spot_img

विश्वकपको फाइनल खेल चलिरहँदा किन झ्याप्प झ्याप्प गयो बिजुली ?

spot_img

विश्वकप फुटबलको फाइनल खेल सञ्चालन भइरहेका बेला बिजुली झ्याप्प झ्याप्प जाने क्रम निकैबेर चल्यो । काठमाडौँसहित देशका अधिकांश स्थानमा यो समस्या देखिएपछि टिभी र इन्टरनेटको माध्यमबाट फुटबल हेरिरहेका दर्शकहरु आक्रोशित भए ।

तर, राती कारण खुलेन । सोमबार बिहान भने नेपाल विद्युत प्राधिकरणले यसको कारण सार्वजनिक गरेको छ ।

प्राधिकरणका अनुसार राती करिब १ः४५ बजे पथलैया–ढल्केवर १३२ केभी प्रसारण लाइनअन्तर्गत पथलैया निकुञ्ज क्षेत्रमा प्रतिकूल मौसमका कारण रूख ढली विद्युत् प्रसारण प्रणालीमा आंशिक अवरोध सिर्जना हुन पुग्यो । यसका कारण प्रसारण सञ्जालमा ‘रिङ ब्रेक’ हुन गई काठमाडौं उपत्यकासहित देशका विभिन्न भागमा केही समयका लागि विद्युत आपूर्ति प्रभावित भएको प्राधिकरणले जनाएको छ ।

विश्वकप फुटबलको फाइनल जस्तो विशेष अवसरमा उपभोक्ताहरूलाई निरन्तर र भरपर्दो विद्युत् सेवा उपलब्ध गराउन नेपाल विद्युत् प्राधिकरणले उच्च सतर्कता अपनाएर सोही अनुरूप सम्पूर्ण सबस्टेशनहरू, नो–लाइट सेवा तथा प्राविधिक जनशक्तिलाई ‘हाइ अलर्ट’मा राखेको भएपनि प्रतिकुल कारण उत्पन्न उक्त अप्रत्याशित प्राकृतिक विपत्तिले प्रणालीमा अवरोध सिर्जना गरेको प्राधिकरणले जनाएको छ ।

घटनाको जानकारी प्राप्त हुनासाथ प्राधिकरणका प्राविधिक टोलीहरू तत्काल सक्रिय भई वैकल्पिक व्यवस्थामार्फत विद्युत प्रणालीलाई यथाशीघ्र पुनः सुचारु गरिएको प्राधिकरणले बताएको छ ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

साउनमा वाणिज्य बैंकको खुद नाफा ८ अर्ब ७३ करोड, कुनको कति ?

चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो महिना अर्थात् २०८३...

नदी तटीय क्षेत्रको शहरीकरण र विकास आयोजनाको मापदण्ड फेर्न सरकारलाई निर्देशन

संसदको अर्थ समितिले नदी तटीय क्षेत्रमा हुने शहरीकरण एवम्...

होटेल सब्रिना लिमिटेडको आठौँ वार्षिक साधारणसभा सम्पन्न

होटेल सब्रिना लिमिटेडको आठौँ वार्षिक साधारणसभा सम्पन्न भएको छ।...

विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा दीर्घायु कुमार श्रेष्ठ नियुक्त

नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा दीर्घायु कुमार श्रेष्ठ नियुक्त...

भारत, चीन र अमेरिका सहित १३ देशमा राजदुत सिफारिस

आज बसेको मन्त्रिपरिषद्को बैठकले १३ वटा देशमा राजदूत नियुक्ति...

गभर्नर पौडेलको दस्तखत रहेको ५० रुपैयाँको नयाँ नोट आजदेखि चलनचल्तीमा

नेपाल राष्ट्र बैंकले ५० रुपैयाँ दरको नयाँ नोट बजारमा...