Sunday, August 2, 2026
spot_img

हिमालयन पावर पार्टनरको हकप्रद बाँडफाँड, ४ लाख ६८ हजार कित्ता लिलाममा आउने

spot_img

हिमालयन पावर पार्टनर लिमिटेडले निष्काशन गरेको हकप्रद बाँडफाँड भएको छ। जेठ १९ गते हकप्रद बाँडफाँड गरिएको हो।

कम्पनीले वैशाख १७ गतेदेखि जेठ ६ गतेसम्म हाल कायम चुक्ता पूँजीको ५० प्रतिशत अर्थात् ५३ करोड २७ लाख ८ हजार ५ सय रुपैयाँ बराबरको प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यका ५३ लाख २७ हजार ८५ कित्ता हकप्रद शेयर निष्काशन गरेको थियो ।

बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलका अनुसार यस हकप्रदमा रितपूर्वक आवेदन दिने ४६ हजार ७ सय ६९ जना शेयरधनीलाई ४८ लाख ५८ हजार ३ सय ४५ कित्ता हकप्रद बाँडफाँड गरिएको छ। कम्पनीले हकप्रदमा नपरेको पैसा जेठ २१ गतेदेखि फिर्ता गर्ने जनाएको छ ।

बिक्री नभएको ४ लाख ६८ हजार ७ सय ४० कित्ता शेयर लिलाममा आउने छ । कम्पनीले यी शेयर जेठ २७ देखि असार ४ गतेसम्म लिलाम गर्ने जनाएको छ ।

नेपाल धितोपत्र बोर्डले फागुन २५ गते कम्पनीलाई हकप्रद निष्काशनको अनुमति दिएको थियो।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img

भियतनामको परराष्ट्र मन्त्रालयद्वारा अवैतनिक महावाणिज्यदूत श्रेष्ठ सम्मानित

नेपालका लागि भियतनामका अवैतनिक महावाणिज्यदूत राजेशकाजी श्रेष्ठलाई भियतनामको परराष्ट्र...

सुप्रिम वाइनले आईपीओ निष्काशन गर्ने, बिक्री प्रबन्धकमा नेशनल क्यापिटल

सुप्रिम वाइन नेपाल लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको छ...

शनिबारबाट आयल निगमको कार्यालयबाटै ग्यास पाइने

उपभोक्ताले सहजै ग्यास नपाएको गुनासो गर्न थालेपछि नेपाल आयल...

सहकारी ठगीका मुद्दा हेर्ने छुट्टै इजलास गठन गर्न प्रधानन्यायाधीश समक्ष मन्त्रीको माग

सहकारी ठगीसम्बन्धी मुद्दाको शीघ्र न्याय निरूपणका लागि मुद्दाको चाप...

सरकार र लघुवित्तको विरोधमा आन्दोलनरत पक्षबीच भएको ५ बुँदे सहमतिमा के छ ?

सरकार र लघुवित्त संस्थाको विरोधमा आन्दोलनरत पक्षबीच ५ बुँदे...

पुँजीगत खर्चका सम्बन्धमा अर्थ समितिमा छलफल गर्न माग

पुँजीगत खर्चको विषयमा अर्थ समितिमा छलफल गर्न माग गर्दै...
spot_img