Tuesday, June 2, 2026
spot_img

एभरेष्ट कलर लिमिटेडले पायो नेपाल गुणस्तर (NS) प्रमाण-चिन्ह

spot_img
spot_img

एभरेष्ट कलर लिमिटेडले नेपाल गुणस्तर (NS) प्रमाण-चिन्ह प्राप्त गरेको छ। नेपाल सरकार, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय अन्तर्गतको नेपाल गुणस्तर तथा नापतौल विभागले कम्पनीलाई नेपाल गुणस्तर (NS) प्रमाण-चिन्ह प्रदान गरेको हो।

खैरहनी-०३, चितवनमा उद्योग रहेको यस कम्पनीले आफ्ना विभिन्न विधाका उत्पादनहरूका लागि आधिकारिक रूपमा एनएस (NS) प्रमाणित कम्पनीको मान्यता पाएको हो। ​यसअघि सन् २०२३ मा नै अन्तर्राष्ट्रिय स्तरको ISO 9001:2015 (क्वालिटी म्यानेजमेन्ट सिस्टम) प्रमाणपत्र प्राप्त गरिसकेको एभरेष्ट कलरले अब राष्ट्रिय स्तरको उच्च गुणस्तरको प्रमाणपत्र समेत पाएर उपभोक्ता माझ आफ्नो विश्वसनीयतालाई थप मजबुत बनाएको छ।

​विभागकी महानिर्देशक कुमारी ज्योती जोशीद्वारा स्वीकृत इजाजत-पत्र अनुसार कम्पनीले मिति २०८३/०२/१८ देखि लागू हुने गरी विभिन्न ब्रान्ड तथा ५०० एमएल, १ लिटर, ४ लिटर, १० लिटर र २० लिटरका साइजहरूमा नेपाल गुणस्तर चिन्ह प्रयोग गर्ने अनुमति पाएको हो।

​विभागको विवरण अनुसार एभरेष्ट कलरका निम्नलिखित उत्पादनहरूले नेपाल गुणस्तर इजाजत-पत्र प्राप्त गरेका छन्:
​इनामेल पेन्ट (नेपाल गुणस्तर संख्या – ११२ / इजाजत-पत्र संख्या – ८५४): यस अन्तर्गत कम्पनीको लोकप्रिय ब्रान्डहरू “JURELI” र “EVERLAC BRILLIANT GLOSS ENAMEL” ले एनएस चिन्ह पाएका छन्।

​प्लास्टिक इमल्सन पेन्ट (नेपाल गुणस्तर संख्या – १६१ / इजाजत-पत्र संख्या – ८५५): इन्टेरियर र एक्स्टेरियर (भित्री तथा बाहिरी) इमल्सन अन्तर्गत “BELL INTERIOR EMULSION”, “SAPPHIRE LUXURY INTERIOR PAINT”, “DAISY PREMIUM INTERIOR EMULSION PAINT”, “EVERSHINE LASTING EXTERIOR WALL COATING”, “EVERGUARD PREMIUM EXTERIOR EMULSION”, “EVERTOP SUPER PREMIUM EXTERIOR EMULSION”, र “EVERSTAR PREMIUM EXTERIOR EMULSION” ले यो मान्यता पाएका छन्।
​सिमेन्ट प्राइमर (नेपाल गुणस्तर संख्या – १९० / इजाजत-पत्र संख्या – ८५६): यस अन्तर्गत कम्पनीको उच्च गुणस्तरीय “D.T.S. PRIMER” ले एनएस चिन्ह प्राप्त गरेको छ।

​उड प्राइमर (नेपाल गुणस्तर संख्या – २०५ / इजाजत-पत्र संख्या – ८५७): काठको सुरक्षाका लागि प्रयोग हुने “ONE COAT WOOD PRIMER” ले यो गुणस्तर प्रमाण-चिन्ह पाएको छ।

​कम्पनी व्यवस्थापनका अनुसार, यो सफलता उपभोक्ता, डिलर तथा प्राविधिकहरूको निरन्तर विश्वास र सहयोगको परिणाम हो। नेपाल सरकारले तोकेको कडा मापदण्ड र गुणस्तर पूरा गरेपछि मात्र प्राप्त हुने एनएस चिन्हले एभरेष्ट कलरका उत्पादनहरू पूर्ण रूपमा सुरक्षित र भरपर्दा छन् भन्ने कुरा प्रमाणित गरेको कम्पनीले जनाएको छ।

कम्पनीका प्रबन्ध संचालक सरोज लुइँटेलले यो सम्मानले भविष्यमा अझै उत्कृष्ट रङहरू उत्पादन गर्ने प्रेरणा दिएको बताए। उनले भने “हामी आईएसओ (ISO) ९००१:२०१५ का साथै अब राष्ट्रिय स्तरको नेपाल गुणस्तर (NS) प्रमाणित कम्पनी बन्न पाउँदा अत्यन्तै गौरवान्वित छौँ, हाम्रो आधुनिक प्रयोगशाला, उत्कृष्ट कच्चा पदार्थको छनोट र कडा उत्पादन प्रक्रियाकै कारण हामीले यो सफलता प्राप्त गरेका हौँ। ”

 

 

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

नेपालमै ईभी उत्पादनको सम्भावना करिब शून्यमा झर्‍यो

आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि अर्थमन्त्री डा. स्वर्णिम...

NAS-IT द्वारा बजेटको स्वागत, आईटी उद्योगको विकासका लागि महत्वपूर्ण कदम

नेपाल एसोसिएसन फर सफ्टवेयर एण्ड आईटी सर्भिसेस कम्पनीज (NAS-IT)...

नेपाल बीमा प्राधिकरणको अध्यक्ष बन्नको लागि ५० जनाले दिए आवेदन

नेपाल बीमा प्राधिकरणको अध्यक्ष बन्नको लागि ५० जनाले आवेदन...

एनआईसी एशिया बैंकको अध्यक्षमा अशोक कुमार अग्रवाल

एनआईसी एशिया बैंकको संचालक समितिको अध्यक्षमा अशोक कुमार अग्रवाल...

यस्ता छन् आज बसेको मन्त्रिपरिषद् बैठकका ४ निर्णय

आज जेठ १९ गते बसेको मन्त्रिपरिषद्को बैठकले विभिन्न ४...

अमेरिकामा ३ करोड वटाभन्दा धेरै लामखुट्टे छोड्ने गुगलको योजना, यस्तो छ कारण

प्रविधिको दिग्गज कम्पनी गुगलले अमेरिकाको फ्लोरिडा र क्यालिफोर्नियामा ३...
spot_img