दुइ महिनामै ४ खर्बको वस्तु आयात, निर्यात ७६ अर्बमा सिमित

spot_img
spot_img

चालु आर्थिक वर्ष २०८३/०८४ को दुइ महिना (साउन र भदौ) मा नेपालले ३ खर्ब २४ अर्ब ब्यापार घाटा ब्यहोरेको छ । पछिल्लो २ महिनामा ४ खर्ब १ अर्ब ५१ करोड बराबरको वस्तु तथा सेवा आयात गरेको नेपालले यस अवधिमा जम्मा ७६ अर्ब ५८ करोड बराबरको मात्रै निर्यात गरेको छ । यस आधारमा ३ खर्ब २४ अर्ब ९३ करोड ब्यापार घाटा भएको छ ।

भन्सार विभागले सार्वजनिक गरेको साउन र भदौ महिनाको वैदेशिक ब्यापारको तथ्याङ्क अनुसार नेपालको ब्यापार घाटा गत वर्षको यो अवधिको तुलनामा २६.०२ प्रतिशतले बढेको छ । गत वर्षको पहिलो दुइ महिनामा नेपालको ब्यापार घाटा २ खर्ब ५७ अर्ब रहेको थियो ।

भन्सार विभागका अनुसार चालु आर्थिक वर्षको पहिलो दुइ महिनामा गत आर्थिक वर्षको पहिलो दुइ महिनाको तुलनामा आयात ३१.५८ प्रतिशतले र निर्यात ६१.८६ प्रतिशतले बढेको छ ।

गत आर्थिक वर्ष २०८२÷०८३ मा नेपालले १७ खर्ब ८१ अर्ब ब्यापार घाटा ब्यहोरेको थियो ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

‘कुलार्णवतन्त्र’ नेपाली भाषामा प्रकाशित

तन्त्रविद् सन्दीप सापकोटाद्वारा अनुवाद तथा सम्पादन गरिएको प्राचीन तान्त्रिक...

ठमेल पर्यटन परिषदद्वारा प्रधानमन्त्री राहत कोषमा १६ लाख ४० हजार सहयोग

ठमेल पर्यटन विकास परिषद्ले प्रधानमन्त्री राहत कोषमा १६ लाख...

लक्ष्मी पूजाको दिन कति छ सुनचाँदीको भाउ ?

आज आइतबार लक्ष्मी पूजाको दिन सुनको भाउ स्थिर छ...

आज कुकुर तिहार

नेपालीको दोस्रो ठूलो चाड तिहार अन्तर्गत आज कुकुर तिहार...

आज साँझ लक्ष्मी पूजा गरिँदै

यसवर्ष तिहारको दोस्रो दिन आज साँझ लक्ष्मी पूजा परेको...