Tuesday, June 2, 2026
spot_img

NAS-IT द्वारा बजेटको स्वागत, आईटी उद्योगको विकासका लागि महत्वपूर्ण कदम

spot_img
spot_img

नेपाल एसोसिएसन फर सफ्टवेयर एण्ड आईटी सर्भिसेस कम्पनीज (NAS-IT) ले आर्थिक वर्ष २०८३/८४ को बजेटको स्वागत गरेको छ । बजेटमार्फत सूचना प्रविधि क्षेत्रलाई नेपालको आर्थिक रूपान्तरणको प्रमुख आधारका रूपमा स्थापित गर्ने दिशामा सरकारले लिएका सकारात्मक नीतिगत कदमहरूको नासआईटीले स्वागत गरेको छ।

बजेटमा सूचना प्रविधि सेवा निर्यातबाट प्राप्त आम्दानीमा कर सहुलियत, आईटी क्षेत्रका जनशक्तिलाई प्रदान गरिने Sweat Equity सम्बन्धी कर व्यवस्थामा सुधार, पेशाकर्मीहरूका लागि उच्चतम व्यक्तिगत आयकर दरलाई ३९ प्रतिशतबाट २९ प्रतिशतमा सीमित गर्ने व्यवस्था, भ्याट फिर्ता प्रक्रियालाई थप व्यवस्थित र स्वचालित बनाउने प्रतिबद्धता, दोहोरो कर परिहार सम्झौता (DTAA) विस्तार गर्ने घोषणा तथा कृत्रिम बुद्धिमत्ता (AI), नवप्रवर्तन र डिजिटल अर्थतन्त्र प्रवर्द्धनका कार्यक्रमहरू समावेश छन् । यी विषय आईटी उद्योगको विकासका लागि महत्वपूर्ण उपलब्धिहरू रहेको नासआईटीले उल्लेख गरेको छ।

NAS-IT ले बजेट निर्माण प्रक्रियाका क्रममा सरकारसमक्ष पेश गरेका पूर्व–बजेट सिफारिसहरूमध्ये उल्लेखनीय विषयहरू समेटिएकोमा नेपाल सरकार, अर्थ मन्त्रालय तथा सम्बन्धित निकायहरूलाई हार्दिक धन्यवाद व्यक्त गरेको छ। यी व्यवस्थाहरूले नेपालको आईटी निर्यात वृद्धि, विदेशी मुद्रा आर्जन, उच्च गुणस्तरीय रोजगारी सिर्जना तथा नेपाललाई विश्वव्यापी डिजिटल सेवा गन्तव्यका रूपमा स्थापित गर्न सकारात्मक योगदान पुर्‍याउने विश्वास लिइएको नासआईटीले जनाएको छ।

NAS-IT ले आफुले प्रस्ताव गरेका केही महत्वपूर्ण नीतिगत तथा संरचनात्मक सुधारहरू यस वर्षको बजेटमा समावेश हुन नसकेको उल्लेख गरेको छ । विशेषगरी, आईटी उद्योगका लागि कर नीतिमा कम्तीमा १० वर्षको स्थायित्व सुनिश्चित गरि निश्चित अवधिसम्म १ प्रतिशत आयकरको विशेष व्यवस्था, निर्यात प्रोत्साहन क्रेडिट, सरकारी सफ्टवेयर खरिद तथा प्रणाली विकासमा स्वदेशी कम्पनीहरूलाई प्राथमिकता, राष्ट्रिय आईटी प्रवर्द्धन बोर्डको स्थापना, अन्तर्राष्ट्रिय बजार प्रवर्द्धनका लागि लक्षित कार्यक्रमहरू, तथा स्थानीय SaaS, क्लाउड र उत्पादन–आधारित आईटी कम्पनीहरूको प्रवर्द्धनका लागि आवश्यक विशेष नीतिगत व्यवस्थाहरू आगामी दिनमा थप विचार गरिनुपर्ने विषयहरू रहेको नासआईटीले उल्लेख गरेको छ।  यस्ता नीतिगत सुधारहरू नेपालमा लाखौं उच्च पारिश्रमिकयुक्त प्रविधि रोजगारी सिर्जना गर्न, आईटी निर्यात विस्तार गर्न तथा देशलाई क्षेत्रीय डिजिटल हबका रूपमा स्थापित गर्न शीघ्र कार्यान्वयन गरिनुपर्ने महत्वपूर्ण कदमहरू रहेको नासआईटीले जनाएको छ।

नासआईटीले भनेको छ ‘विशेष रूपमा, आईटी उद्योगका लागि प्रस्ताव गरिएको १ प्रतिशत आयकर व्यवस्था केवल कर सहुलियतको विषय नभई नेपालको अन्तर्राष्ट्रिय प्रतिस्पर्धात्मकता सुदृढ गर्ने रणनीतिक नीतिगत आवश्यकता हो; फिलिपिन्स, पाकिस्तान, बंगलादेश, काजाकिस्तान तथा भियतनाम लगायतका प्रतिस्पर्धी आईटी गन्तव्यहरूले आफ्नो प्रविधि उद्योगलाई आकर्षक कर तथा नीतिगत प्रोत्साहन प्रदान गरिरहेको अवस्थामा नेपालले पनि विश्व बजारमा प्रतिस्पर्धात्मक क्षमता अभिवृद्धि गर्न, विदेशी मुद्रा आर्जन बढाउन, उच्च मूल्यका रोजगारी सिर्जना गर्न तथा अन्तर्राष्ट्रिय ग्राहक र लगानी आकर्षित गर्न समान रूपमा प्रतिस्पर्धी नीतिगत व्यवस्था तत्काल अवलम्बन गर्नु अपरिहार्य रहेको  छ।’

