spot_img

महासंघ निर्वाचनः अन्जन श्रेष्ठ समर्थित टिमले ४ जना उपाध्यक्षका उम्मेदवार मात्रै घोषणा गर्ने

spot_img

नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनका लागि हेमराज ढकाललाई वरिष्ठ उपाध्यक्षको उम्मेदवारका रुपमा प्रस्ताव गर्दै एउटा समूहले प्यानल घोषणा गरेपछि अर्को समूह पनि आन्तरिक छलफलमा जुटेको छ । अध्यक्ष चन्द्र ढकालले सहमतिको प्रयास गर्ने भनिरहेकाले आफूहरुले टिम घोषणा नगरेको तर, एउटा समूहले घोषणा गरिसकेपछि अब आफूहरु पनि घोषणा गर्नुपर्ने अवस्थामा आइपुगेको एक जना पदाधिकारीका दाबेदारले बताए ।

उनका अनुसार आगामी अध्यक्ष (हालका वरिष्ठ उपाध्यक्ष अन्जन श्रेष्ठ)ले समर्थन गर्ने उक्त टिमले वरिष्ठ उपाध्यक्ष र महिला उपाध्यक्षको उम्मेदवार भने अहिले प्रस्ताव गर्ने छैन । ‘वरिष्ठ उपाध्यक्ष र महिला उपाध्यक्ष कार्यसमितिको निर्वाचन पछि उहाँहरु (केन्द्रीय कार्यकारिणी समिति सदस्यहरु)ले चयन गर्ने हो’ ति व्यक्तिले भने, ‘अहिले ४ जना उपाध्यक्षको मात्रै घोषणा हुन्छ ।’

को को हुन् ४ उपाध्यक्षका उम्मेदवार ?

अहिलेसम्म अध्यक्ष ढकालले सहमति गर्नका लागि आफूले अधिकतम् छलफल गर्ने भनिरहेका छन् । त्यहीँ भएर जिल्ला नगर उपाध्यक्षका आकांक्षीहरुले समेत आफ्नो जिल्लाबाट उम्मेदवारी घोषणा नगरी बसेको महासंघको जिल्ला नगर उपाध्यक्ष सुरकृष्ण वैद्य बताउँछन् । ‘जिल्ला नगर उपाध्यक्षका आकांक्षीहरुले आफ्नो जिल्लाबाट उम्मेदवारी घोषणा गरेर देशभरी पुग्ने विगतको अभ्यास छ, अहिलेसम्म अध्यक्ष ज्यूले सहमतिको पहल गर्ने भनिरहनु भएकाले उहाँहरुले आफ्नो जिल्लाबाट घोषणा गर्नु भएको छैन’ उपाध्यक्ष वैद्य भन्छन् ।

उनले आफू वरिष्ठ उपाध्यक्षको आकांक्षी भएपनि अहिले नै उम्मेदवारी घोषणा गर्नुपर्छ भन्ने पक्षमा नरहेको बताए । तर, अर्का एक पदाधिकारीका दाबेदारले भने फागुन २१ को निर्वाचन पश्चात ४ जना उपाध्यक्षका उम्मेदवारहरुको उम्मेदवारी घोषणा हुने बताए । ति आकांक्षीका अनुसार जिल्ला नगरतर्फका दुई उम्मेदवारमा दिलसुन्दर श्रेष्ठ (बागमती) र कृष्ण शर्मा (लुम्बिनी) पक्का भइसकेको छ । एसोसियट उपाध्यक्षमा प्रबलजंग पाण्डे र वस्तुगत उपाध्यक्षमा शिव प्रसाद घिमिरे तय भएका छन् ।

‘फागुन २१ को निर्वाचन पछि हाम्रो (४ जना उपाध्यक्षका उम्मेदवार)को उम्मेदवारी घोषणा हुन्छ’ ति आकांक्षीले भने, ‘वरिष्ठ र महिला उपाध्यक्ष चाहिँ निर्वाचन पछि केन्द्रीय कार्यकारिणी समितिबाट चुनिने भएकाले अहिले घोषणा हुँदैन ।’

देश निर्वाचनमा होमिएका बेला स्थिरताका लागि निर्वाचन सम्पन्न गराउनुपर्ने राष्ट्रिय अभिभारा रहेकाले यसमा निजी क्षेत्रको समेत सहयोग सरकारलाई आवश्यक हुने भन्दै निर्वाचन अगाडि उम्मेदवारी घोषणा नगर्ने यो समूहको तयारी छ ।

