spot_img

एनआईसी एशिया बैंकले नेपाल भित्र्यायो Apple Pay र Google Pay

spot_img

एन आई सी एशिया बैंकका ई-कमर्स पेमेन्ट गेटवे मर्चेन्ट ग्राहकहरुले अब नेपालमै पहिलो पटक Apple Pay र Google Pay अन्तर्गतका Visa तथा Mastercard प्रयोगकर्ता मार्फत सहजै भुक्तानी प्राप्त गर्न सक्ने भएका छन्। यस सुविधा अन्तर्गत डिजिटल भुक्तानी प्रणालीलाई थप आधुनिक, सहज र सुरक्षित बनाउने उद्देश्य सहित बैंकको CyberSource Payment Gateway मा आवद्ध हुनुभएका र हुन चाहने व्यवसायिक ग्राहकहरुले विश्वभर रहेका Apple Pay तथा Google Pay प्रयोगकर्ताबाट आफ्नो ई-कमर्स प्लेटफर्ममार्फत सहज र सुरक्षित रुपमा भुक्तानी स्वीकार गर्न सक्ने बैंकले जनाएको छ।

Apple Pay / Google Pay विश्वव्यापी रुपमा मान्यताप्राप्त मोबाइलमा आधारित भुक्तानी माध्यम हुन् । जसमा अन्तर्राष्ट्रिय ग्राहकहरुले भौतिक रुपमा कार्ड प्रयोग गर्नु पर्ने झन्झटलाई हटाइ आफ्नो कार्डको विवरणहरुलाई Apple र Google Android मोबाइलमा Tokenize गरेर सरल तरिकाबाट भुक्तानी गर्न सक्ने छन्।

बैंकका अनुसार यस सुविधाको उपयोग गर्न विशेषगरी होटल, टुर्स एण्ड ट्राभल्स, ह्यान्डीक्राफ्ट, एयरलाइन्स, ई-कमर्स, आईटी क्षेत्र जस्ता मर्चेन्ट ग्राहकहरुले बैंकको ई-कमर्स पेमेन्ट गेटवे CyberSource मा आवद्ध भई अन्तर्राष्ट्रिय ग्राहकहरुबाट Apple Pay र Google Pay मार्फत भुक्तानी लिन सक्ने छन्। यस सुविधाले नेपाली व्यवसायीहरुलाई अन्तर्राष्ट्रिय ग्राहकका लागि थप सहज र परिचित Payment experience सुविधा प्रदान गर्न सहयोग पुर्याउने विश्वास गरिएको छ।

विशेषगरी पर्यटन तथा आतिथ्य, यात्रा, ई-कमर्श, आईटी क्षेत्र, सामान निर्यात गर्ने व्यवसायी लगायत अन्तर्राष्ट्रिय ग्राहकबाट भुक्तानी प्राप्त गर्ने व्यवसायका लागि यसले अन्तरदेशीय व्यापार विस्तार गर्न तथा विदेशी मुद्रा आर्जनको सम्भावनालाई थप सहयोग पुऱ्याउने अपेक्षा गरिएको छ । नेपालमै पहिलो पटक शुरु भएको यस भुक्तानी सेवाले भुक्तानी सेवालाई थप सहज र सरल बनाउने, मर्चेन्ट ग्राहकको व्यवसायमा टेवा दिने, भुक्तानी सरल र सुरक्षित बनाउनुको साथै नेपालको पर्यटन प्रवर्द्धनमा समेत सकारात्मक योगदान गर्दै देशको अर्थतन्त्र र अन्तरदेशीय भुक्तानीमा नयाँ आयाम थप्ने बैंकले विश्वास लिएको बैंकले जनाएको छ ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

सामान खरिद गर्दा १ लाख जित्ने विजेता घोषणा, ल्युब आयल किनेका लालबाबुले १० लाख पाउने

असोज महिनाको पहिलो १५ दिनको करदाता प्रोत्साहन उपहार घोषणा...

पूर्वाधार विकासका लागि कानुनी सुधार र स्पष्ट नीति आवश्यक: चेम्बर अध्यक्ष अग्रवाल

नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेशकुमार अग्रवालले नेपालको प्रतिस्पर्धात्मक...

ग्लोबल आइएमई बैंकको साधारणसभा सम्पन्न, १० प्रतिशत लाभांश पारित

ग्लोबल आइएमई बैंक लिमिटेडको २० औं वार्षिक साधारण सभा...

बलेफी हाइड्रोले खोल्यो इन्भेष्टमेन्ट कम्पनी, २ करोड लगानी गर्ने

बलेफी हाइड्रोपावर लिमिटेडले इन्भेष्टमेन्ट कम्पनी खोलेको छ। बलेफीले बिएचएल...

प्रधानमन्त्री समक्ष महासंघले बुझायो १० बुँदे सुझाव

नेपाल उद्योग वाणिज्य महासंघले सरकारलाई १० बुँदे सुझाव दिएको...

सुनचाँदीको भाउ बढ्यो

आज शुक्रबार सुनचाँदीको भाउ बढेको छ । बिहिबार प्रतितोला...