नेको इन्स्योरेन्सको सवा २ लाख कित्ता बढी शेयर आजदेखि लिलाममा, कहाँ दिने आवेदन ?

spot_img
spot_img

नेको इन्स्योरेन्स लिमिटेडले आज वैशाख १२ गतेदेखि हकप्रदमा अवितरित सवा २ लाख कित्ता बढी शेयरको लिलाम बिक्री खुला गरेको छ।  कम्पनीले हकप्रदमा अवितरित १ लाख २५ हजार २ सय ६१ दशमलव ३५ कित्ता शेयर लिलाममा ल्याएको हो।

जस मध्ये १ लाख ८१ हजार ४ सय ८१ दशमलव ८३ कित्ता शेयर सर्वसाधारण समुहको छ भने बाँकि ४३ हजार ७ सय ७९ दशमलव ५२ कित्ता शेयर संस्थापक समुहको छ। यस लिलामीको शेयरमा वैशाख २१ गतेसम्म आवेदन दिन सकिने छ।

शेयर लिलाम प्रक्रियाको लागि सानिमा क्यापिटल बिक्री प्रबन्धक रहेको छ। सानिमा क्यापिटलको काठमाडौँको नक्साल स्थित कार्यालय र विराटनगर शाखाबाट आवेदन दिन सकिने छ।  त्यस्तै नेको इन्स्योरेन्सको विर्तामोड, बिरगंज, जनकपुर , भरतपुर, हेटौडा, पोखरा, बाग्लुंग, बुटवल, घोराही, नेपालगंज, विरेन्द्रनगर, धनगढी र महेन्द्रनगर शाखाबाट आवेदन दिन सकिने छ।

शेयरको न्युनतम मूल्य १०० रुपैयाँ तोकिएकोले सो भन्दा बढी मूल्य कबुल गरि आवेदन दिनु पर्ने छ।  सर्वसधारण समुहको हकमा न्युनतम १०० कित्ता र संस्थापक समुहको हकमा न्युनतम १००० कित्ताको लागि आवेदन दिनु पर्ने छ। सबै भन्दा बढी मूल्य कबुल गरि आवेदन दिनेले सुरुमा शेयर पाउने छन् ।  त्यसपछि दोस्रो बढी मूल्य कबुल गर्नेले शेयर पाउने छ र यसैगरि क्रमश शेयर बाँकि रहेसम्म शेयर बाँडफांड हुने छ।

कम्पनीको हकप्रद शेयर गत चैत्र ३१ गते  बाँडफाँड गरिएको थियो । कम्पनीले फागुन ८ गतेदेखि चैत्र १४ गतेसम्म १:०.२५ को अनुपातमा हाल कायम चुक्ता पुँजीको २५ प्रतिशतले हुन आउने  ५० करोड ३० लाख ९० हजार १ सय ५५ रुपैयाँको ५० लाख ३० हजार ९ सय १ दशमलव ५५ कित्ता हकप्रद शेयर निष्काशन गरेको थियो।

सो निष्काशनमा रितपुर्वक आवेदन दिने शेयरधनीलाई ४८ लाख ५ हजार ६ सय ४० दशमलव २० कित्ता हकप्रद बाँडफाँड गरिएको थियो। यस संगै अब हकप्रदमा बिक्री नभएको २ लाख २५ हजार २ सय ६१ दशमलव ३५ कित्ता शेयर लिलाममा आएको हो ।

 

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

रिलायबल नेपाल लाइफको ४६ लाख कित्ता बढी शेयर बेच्दै ग्लोबल आईएमई बैंक

रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको संस्थापक शेयरधनी ग्लोबल आईएमई बैंकले...

देशमा युवा नहुँदा माग घट्योः महासंघ अध्यक्ष श्रेष्ठ

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अन्जन श्रेष्ठले युवा पलायनका...

सुरु भयो तिहार, आज धनतेरस

उज्यालोको पर्वका रूपमा लिइने चाड यमपञ्चक अर्थात् तिहार आजदेखि...

२० प्रतिशत बोनस शेयर प्रस्ताव गरेको माउण्टेन इनर्जीको साधारणसभा आज

माउण्टेन इनर्जी नेपाल लिमिटेडले आज कार्तिक २० गते साधारणसभा...

मङ्सिरमा नेपाल पूर्वाधार सम्मेलन हुँदै, कानुन सुधार गरी लगानी आकर्षित गरिने

पूर्वाधार परियोजनामा स्वदेशी तथा विदेशी लगानी आकर्षित गर्ने उद्देश्यसहित...

SOPPAN Calls for Battery Storage at Solar Plants to Meet Evening Peak Demand

The Solar Power Producers' Association, Nepal (SOPPAN) has petitioned...