spot_img

माउण्ट एभरेष्ट पावरको पहिलो चरणको आईपीओ आजदेखि

spot_img

माउण्ट एभरेष्ट पावर डेभलपमेण्ट लिमिटेडले आज वैशाख १७ गतेदेखि पहिलो चरणको आईपीओ बिक्री खुला गरेको छ । कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित स्थानीय र श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा रहेका नेपालीलाई आईपीओ निष्काशन गरेको हो ।

कम्पनीले सोलुखुम्बुको सोलु दुध कुण्ड नगरपालिकाका स्थानीयलाई ६ लाख ८० हजार कित्ता शेयर निष्काशन गरेको छ।  स्थानीयले आवेदन दिंदा  न्युनतम १० कित्ता र अधिकतम १० हजार कित्ताको लागि आवेदन दिन सक्ने छन्। स्थानीयले छिटोमा वैशाख ३१ गतेसम्म र सो अवधिसम्म पर्याप्त आवेदन नपरेमा ढिलोमा जेठ १८ गतेसम्म आवेदन दिन सक्ने छन्।

त्यस्तै कम्पनीले श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा रहेका नेपालीलाई १ लाख ७२ हजार कित्ता शेयर निष्काशन गरेको छ। यस समुहमा आवेदन दिंदा न्युनतम १० कित्ता र अधिकतम १० हजार कित्ताको लागि आवेदन दिन सकिने छ। यस निष्काशनमा वैशाख २३ गतेसम्म आवेदन दिन सकिने छ ।

त्यसपछि कम्पनीले सर्वसाधारणलाई शेयर निष्काशन गर्ने छ । शेयर निष्काशनको लागि एनआईएमबि एस क्यापिटल बिक्री प्रबन्धक रहेको छ   ।

नेपाल धितोपत्र बोर्डले वैशाख २ गते कम्पनीलाई आईपीओ निष्काशनको अनुमति दिएको हो । कम्पनीले कुल २५ करोड ८० लाख रुपैयाँ बराबरको २५ लाख ८० हजार कित्ता शेयर निष्काशनको गर्ने छ।

कम्पनीले सोलुखुम्बुमा १२ मेगावाट क्षमताको दुधकुण्ड खोला जलविद्युत आयोजना निर्माण सम्पन्न गरि २०८१ साउनदेखि विद्युत उत्पादन गरिरहेको छ ।  कम्पनीका अध्यक्ष अर्जुन पौडेल हुन् ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

‘अत्यावश्यक वस्तुको स्टक पर्याप्त छ, अनावश्यक भण्डारण गर्नु पर्दैन’

सरकारले निरन्तरको वर्षात् र नजिकिँदो चाडपर्वमा खाद्यान्नको अभाव नहुने...

बैंक तथा वित्तीय संस्थाले सेयर र डिबेन्चर ४५ दिनमै बेच्न पाउने

बैंक तथा वित्तीय संस्थाले सूचीकृत कम्पनीको सेयर तथा डिबेन्चरमा...

दुइ महिनामै ४ खर्बको वस्तु आयात, निर्यात ७६ अर्बमा सिमित

चालु आर्थिक वर्ष २०८३/०८४ को दुइ महिना (साउन र...

इन्ट्राडे कारोबार सम्बन्धि अवधारणापत्र सार्वजनिक

नेपाल धितोपत्र बोर्ड (सेबोन)ले सेयर बजारमा इन्ट्राडे कारोबार सम्बन्धि...

निक्की र एफएनसीसीआईबीच नेपाल–भारत आर्थिक सहकार्यबारे छलफल

नेपाल–भारत उद्योग वाणिज्य संघ (निक्की) र नेपाल उद्योग वाणिज्य...

पृथ्वी राजमार्ग बन्द

जारी वर्षाका कारण पृथ्वी राजमार्ग बन्द भएको छ ।...