Saturday, July 11, 2026
spot_img

निजी क्षेत्र अर्थतन्त्रको इन्जिन हो: अध्यक्ष ढकाल

spot_img

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले निजी क्षेत्र मुलुकको अर्थतन्त्रको इन्जिन भएको बताएका छन्।

नेकपा एमाले निकट व्यवसायीको संगठन उद्योग व्यवसाय विशेष जिल्ला कमिटीको दोस्रो अधिवेशनमा बोल्दै अध्यक्ष ढकालले निजी क्षेत्र अर्थतन्त्रको इन्जिन भएकोले अब उद्यम व्यवसायमा लागेकाहरुले निराशाजनक कुरामात्र गर्न नहुने बताएका हुन् ।
उनले राजस्वमा ८० प्रतिशत भन्दा बढी र रोजगारीमा ८६ प्रतिशत माथि योगदान निजी क्षेत्रको रहेको बताउँदै उद्योग व्यवसायको क्षेत्र भनेको समृद्धिको मेरुदण्ड भएको बताए ।

भूकम्प, कोरोना भाइरसको महामारी र लगत्तैको रुस युक्रेन बीचको युद्धले मुलुकको अर्थतन्त्रमा नकारात्मक प्रभाव परेको भए पनि अब यो विन्दुबाट अर्थतन्त्र उकास्न निराशाजनक मात्रै नभई केही सकारात्मक सन्देश प्रवाह गर्नु आवश्यक भएको अध्यक्ष ढकालको भनाइ छ ।

उनले अहिले बैंकको ब्याजदर एकल अंकमा झरेको, रेमिटेन्स सबैभन्दा बढी भित्रिएको, विदेशी मुद्राको सञ्चित इतिहासकै उच्च भएको, बैंकमा ६ खर्ब बढी लगानीयोग्य रकम थुप्रिएर तरलता पनि इतिहासमै सबैभन्दा बढी सहज अवस्थामा रहेको र पर्यटक आगमन पनि ऐतिहासिक भइरहेकाले अर्थतन्त्र सकारात्मक बाटोमा अघि बढेको बताएका छन् ।

अब मुख्य गरि २ कुरा हुन सके उद्योगी व्यवसायीमा विश्वास बढ्ने बताउँदै अध्यक्ष ढकालले पहिलो कुरा सरकारले निर्माण व्यवसायीले पाउन बाँकी रकम तत्काल भुक्तानी गर्नुपर्ने र दोस्रो सहज खालको मौद्रिक नीति आउनुपर्ने बताएका छन् । साथै सरकारले पूँजीगत खर्च बढाउनुपर्ने उनको सुझाव छ ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img

आधा पनि खर्च भएन विकास बजेट

चालु आर्थिक वर्षको पुँजीगत बजेट आधा पनि खर्च हुन...

ऋण असुलीबाट शिव शिखरका थप ९६ जना पिडितले पाए बचत फिर्ता

समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले शिव शिखर सहकारीका थप बचतकर्ताको...

प्रदेशभित्रको सार्वजनिक यातायातका समस्या समाधान गर्ने मुख्यमन्त्रीको प्रतिवद्धता

बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बाँनियाले प्रदेशभित्र देखिएका सार्वजनिक यातायातका...

भाटभटेनी सुपर मार्केटको विराटनगर आउटलेट सञ्चालनमा

गत वर्ष भदौको जेन् जी आन्दोलनका क्रममा क्षतिग्रस्त भएको...

प्रधानमन्त्रीले ‘क्रस कोइसन’ गर्दै डेढ घण्टा आफ्ना कुरा सुनेपछि ऊर्जा उद्यमी उत्साहित

प्रधानमन्त्री वालेन्द्र शाहले स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था इप्पान नेपालका...
spot_img