Tuesday, July 21, 2026
spot_img

फिफाले दियो १३५ अर्ब पुरस्कार: स्पेनले ७ अर्ब ८४ करोड पाउँदा अरु ४७ देशले कति पाए ?

spot_img

फिफाले २०२६ विश्वकपमा अहिलेसम्म कै धेरै पुरस्कार राशि वितरण गरेको छ । कुल ८७१ मिलियन अमेरिकी डलर (१ खर्ब ३५ अर्ब नेपाली रुपैयाँ बराबरको) रकम ४८ वटा सहभागी टोलीहरूलाई दिइएको छ ।

सीएनबिसीका अनुसार विजेता स्पेनले ५१ मिलियन डलर अर्थात् ७ अर्ब ८४ करोड नेपाली रुपैयाँ बराबरको रकम पाएको छ। उपविजेता अर्जेन्टिनाले ३४ मिलियन डलर अर्थात् ५ अर्ब २३ करोड नेपाली रुपैयाँ बराबरको रकम पाएको छ।
तेस्रो स्थानको इङ्ल्यान्डले ३० मिलियन डलर अर्थात् ४ अर्ब ६१ करोड नेपाली रुपैयाँ बराबरको रकम पाएको छ। चौथो स्थानको फ्रान्सले २८ मिलियन डलर अर्थात् ४ अर्ब ३० करोड नेपाली रुपैयाँ बराबरको रकम पाएको छ।

क्वार्टरफाइनल पुग्ने टोलीहरू अर्थात् ५–८ औं स्थानका देशहरु हरेकले २० मिलियन डलर पुरस्कार पाएका छन्। राउन्ड अफ १६ पुग्ने टोलीहरु अर्थात् ९–१६ औं स्थानका देशहरु हरेकले १६ मिलियन डलर पुरस्कार पाएका छन्। राउन्ड अफ ३२ पुग्ने देशहरु अर्थात् १७–३२ औं स्थानमा रहने देशहरु हरेकले १२ मिलियन डलर पुरस्कार पाएका छन्। समूह चरणबाट बाहिरिने टोलीहरू अर्थात् ३३–४८ औं स्थानका देशहरुले पनि प्रत्येकले १० मिलियन डलर पुरस्कार पाएका छन्, जुन १ अर्ब ५३ करोड नेपाली रुपैयाँ बराबर हो।

यो रकम राष्ट्रिय फुटबल संघलाई दिइन्छ, खेलाडीहरूलाई होइन । खेलाडीहरूलाई कति दिने भन्ने निर्णय सम्बन्धित संघले गर्छ ।

यो पटकको विश्वकप तीन देशमा आयोजना हुँदा यात्रा र खर्च बढी भएकाले पुरस्कार राशि पनि अघिल्लो संस्करणको तुलनामा निकै बढेको छ । २०२२ मा विजेता अर्जेन्टिनाले ४२ मिलियन डलर पाएको थियो ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img

दुई वर्षभित्र ३६ प्रकारका अत्यावश्यक औषधि उत्पादनको लागि सम्झौता

स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय र नेपाल औषधि लिमिटेडबीच...

बजेट कार्यान्वयनको लागि अर्थ मन्त्रालयद्वारा ३७ बुँदे निर्देशन जारी

अर्थ मन्त्रालयले चालु आर्थिक वर्ष २०८३/८४ को बजेट प्रभावकारी...

शनिवार र आइतबार बाहेकका सार्वजनिक विदा घटाउने तयारी

सरकारले सार्वजनिक विदालाई पुनरावलोकन गर्न गृह मन्त्रालयका सहसचिवको संयोजकत्वमा...

पुँजीबजारबारे प्रधानमन्त्रीको विशेष छलफल, दैनिक ३० अर्ब कारोबार हुने वातावरण बनाउन आग्रह

प्रधानमन्त्री वालेन्द्र शाहले वर्तमान सरकारले देशको आर्थिक विकास र...

भूमिहीन र अव्यवस्थित बसोबासीलाई ३५ दिनभित्र निवेदन दर्ता गराउन अन्तिम आह्वान

सरकारले ६६ वटा स्थानीय तहमा रहेका भूमिहीन दलित, भूमिहीन...

नेपाल र स्पेनबीच व्यापार तथा लगानी सहकार्य विस्तार गर्ने बारे छलफल

नेपाल चेम्बर अफ कमर्स र स्पेनिश चेम्बर अफ कमर्सबीच...
spot_img