Thursday, July 10, 2025

निजी क्षेत्र अर्थतन्त्रको इन्जिन हो: अध्यक्ष ढकाल

spot_img
spot_img

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले निजी क्षेत्र मुलुकको अर्थतन्त्रको इन्जिन भएको बताएका छन्।

नेकपा एमाले निकट व्यवसायीको संगठन उद्योग व्यवसाय विशेष जिल्ला कमिटीको दोस्रो अधिवेशनमा बोल्दै अध्यक्ष ढकालले निजी क्षेत्र अर्थतन्त्रको इन्जिन भएकोले अब उद्यम व्यवसायमा लागेकाहरुले निराशाजनक कुरामात्र गर्न नहुने बताएका हुन् ।
उनले राजस्वमा ८० प्रतिशत भन्दा बढी र रोजगारीमा ८६ प्रतिशत माथि योगदान निजी क्षेत्रको रहेको बताउँदै उद्योग व्यवसायको क्षेत्र भनेको समृद्धिको मेरुदण्ड भएको बताए ।

भूकम्प, कोरोना भाइरसको महामारी र लगत्तैको रुस युक्रेन बीचको युद्धले मुलुकको अर्थतन्त्रमा नकारात्मक प्रभाव परेको भए पनि अब यो विन्दुबाट अर्थतन्त्र उकास्न निराशाजनक मात्रै नभई केही सकारात्मक सन्देश प्रवाह गर्नु आवश्यक भएको अध्यक्ष ढकालको भनाइ छ ।

उनले अहिले बैंकको ब्याजदर एकल अंकमा झरेको, रेमिटेन्स सबैभन्दा बढी भित्रिएको, विदेशी मुद्राको सञ्चित इतिहासकै उच्च भएको, बैंकमा ६ खर्ब बढी लगानीयोग्य रकम थुप्रिएर तरलता पनि इतिहासमै सबैभन्दा बढी सहज अवस्थामा रहेको र पर्यटक आगमन पनि ऐतिहासिक भइरहेकाले अर्थतन्त्र सकारात्मक बाटोमा अघि बढेको बताएका छन् ।

अब मुख्य गरि २ कुरा हुन सके उद्योगी व्यवसायीमा विश्वास बढ्ने बताउँदै अध्यक्ष ढकालले पहिलो कुरा सरकारले निर्माण व्यवसायीले पाउन बाँकी रकम तत्काल भुक्तानी गर्नुपर्ने र दोस्रो सहज खालको मौद्रिक नीति आउनुपर्ने बताएका छन् । साथै सरकारले पूँजीगत खर्च बढाउनुपर्ने उनको सुझाव छ ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img

AI चिप निर्माता NVIDIA बन्यो ४ ट्रिलियन डलर बजार पूँजीकरण पुग्ने विश्वकै पहिलो कम्पनी

एआई चिप निर्माता कम्पनी एनभिडिया कर्पोरेसनले बुधबार इतिहास रच्दै...

आज बिहीबार कुन विदेशी मुद्राको सटही दर कति ?

नेपाल राष्ट्र बैङ्कले आज बिहिबारका लागि विदेशी मुद्राको विनिमय...

मुस्ताङमा आएको बाढीले ७ वटा पुल बगायो

उपल्लो मुस्ताङमा अकल्पनीय बाढीले पु¥याएको क्षतिको प्रारम्भिक अनुगमनका लागि...

खानी खोला हाइड्रोको हकप्रद सुरक्षित गर्ने आज अन्तिम दिन

खानी खोला हाइड्रोपावर कम्पनी लिमिटेडको हकप्रद सुरक्षित गर्ने आज...

हिमालयन एभरेष्ट इन्स्योरेन्सले पायो दुई अन्तर्राष्ट्रिय अवार्ड

निर्जीवन बीमा कम्पनी हिमालयन एभरेष्ट इन्स्योरेन्स (एचआई) ले दुई...

एसएमई कम्पनीले आईपीओ निकाल्न बिक्री प्रबन्धक नै नपाउने जोखिम, लकइनले झस्किए !

नेपाल धितोपत्र बोर्डले ल्याएको साना तथा मझौला संगठित संस्थाको...
spot_img