स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) को विधान संशोधन प्रशासनबाट स्वीकृत भएको छ । इप्पानको विधान २०५७ (संशोधन २०८३) जिल्ला प्रशासन कार्यालय ललितपुरबाट स्वीकृत भएको हो ।
यसअघिको विधानमा वरिष्ठ उपाध्यक्ष नै स्वतः अध्यक्ष हुने व्यवस्था थियो । संशोधित विधान अनुसार अब अध्यक्षमा प्रत्यक्ष निर्वाचन हुनेछ ।
साथै, अब संस्थाको अध्यक्ष वा वरिष्ठ उपाध्यक्षको उम्मेदवार बन्नका लागि कुनै पनि राजनीतिक दलमा आवद्ध नभएको हुनुपर्नेछ । यदि कुनै दलमा आवद्ध भएको खण्डमा उम्मेदवारी दिनुअघि दल त्याग गरेको प्रमाण पेश गर्नुपर्नेछ ।
अध्यक्षको उम्मेदवार हुन एक कार्यकाल कार्यसमितिमा बसेर काम गरिसकेको हुनुपर्नेछ ।