‘पूर्व अध्यक्षहरुलाई विभाजन गर्नु हुँदैन’

अन्जन श्रेष्ठले समर्थन गर्ने भनिएको यस टिमले पूर्व अध्यक्षहरुलाई अहिले नै ‘हामीलाई समर्थन गरिदिनुस्’ भनेर अनुरोध नगरेको बताइएको छ । आफूहरुले उम्मेदवारी घोषणामा सबै पूर्व अध्यक्षहरुलाई निमन्त्रणा गर्ने तर, सबैबाट शुभकामना मात्रै लिने एक जना जिल्ला नगर उपाध्यक्षका आकांक्षी बताउँछन् ।

‘पूर्व अध्यक्षहरु सबैलाई बोलाउँछौँ, कोही दुइतिरै जानुहुन्छ, कोही कतैपनि जानु हुन्न’ ति व्यक्ति भन्छन्, ‘यो उहाँहरुको कुरा हो । उहाँहरु गएर शुभकामना दिँदैमा समर्थन गरेको भन्ने पनि हुँदैन ।’

यसैगरी वरिष्ठ उपाध्यक्षका आकांक्षी सुरकृष्ण वैद्यले पनि आफूहरु पूर्व अध्यक्षहरुलाई समूहगत रुपमा विभाजित गर्ने पक्षमा नरहेको बताए । यो अभ्यासले संस्थाका गौरवका रुपमा रहेका पूर्व अध्यक्षहरुको मानमर्दन हुने भएकाले आफूहरु पूर्व अध्यक्षहरुको आशिर्वाद लिने तर ‘हामीलाई नै समर्थन गर्नुपर्छ वा फलानो पूर्व अध्यक्षको समर्थन हामीलाई छ’ भन्ने हिसाबले विभाजित गर्ने खेलमा नलाग्ने उनको भनाइ छ ।

‘पूर्व अध्यक्षहरुलाई यो समूहमा लाग्यो, त्यो समूहलाई समर्थन गर्यो भनेर विभाजित गर्नु हुँदैन’ वैद्य भन्छन्, ‘उहाँहरु सबैका हुन्, उहाँहरु संस्थाको गौरव पनि हुन् ।’

यसैबीच, भावी अध्यक्ष अन्जन श्रेष्ठले यसपाली जिल्ला नगर समूहबाट वरिष्ठ उपाध्यक्ष बनाउने प्रतिवद्धता जनाइसकेको बताइन्छ । यसका लागि सुरकृष्ण वैद्य र दिनेश श्रेष्ठको नाम चर्चामा छ । स्रोतका अनुसार अन्जनले यी दुइमध्ये एक जनालाई वरिष्ठ उपाध्यक्षमा समर्थन गर्न सक्ने देखिएको छ ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

दशैँमा काठमाडौँ छोड्ने यात्रुलाई सहजीकरण गर्न ‘सहायता कक्ष’ स्थापना

चाडपर्व लक्षित यात्रु सहायता कक्ष सञ्चालनमा आएको छ ।...

तलब कम भएको भन्दै नेपाल एयरलाइन्सका ६ पाइलटद्वारा राजीनामा

सेवा–सुविधा काम भएको भन्दै नेपाल एयरलाइन्सका ६ जना पाइलटले...

अर्थतन्त्र सुधारका लागि यसैवर्ष २७ वटा नयाँ कानुन ल्याउने सरकारको तयारी

सरकारले यसैवर्ष आर्थिक सुधारसँग सम्बन्धित २७ वटा कानून ल्याउने...

बाहिरी सीए खटाएर साल्ट ट्रेडिङलाई जरिवाना, मन्त्रीले वाणिज्य विभागलाई अविश्वास गरेका हुन् ?

बिहिबार साँझतिर वाणिज्य विभागले साल्ट ट्रेडिङ कर्पोरेशनलाई ३ लाख...

अर्थमन्त्री डा.स्वर्णिम वाग्ले अमेरिका प्रस्थान

अर्थमन्त्री डा. स्वर्णिम वाग्ले अमेरिका प्रस्थान गरेका छन् ।...

सोमबारदेखि बन्द हुँदै सुपथ मूल्य र कम स्पीडका इन्टरनेट प्याकेज

इन्टरनेट सेवा प्रदायकहरुले  सुपथ मूल्य र कम स्पीडका इन्टरनेट...