नेपाल स्टक एक्सचेन्ज नेप्सेमा सिनर्जी पावर डेभलपमेन्ट लिमिटेडको बोनस शेयर सूचीकृत भएको छ। आज बिहिबार कम्पनीको १० प्रतिशतले हुन आउने १२ लाख ९ हजार ८ सय ६२ दशमलव ५० कित्ता बोनस शेयर सूचीकृत भएको हो ।
यो कम्पनीको आर्थिक वर्ष २०८१/८२ को बोनस शेयर हो । जुन कम्पनीको २०८२ माघ १९ मा सम्पन्न साधारणसभाले पारित गरेको थियो।
लामोसमयसम्म विद्युत नियमन आयोगमा पदाधिकारी नहुँदा कम्पनीको बोनस सूचीकरणमा ढिलाई भएको हो । अब बोनस शेयर सूचीकृत भएसगै आफ्नो डिम्याट खातामा आएपछि लगानीकर्ताले यी शेयर खरिद बिक्री गर्न सक्ने छन्।











