Saturday, April 18, 2026
spot_img
spot_img

‘रमाडा बाइ विन्डहम इटहरी’ले खाद्य स्वच्छतामा पायो ‘अतिउत्तम’ श्रेणीको प्रमाणपत्र

spot_img
spot_img

पूर्वी नेपालको पहिलो अन्तर्राष्ट्रिय चेन होटल ब्राण्ड ‘रमडा बाई विन्डहम इटहरी’ले ‘स्वच्छता स्तरीकरण’मा ‘अतिउत्तम’को लोगो र स्टिकर प्राप्त गरेको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय विराटनगरले रमडा इटहरीको मुख्य भान्सा, भोजनकक्ष र सेवा प्रणालीलाई निरीक्षण गरेर गुणस्तर जाँच गर्दै अतिउत्तम (तीन तारा) श्रेणीको प्रमाणपत्र र स्टिकर प्रदान गरेको हो ।

कार्यालयका प्रमुख निरीक्षकले होटलमा पुगेर प्रमाणपत्र हस्तान्तरण गर्दै खाद्य सुरक्षा तथा गुणस्तरमा रमाडाले सम्पूर्ण मापदण्ड पूरा गरेको बताए । उनले खाद्य स्वच्छताका आधारमा होटल स्तरीकरण गर्ने निर्देशिका अनुसार होटलले सबै आवश्यक मापदण्ड पूरा गरेकाले अतिउत्तम खाद्य गुणस्तर श्रेणीको प्रमाणपत्र प्रदान गरिएको जानकारी दिए ।

प्रमाणपत्र प्राप्त पश्चात होटल व्यवस्थापनले कार्यालयलाई धन्यवाद दिँदै स्थानीय र विदेशी पाहुनालाई होटलले सधैँ सुरक्षित भोजन र गुणस्तरीय सेवा उपलब्ध गराउने प्रतिवद्धता जनाएका छन् । ‘हामी स्थानीय र विदेशी पाहुनालाई गुणस्तरीय सेवा र सुरक्षित भोजन उपलब्ध गराउन सधैँ प्रतिवद्ध छौँ, खाद्य स्वच्छता स्तरीकरणमा सबै मापदण्ड पूरा गरेर अति उत्तम श्रेणीको प्रमाणपत्र पाउँदा गौरवान्वित भएका छौँ’ होटल व्यवस्थापनले भनेको छ ।

खाद्य स्वच्छता तथा गुणस्तर निरीक्षणका क्रममा कार्यालयले होटलको किचन, भण्डारण, कच्चा पदार्थ गुणस्तर, सुरक्षा उपाय र कर्मचारी प्रशिक्षणजस्ता समग्र पक्षको मूल्यांकन गरेको थियो ।

रमडा बाई विन्डहम इटहरी पूर्वी नेपालमा भित्रिएको पहिलो अन्तर्राष्ट्रिय चेन होटल ब्राण्ड हो । अमेरिकामा मुख्यालय रहेको विन्डहम होटल्स एण्ड रिसोट्र्सको लोकप्रिय ब्रान्ड ‘रमडा बाइ विन्डहम’लाई युवा व्यवसायी देशबन्धु बस्नेत (अजित)ले पहिलोपटक पूर्वी नेपालमा भित्र्याएका हन् ।

रमडा इटहरीमा ८१ वटा आकर्षक कोठाहरु छन् । टेरेस बार, आल डे डाइनिङ रेस्टुरेन्ट, कफी शप, दुईवटा ब्यांक्वेट हल, मिटिङ रुम, आउटडोर लाउन, पूल बार, स्वीमिङ पूल, जिम र साउना लगायतका आधुनिक सुविधाहरु होटलमा उपलब्ध छन् ।

व्यावसायिक बैठकदेखि बिबाह तथा सामाजिक कार्यका लागि उपर्युक्त यस होटलले पूर्वी नेपाललाई विश्व बजारसँग जोड्ने अपेक्षा गरिएको छ ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

कञ्चनजंघा क्षेत्रमा पर्यटकको चहलपहल बढ्यो

रासस ताप्लेजुङमा रहेको विश्वको तेस्रो अग्लो हिमाल कञ्चनजंघा क्षेत्रमा पर्यटकको...

विदेशमा श्रमिक पठाउने विज्ञापनमा सम्पर्क विवरण खुलाउन वैदेशिक रोजगार विभागको निर्देशन

वैदेशिक रोजगार विभागले वैदेशिक रोजगारीमा श्रमिक पठाउने इजाजतपत्र प्राप्त...

प्रशोधित पिउने पानीको मूल्य बढाउने निर्णय

नेपाल पानी उद्योग महासंघले प्रशोधित पिउने पानीको मूल्य बढाउने...

सेबोन अध्यक्ष श्रेष्ठद्वारा राजीनामा

नेपाल धितोपत्र बोर्ड (सेबोन)का अध्यक्ष शन्तोष नारायण श्रेष्ठले पदबाट...

डिजी स्कुल ग्लोबलद्वारा उत्कृष्ट विद्यार्थीहरू सम्मानित

डिजी स्कुल ग्लोबलले शैक्षिक सत्र २०८२ मा आईटी कार्यक्रम...

रोजगार सम्झौता नगरी कसैलाई पनि काममा नराख्न सरकारको आग्रह

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले रोजगार सम्झौता नगरी...
spot_img