बीमा क्षेत्रमा NFRS 17 लागू गर्ने समय १ वर्ष थप गर्ने प्राधिकरणको निर्णय, बोर्डलाई पठायो पत्र

spot_img
spot_img

नेपाल बीमा प्राधिकरणले अन्तत: बीमा क्षेत्रमा एनएफआरएस १७ लागू गर्ने समय धकल्ने भएको छ।  प्राधिकरणको कार्तिक १५ गते बसेको सञ्चालक समितिको बैठकले बीमा क्षेत्रमा एनएफआरएस १७ लागू गर्ने समय एक आर्थिक वर्षको लागि थप गर्ने निर्णय गरेको हो।

प्राधिकरणले जीवन बीमक तथा लघु जीवनबीमकको लागि NFRS 17 Insurance Contracts  पूर्ण रुपमा लागु गर्ने समयसीमा एक आर्थिक वर्ष थप गर्ने निर्णय गरेको हो। प्राधिकरणले समयसीमा एक आर्थिक वर्ष थप गरिदिन लेखामान बोर्ड नेपाल तथा नेपाल चार्टर्ड एकाउन्टेण्ट संस्था समक्ष अनुरोध गर्ने निर्णय पनि गरेको हो।

प्राधिकरणले  सो को कार्यान्वयन गर्न आवश्यक सहजीकरण गरिदिनको लागि कार्तिक १७ गते नेपाल लेखामान बोर्डलाई पत्राचार गरिसकेको छ। प्राधिकरणका उपनिर्देशक सन्तोष कार्कीद्वारा हस्ताक्षरित पत्रमा सात वटा शर्त पनि तोकिएको छ।

यससंगै अब जीवन बीमक तथा लघु जीवन बीमकको हकमा आ.व. २०८२।८३ को लागि बीमकको वित्तीय विवरण सम्बन्धी निर्देशन, २०८० अनुसार तयार गरिएको वित्तीय विवरण बमोजिम लाभांश घोषणा गर्न तथा साधारण सभामा पेश गर्न वित्तीय विवरणको अन्तिम स्वीकृति प्रदान हुनेछ। जीवन बीमक तथा लघु जीवन बीमकहरुले “Guidelines on the Implementation of Nepal Financial Reporting Standard on Insurance Contracts (NFRS 17 ) for Insurers, 2026 (BS 2083) बमोजिमको Position Paper तथा NFRS 17 Impact Study Report २०८३ माघ मसान्त भित्र प्राधिकरणमा पेश गर्नुपर्ने छ।

त्यस्तै जीवन बीमक तथा लघु जीवन बीमकहरुले आ.व. २०८२।८३ को NFRS 17 सहितको वित्तीय विवरण २०८३ चैत्र मसान्त भित्र प्राधिकरणमा पेश गर्नुपर्ने छ। जीवन बीमक तथा लघु जीवन बीमकहरुले तोकिएको सो अवधिमा वित्तीय विवरण समेत तयार गरी प्राधिकरणमा पेश नगरेमा बीमा ऐन, २०७९ बमोजिम नियामकीय कारवाही तथा जरिवाना हुने पनि प्राधिकरणले जनाएको छ।

अब लेखामान बोर्डले प्राधिकरणको अनुरोधको सम्बन्धमा छलफल अघि बढाउने छ। नियामक निकाय बीमा प्राधिकरणले नै अनुरोध गरेकोले बोर्डले सोहि अनुसार गर्ने निश्चित जस्तै छ। तर निर्णय हुनको लागि भने करिव १ महिनाको समय लाग्ने बताईन्छ। त्यसपछि नेपाल चार्टर्ड एकाउन्टेण्ट संस्थाले सोहि अनुसारको निर्देशन जारी गर्ने छ ।

तिहार विदा सुरु हुन लागिसकेकोले कार्तिकमा अब धेरै कार्यदिन बाँकी छैन । यसो हुँदा लेखामन बोर्ड र नेपाल चार्टर्ड एकाउन्टेण्ट संस्थाबाट आवश्यक निर्देशन मङ्सिर अन्त्यतिर मात्र आउने बताईन्छ । यसो हुँदा कम्पनीहरुलाई पुस मसान्तभित्र नै आ.व. २०८२।८३ साधारणसभा गर्न कठिन हुन सक्ने बताईएको छ।

नेपाल बीमा प्राधिकरणले २०८३ असार २९ गते एनएफआरएस १७ कार्यान्वयनको लागि नयाँ निर्देशन जारी गरेको थियो। प्राधिकरणले २०८३ असार २८ गते बीमा कम्पनीहरुको लागि एनएफआरएस १७ पारित गरि असार २९ गते सोहि बमोजिम गर्न गराउन निर्देशन जारी गरेको थियो। सो व्यवस्था अनुसार अब बीमा कम्पनीहरुले दुईवटा वित्तीय विवरण तयार पार्नु पर्ने हुन्छ। एउटा वित्तीय विवरण साविक कै व्यवस्था बमोजिमको हुनु पर्नेछ भने अर्को एनएफआरएस १७ अनुसारको हुनु पर्ने छ। आर्थिक वर्ष २०८२/८३ सकिनु भन्दा केही दिन अघि मात्र प्राधिकरणले निर्देशन जारी गर्दै आव २०८२/८३ बाट नै एनएफआरएस १७ लागु गर्न भनेपछि बीमा कम्पनीहरुले कार्यान्वयन गर्न नसकिने बताउँदै आएका थिए।

अब भने प्राधिकरणले समय थप गर्ने निर्णय गरेको हो ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

भिजन लुम्बिनी लिमिटेडले आईपीओ निष्काशन गर्ने, बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल

भिजन लुम्बिनी लिमिटेडले सर्वसाधारणलाई कम्पनीको स्वामित्वमा सहभागी गराउने उद्देश्यले...

अब ‘सेतोपत्रे’ सडक: वार्षिक ११ अर्ब जोगिने, ‘कालोपत्रे’भन्दा ३० वर्ष बढी टिकाऊ

असोज ३० गतेको मन्त्रिपरिषद बैठकले ‘सार्वजनिक खरिदमा स्वदेशी उत्पादनको...

भारतमा विजुलीको मूल्य ७४ रुपैयाँसम्म, लाभ लिन नेपाली निजी क्षेत्रले कहिले पाउँला लाईसेन्स?

भारतमा अहिले अल्पकालीन समयको विजुलीको मूल्य भारु ४६ रुपैयाँ...

१३ हजार ३ सयले बढ्यो सुनको भाउ

आज बिहिबार सुनको भाउ बढेको छ। बुधबार प्रतितोला २...

१८८ प्रतिशतले बढ्यो Mercure होटेलको ब्यापार, अकुपेन्सी बढ्दा आम्दानीमा सुधार 

काठमाडौँको शुकेधारामा रहेको मर्क्यौर होटेलले आर्थिक वर्ष २०८२/८३ मा...

छिमेक लघुवित्तद्वारा २५ प्रतिशत लाभांश घोषणा

छिमेक लघुवित्तले लाभांश घोषणा गरेको छ। लघुवित्तको कार्तिक १८...