‘अत्यावश्यक वस्तुको स्टक पर्याप्त छ, अनावश्यक भण्डारण गर्नु पर्दैन’

spot_img

सरकारले निरन्तरको वर्षात् र नजिकिँदो चाडपर्वमा खाद्यान्नको अभाव नहुने भन्दै पर्याप्त मौज्दात रहेको जनाएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले बिहीबार विज्ञप्ति जारी गर्दै अत्यावश्यक वस्तुको आपूर्ति व्यवस्था चुस्त राखिएको जनाएको हो ।

सम्भावित प्राकृतिक विपद् तथा आसन्न चाडपर्वलाई लक्षित गरी खाद्यान्न लगायतका अत्यावश्यक वस्तुको आवश्यक मौज्दात कायम राखिएको मन्त्रालयले जनाएको छ । सरकारी तथा निजी क्षेत्रका सम्बद्ध संस्था एवं व्यवसायीहरूसँग समन्वय भइरहेको जनाउँदै मन्त्रालयले राष्ट्रिय खाद्य सुरक्षा भण्डार र सार्क खाद्य सुरक्षा बैंकमा पर्याप्त मात्रामा खाद्यान्न मौज्दात रहेको जनाएको छ ।

मन्त्रालयले हाल बजारमा खाद्यान्न लगायतका सामानको सहज रुपमा बिक्री वितरण भइरहेको पनि जनाएको छ ।

यसैगरी, बाढी वा पहिरोका कारण प्रमुख राजमार्ग तथा आपूर्ति मार्गहरु अवरुद्ध भएमा सडक विभाग, स्थानीय प्रशासन र सुरक्षा निकायसँग समन्वय गरी वैकल्पिक मार्गबाट निरन्तर रुपमा ढुवानी गर्ने व्यवस्था मिलाइएका कारा उपभोग्य वस्तुहरू सुपथ मूल्यमा सहजै उपलब्ध हुने मन्त्रालयको भनाइ छ । यसकारण मूल्यमा प्रतिकूल प्रभाव पर्न नदिन सामानको अनावश्यक सञ्चय तथा भण्डारण नगर्न मन्त्रालयले उपभोक्तालाई अनुरोध गरेको छ ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

३ वटा अध्यादेश ल्याउने सरकारको निर्णय

सरकारले ३ वटा अध्यादेश जारी गर्ने निर्णय गरेको छ।आज...

चाडपर्व सुरक्षामा ५० हजार प्रहरी परिचालित, लामो दूरीका गाडीमा २ जना चालक अनिवार्य

नेपाली समुदायहरूको नजिकिँदै गरेको महान चाड ‘बडादशै, दिपावली, नेपाल...

नेपाल एसबिआई बैंकद्वारा वृद्वआश्रमलाई सहयोग, दुई शाखा स्थानान्तरण

नेपाल एसबिआई बैंक लि. ले बैंकको सामाजिक उत्तरदायित्व कार्यक्रम...

बजारमा सेन्चुरी चाउचाउ, भाटभटेनीमा विशेष स्टल सञ्चालन

सेन्चुरी ग्रुपअन्तर्गतको सेन्चुरी स्पाइसेज एन्ड स्न्याक्सले नेपाली उपभोक्तालाई लक्षित...

दशैँका लागि एटीएमबाटै नयाँ नोट पाइने

दशैँका लागि नयाँ नोट आवश्यक पर्नेले एटीएम मेशिनबाटै पाउने...

होटल संघले आतिथ्य दिवसको अवसरमा ‘होटल एक्स्पो’ आयोजना गर्ने

होटल संघ नेपाल (हान)ले वर्षेनी मनाउँदै आएको ‘आतिथ्य दिवस’को...