Tuesday, June 2, 2026
spot_img

नेपाल बीमा प्राधिकरणको अध्यक्ष बन्नको लागि ५० जनाले दिए आवेदन

spot_img
spot_img

नेपाल बीमा प्राधिकरणको अध्यक्ष बन्नको लागि ५० जनाले आवेदन दिएका छन्। आवेदन दिने अन्तिम दिन आज जेठ १९ गतेको कार्यालय समयसम्म ५० जनाले आवेदन दिएका हुन् ।

बीमा प्राधिकरण कै बहालवाला कर्मचारी, बीमा विज्ञ, नेपाल राष्ट्र बैंकबाट अवकाशप्राप्त र बहालवाला कर्मचारी, बीमा कम्पनी कै पूर्व सीइओ लगायतले आवेदन दिएको बताईएको छ ।

यस पटक सरकारले फरक तरिकाबाट नेपाल बीमा प्राधिकरणको अध्यक्ष नियुक्त गर्दै छ । प्राधिकरणको अध्यक्षको लागि  नाम सिफारिस गर्न गठित सिफारिस समितिले जेठ १३ गते सार्वजनिक सूचना जारी गरेको थियो।

यस अघि प्राधिकरण अध्यक्ष नियुक्तिको लागि आवेदन दिँदा व्यवसायिक कार्ययोजना पनि पेश गर्नु पर्थ्यो भने सर्टलिस्टमा परेकाहरुले त्यसको प्रस्तुतिकरण समेत गर्नु पर्ने व्यवस्था हुने गरेको थियो । यस पटक भने सिफारिस समितिले व्यक्तिगत विवरण (CV) र स्वघोषणा फारम मात्र बुझाउन भनेको थियो।

यस अघि धितोपत्र बोर्डको अध्यक्ष पनि यसैगरि सिफारिस गरिएको थियो । तर नियुक्ति भने हुन सकेको छैन ।

शरद ओझालाई सरकारले बर्खास्त गरेपछि बीमा प्राधिकरणमा नयाँ अध्यक्ष नियुक्ति हुन लागेको हो ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

नेपालमै ईभी उत्पादनको सम्भावना करिब शून्यमा झर्‍यो

आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि अर्थमन्त्री डा. स्वर्णिम...

NAS-IT द्वारा बजेटको स्वागत, आईटी उद्योगको विकासका लागि महत्वपूर्ण कदम

नेपाल एसोसिएसन फर सफ्टवेयर एण्ड आईटी सर्भिसेस कम्पनीज (NAS-IT)...

एनआईसी एशिया बैंकको अध्यक्षमा अशोक कुमार अग्रवाल

एनआईसी एशिया बैंकको संचालक समितिको अध्यक्षमा अशोक कुमार अग्रवाल...

एभरेष्ट कलर लिमिटेडले पायो नेपाल गुणस्तर (NS) प्रमाण-चिन्ह

एभरेष्ट कलर लिमिटेडले नेपाल गुणस्तर (NS) प्रमाण-चिन्ह प्राप्त गरेको...

यस्ता छन् आज बसेको मन्त्रिपरिषद् बैठकका ४ निर्णय

आज जेठ १९ गते बसेको मन्त्रिपरिषद्को बैठकले विभिन्न ४...

अमेरिकामा ३ करोड वटाभन्दा धेरै लामखुट्टे छोड्ने गुगलको योजना, यस्तो छ कारण

प्रविधिको दिग्गज कम्पनी गुगलले अमेरिकाको फ्लोरिडा र क्यालिफोर्नियामा ३...
spot_img