Monday, July 27, 2026
spot_img

पोल्ट्री फार्म सञ्चालकलाई कृषि तथा वन विज्ञान विश्वविद्यालयको उपकुलपति बनाएपछि चौतर्फी आलोचना

spot_img

सरकारले निजी पोल्ट्री व्यवसायीलाई कृषि तथा वन विज्ञान विश्वविद्यालयको उपकुलपतिमा नियुक्त गरेको पाइएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले बैशाख ३१ गते उक्त विश्वविद्यालयको उपकुलपतिमा नियुक्त गरेको व्यक्ति ‘कल्याण ब्रिडिङ्ग एण्ड रिसर्च फार्म प्रा.लि.’का अध्यक्ष रहेको खुलेको हो ।

कम्पनी रजिस्ट्रार कार्यालयको अभिलेखअनुसार उक्त फार्मममा बस्नेतको नाममा ५० लाख रुपैयाँ र उनका छोरा सौरभ बस्नेतको नाममा २५ लाख रुपैयाँ बराबरको सेयर रहेको देखिएको छ ।

बस्नेतले आफ्नो फेसबुकमा समेत कल्याण ब्रिडिङ्ग एण्ड रिसर्च फार्मबारे सूचना राख्दै बिक्री वा साझेदारीका लागि प्रस्ताव आह्वान गरेका थिए । उनले फेसबुकमा सूचना राख्दै उक्त फार्म चितवनमा व्यवसायका लागि सुनौलो अवसर भएको र ६६ कट्ठा क्षेत्रफलमा फैलिएको उल्लेख गरेका छन् ।

तर, सार्वजनिक विश्वविद्यालयको नेतृत्वमा रहेका व्यक्ति निजी व्यवसायमा संलग्न रहेको भन्दै यसले स्वार्थको द्वन्द्वको निम्त्याउने भन्दै अहिले उनको नियुक्तिमा प्रश्न उठिरहेको छ । निजी फार्मको अध्यक्ष रहेको व्यक्तिलाई स्वार्थको द्वन्द निम्तिने अवस्थाको हेक्का नराखी सरकारले कृषि तथा वन विज्ञान विश्वविद्यालयको उपकुलपति बनाएको भन्दै अहिले सार्वजनिक रुपमा समेत आलोचना भइरहेको छ ।

यति मात्रै नभई बस्नेतले रजिष्ट्रार नियुक्तिका लागि विद्यार्थीलाई नै सिफारिस गरेको समेत आरोप लागेको छ । उनकै सिफारिसमा सुविर सिंहलाई रजिष्ट्रारको जिम्मेवारी तोकिएको र सिंह विद्यार्थी भएको बताइन्छ ।

उनले भने आफूले व्यवसाय सञ्चालन गरेका आधारमा विश्वविद्यालयको पठनपाठनमा कुनै पनि असर नपरेको बरु आफूले कृषि उद्यम गरेकै कारण विद्यार्थीहरुलाई व्यवहारिक ज्ञान दिनसमेत सहज भइरहेको बताएका छन् । आफूले साझेदारहरुसँग मिलेर करिब ३० वर्षअघि व्यवसाय सुरु गरेको तर, अहिले उपर्युक्त खरिदकर्ता भेटिए फार्म बिक्रीको तयारीमा रहेको जनाएका छन् ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img

इण्डियन च्याम्बर अफ कमर्शद्वारा नेपाल एसबिआई बैंक सम्मानित

नेपाल एसबिआई बैंक लिमिटेड इण्डियन च्याम्बर अफ कमर्शद्धारा बैंक...

सर्वोच्चको फैसला : ‘महाप्रसाद अधिकारीको योग्यता सम्बन्धमा थप विश्लेषण गर्नुपर्ने देखिएन’

सर्वोच्च अदालतले नेपाल राष्ट्र बैंकका निवर्तमान गभर्नर महाप्रसाद अधिकारीको...

संकटमा नेपालको एयरलाइन्स उद्योग

मध्यपूर्वी देशहरुमा जारी रहेको तनाव र इन्धनको मूल्य वृद्धिका...

आज पनि बढ्यो सुनचाँदीको भाउ

आज सोमबार पनि सुनचाँदीको भाउ बढेको छ । आइतबार...

देशभरी ग्यासको ‘हाहाकार’, के हो समस्या ?

केही दिन अघि सुर्खेतमा खाना पकाउने ग्यास नपाएको गुनासो...
spot_img