर्न चाहने ग्राहकका लागि ‘जोयफुल विक’ले एक्सचेन्जदेखि नयाँ गाडी खरिदसम्मको प्रक्रियालाई अझ उत्साहजनक बनाउने लक्ष्य राखेको छ ।
यस अवसरमा ग्राहकले नेपालभर रहेका टाटा मोटर्सको आधिकारिक शोरुममा सम्पर्क गरी नयाँ टियागो इभिका बारेमा जानकारी लिन, टेस्ट ड्राइभ गर्न तथा उपलब्ध अफरबारे बुझ्न सक्नेछन् । इच्छुक ग्राहकले सेप्टेम्बर १९ देखि २६ सम्म यो विशेष अवसरको लाभ लिन सक्नेछन् ।










