Wednesday, June 3, 2026
spot_img

स्थानीयलाई माउण्ट एभरेष्ट पावरको आईपीओ बाँडफाँड, लगानीकर्ताले पाए १६० कित्तासम्म शेयर

spot_img
spot_img

माउण्ट एभरेष्ट पावर डेभलपमेण्ट लिमिटेडले आयोजना प्रभावित स्थानीयलाई निष्काशन गरेको आईपीओ बाँडफाँड भएको छ । बिक्री प्रबन्धक एनआईएमबि एस क्यापिटलले आज बिहान शेयर बाँडफाँड गरेको हो

कम्पनीले वैशाख १७ गतेदेखि सोलुखुम्बुको सोलु दुध कुण्ड नगरपालिकाका स्थानीयलाई ६ लाख ८० हजार कित्ता शेयर निष्काशन गरेको थियो। यस निष्काशनमा अति प्रभाविततर्फ १५० कित्तासम्म आवेदन दिनेले माग बमोजिम कै शेयर पाएका छन् । त्यो भन्दा बढीको लागि आवेदन दिनेले पनि समान १५० कित्ता शेयर पाएका छन् । २९२ जनाले गोलाप्रथाबाट थप १० कित्ता शेयर पाएका छन् । यसरी अति प्रभाविततर्फ लगानीकर्ताले अधिकतम १६० कित्तासम्म शेयर पाएका छन् ।

त्यस्तै प्रभाविततर्फ ६० कित्तासम्म आवेदन दिनेले माग बमोजिम कै शेयर पाएका छन् । त्यो भन्दा बढीको लागि आवेदन दिनेले पनि समान ६० कित्ता शेयर पाएका छन् । १७७७ जनाले गोलाप्रथाबाट थप १० कित्ता शेयर पाएका छन् । यसरी  प्रभाविततर्फ लगानीकर्ताले अधिकतम ७० कित्तासम्म शेयर पाएका छन् । अब कम्पनीले सर्वसाधारणलाई शेयर निष्काशन गर्ने छ ।

नेपाल धितोपत्र बोर्डले वैशाख २ गते कम्पनीलाई आईपीओ निष्काशनको अनुमति दिएको हो । कम्पनीले कुल २५ करोड ८० लाख रुपैयाँ बराबरको २५ लाख ८० हजार कित्ता शेयर निष्काशनको गर्ने छ।

कम्पनीले सोलुखुम्बुमा १२ मेगावाट क्षमताको दुधकुण्ड खोला जलविद्युत आयोजना निर्माण सम्पन्न गरि २०८१ साउनदेखि विद्युत उत्पादन गरिरहेको छ ।  कम्पनीका अध्यक्ष अर्जुन पौडेल हुन् ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

इप्पानको विधान संशोधनबारे अन्तरक्रिया गर्दै उर्जा उद्यमी

स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान) मा आवद्द उर्जा...

आज कति छ सुनचाँदीको भाउ ?

आज बुधबार सुनको भाउ स्थिर छ । मंगलबार प्रति...

समस्याग्रस्त सहकारीका सञ्चालकको नाम सार्वजनिक, लुकाइएको सम्पत्तिबारे सूचना माग 

समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले समस्याग्रस्त २३ वटा सहकारीका सञ्चालकहरुले...

हिमालयन पावर पार्टनरको हकप्रद बाँडफाँड, ४ लाख ६८ हजार कित्ता लिलाममा आउने

हिमालयन पावर पार्टनर लिमिटेडले निष्काशन गरेको हकप्रद बाँडफाँड भएको...

नेपालमै ईभी उत्पादनको सम्भावना करिब शून्यमा झर्‍यो

आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि अर्थमन्त्री डा. स्वर्णिम...

NAS-IT द्वारा बजेटको स्वागत, आईटी उद्योगको विकासका लागि महत्वपूर्ण कदम

नेपाल एसोसिएसन फर सफ्टवेयर एण्ड आईटी सर्भिसेस कम्पनीज (NAS-IT)...
spot_img