सुरु भयो तिहार, आज धनतेरस

spot_img
spot_img

उज्यालोको पर्वका रूपमा लिइने चाड यमपञ्चक अर्थात् तिहार आजदेखि विधिवत् आरम्भ भएको छ। प्रत्येक वर्ष कार्तिक कृष्ण त्रयोदशीदेखि कार्तिक शुक्ल द्वितीयासम्म यो पर्व मनाइन्छ ।

आज बिहान ११ बजेर १० मिनेटपछि त्रयोदशी तिथि सुरु भएर भोलि शनिबार बिहान १० बजेर ४७ मिनटसम्म रहने नेपालीको दोस्रो ठूलो चाड तिहार पर्व सुरु भएको हो । त्रयोदशीकै दिन गरिने कागपूजा र धन्वन्तरी जयन्ती भने शनिबार परेको छ । चन्द्रमासको कात्तिक कृष्णपक्षको त्रयोदशी तिथिदेखि कात्तिक शुक्लपक्षको द्वितीयासम्म पाँच दिन मनाइने यो पर्व यसपटक तिथिको घटबढले छ दिनको भएको छ ।

यस दिनलाई धनवन्तरी तथा धनतेरस पनि भन्ने गरिन्छ ।   धनवन्तरिको प्रादुर्भाव समुद्र मन्थनबाट भएको र उत्पन्न हुँदा उनले हातमा अमृतले भरिएको कलश लिएर आएका हुनाले यस दिनलाई भाँडाकुडा किनमेलका लागि शुभदिन मान्ने गरिन्छ ।

धनतेरस पर्व आज सुन, चाँदी, तामा आदि धातुका नयाँ भाँडाकुँडा किनेर ल्याई घरमा राखिन्छ। यसरी ल्याइएको भाँडाकुँडामा लक्ष्मीपूजा गरिन्छ । यसरी पूजाआराधना गरेमा लक्ष्मी स्थिर भई बस्छिन् भन्ने वैदिक सनातन हिन्दू धार्मिक विश्वास छ । धनतेरसका दिन सुनचाँदीको गहना किनेर ल्याउने प्रचलनसमेत छ । धार्मिक विश्वासकै कारण आज भाँडाकुँडा एवं गरगहना किन्नेको भीड लाग्ने गर्छ ।

यसदिन किनेका वा घरमा भित्र्याएका भाडामा लाक्ष्मीले बास गर्ने धार्मिक मान्यता रहि आएको छ । लक्ष्मीले बास गरेमा धनको कमी नहुँने धार्मिक शास्त्रहरुमा उल्लेख रहेको छ । यस दिन विशेष गरि पूजाका सामानहरु किन्दा राम्रो हुने विश्वास छ । तामा, सुन, चाँदी, हिरा आदिबाट बनेका भाडाहरु लक्ष्मीका प्रीय भाडा हुन् । ती धातुबाट बनेका भाडाहरु धनवन्तरीका दिन किनेर ल्याउँदा ती भाडामा लक्ष्मीले बास गर्ने र धन सम्पत्तीको अभाव नहुने मान्यता रहँदै आएको छ ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

४.४३ गुणाले बढ्यो रिलायन्स स्पिनिङ मिल्सको नाफा, ईपीएस ६२.९७ रुपैयाँ

रिलायन्स स्पिनिङ मिल्स लिमिटेडले चालु आर्थिक वर्ष २०८३/०८४ को...

आशुतोष इनर्जी लिमिटेडले पायो आईपीओ निष्काशन अनुमति

आशुतोष इनर्जी लिमिटेडले आईपीओ निष्काशनको अनुमति पाएको छ। नेपाल...

आइसिएफसि फाइनान्सको सीइओमा अमित श्रेष्ठ नियुक्त

आइसिएफसि फाइनान्सको प्रमुख कार्यकारी अधिकृतमा अमित श्रेष्ठ नियुक्त भएका...

५९ सयले घट्यो सुनको भाउ

आज शुक्रबार सुनको भाउ घटेको छ। बिहिबार प्रतितोला २...

रिलायबल नेपाल लाइफको ४६ लाख कित्ता बढी शेयर बेच्दै ग्लोबल आईएमई बैंक

रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको संस्थापक शेयरधनी ग्लोबल आईएमई बैंकले...

देशमा युवा नहुँदा माग घट्योः महासंघ अध्यक्ष श्रेष्ठ

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अन्जन श्रेष्ठले युवा पलायनका...