रिज लाइन इनर्जी लिमिटेडले हकप्रद निष्काशन गर्ने भएको छ। कम्पनीले एससी पावर प्रालिले प्रबर्दन गरेको ४४० मेगावाटको तिला १ जलविद्युत आयोजनामा लगानी गर्नको लागि हकप्रद निष्काशनको तयारी गरेको हो ।
रिजलाइनले एससी पावरको जगेडा शेयरमा २० करोड रुपैयाँ लगानी गर्ने निर्णय गरिसकेको छ। कम्पनीको असार ३ गते बसेको संचालक समितिको बैठकले यो निर्णय गरेको हो।
हकप्रद निष्काशन गर्ने र हकप्रदबाट संकलित रकम मध्येबाट २० करोड रुपैयाँ एससी पावरमा लगानी गर्ने कम्पनीले जनाएको छ।