नेपाल सरकारको डिजिटल अर्थतन्त्र तथा सूचना प्रविधि सम्बन्धी दीर्घकालीन लक्ष्यहरू हासिल गर्न तथा नेपाललाई विश्वस्तरमा प्रतिस्पर्धी आईटी गन्तव्यका रूपमा स्थापित गर्न अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धी र आकर्षक कर तथा लगानीमैत्री नीतिहरू अवलम्बन गर्न आवश्यक रहेको नासआईटीले जनाएको छ। यस सन्दर्भमा, सरकारको १०० बुँदे कार्यक्रम तथा राष्ट्रिय प्रतिबद्धतापत्र मा यसअघि नै समावेश भएका आईटी क्षेत्रसँग सम्बन्धित केही महत्वपूर्ण नीतिगत तथा संरचनात्मक व्यवस्थाहरू यस वर्षको बजेटमा समेटिन नसकेकोमा NAS-IT ले ध्यानाकर्षण गराएको छ। आईटी उद्योगको दीर्घकालीन प्रतिस्पर्धात्मकता, निर्यात प्रवर्द्धन तथा रोजगारी सिर्जनामा महत्वपूर्ण योगदान पुर्‍याउन सक्ने यस्ता व्यवस्थाहरूलाई सरकारले आगामी नीति, कार्यक्रम तथा अन्य उपयुक्त माध्यमहरूमार्फत पुनः प्राथमिकतामा राखी कार्यान्वयन गर्ने अपेक्षा NAS-IT ले व्यक्त गरेको छ।

NAS-IT का अनुसार नेपालको आईटी उद्योगसँग आगामी दशकमा देशको प्रमुख निर्यात क्षेत्र बन्ने, खरबौं रुपैयाँ बराबरको विदेशी मुद्रा आर्जन गर्ने तथा नेपालमै लाखौं उच्च पारिश्रमिकयुक्त रोजगारी सिर्जना गर्ने क्षमता रहेको छ। यस सम्भावनालाई पूर्ण रूपमा उपयोग गर्न सरकार र निजी क्षेत्रबीच घनिष्ठ सहकार्य आवश्यक रहेको नासआईटीले उल्लेख गरेको छ।

NAS-IT आगामी दिनहरूमा पनि सरकारसँग सहकार्य गर्दै नेपाललाई दक्षिण एशियाको एक अग्रणी डिजिटल तथा आईटी सेवा केन्द्रका रूपमा स्थापित गर्न तथा नेपालमै लाखौं उच्च पारिश्रमिकयुक्त प्रविधि रोजगारी सिर्जना गर्ने अभियानमा सक्रिय रहने प्रतिबद्धता व्यक्त नासआईटीले व्यक्त गरेको छ।

बजेटमा समावेश भएका सकारात्मक व्यवस्थाहरूको प्रभावकारी कार्यान्वयन हुने विश्वास व्यक्त गर्दै, नेपाललाई विश्वस्तरीय प्रविधि केन्द्र (Tech Hub) का रूपमा विकास गर्ने उद्देश्यले आवश्यक स्रोत तथा बजेट व्यवस्थापन गर्ने सरकारको प्रतिबद्धताको NAS-ITले  स्वागत गरेको छ। यस लक्ष्यलाई साकार पार्न आवश्यक कार्यक्रमहरू प्रभावकारी रूपमा कार्यान्वयन हुने तथा समेटिन बाँकी रहेका सुझावहरूलाई आगामी नीति, कार्यक्रम तथा बजेटमार्फत सम्बोधन गरिने विश्वास NAS-ITले व्यक्त गरेको छ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

नेपालमै ईभी उत्पादनको सम्भावना करिब शून्यमा झर्‍यो

आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि अर्थमन्त्री डा. स्वर्णिम...

नेपाल बीमा प्राधिकरणको अध्यक्ष बन्नको लागि ५० जनाले दिए आवेदन

नेपाल बीमा प्राधिकरणको अध्यक्ष बन्नको लागि ५० जनाले आवेदन...

एनआईसी एशिया बैंकको अध्यक्षमा अशोक कुमार अग्रवाल

एनआईसी एशिया बैंकको संचालक समितिको अध्यक्षमा अशोक कुमार अग्रवाल...

एभरेष्ट कलर लिमिटेडले पायो नेपाल गुणस्तर (NS) प्रमाण-चिन्ह

एभरेष्ट कलर लिमिटेडले नेपाल गुणस्तर (NS) प्रमाण-चिन्ह प्राप्त गरेको...

यस्ता छन् आज बसेको मन्त्रिपरिषद् बैठकका ४ निर्णय

आज जेठ १९ गते बसेको मन्त्रिपरिषद्को बैठकले विभिन्न ४...

अमेरिकामा ३ करोड वटाभन्दा धेरै लामखुट्टे छोड्ने गुगलको योजना, यस्तो छ कारण

प्रविधिको दिग्गज कम्पनी गुगलले अमेरिकाको फ्लोरिडा र क्यालिफोर्नियामा ३...
spot_img