Monday, July 14, 2025

नेपालभित्र ‘भारतीय ट्रक’को मनपरीः ‘अतिरिक्त सुविधा’ दिइँदा खतरै खतरा

spot_img
spot_img

पौष २६ गते शुक्रबार भारतीय नम्बर प्लेटको मालवाहक गाडी (ट्रक) हिडरहेका बेला गण्डकी प्रदेश अन्तर्गत नवलपूरको दुम्कीबासस्थित विनयी खोला माथिको पुल भत्कियो । एन. एल ०१ ए एच ५१६१ नं. को भारतीय मालबाहक सवारी साधनले ६० टन सामान बोकेर आएको थियो, जसको भार थेग्न नसकी पुल भत्किएको बताइन्छ ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव केशब कुमार शर्माका अनुसार शुक्रबार साँझ ५ः१५ बजे शिवम् सिमेण्ट उद्योगको सामान लिएर आएको ‘ओभरलोडेड’ भारतीय नम्बरको ट्रकका कारण बुटवल–नारायणघाट सडक खण्डको विनयी खोलाको ट्रस पुल भासिएको हो । जसका कारण राती ८ बजे बल्ल अस्थायी डाइभर्सन बनाएर यातायात सूचारु गरियो । तर, रातभरीजसो सर्वसाधारणहरु लामो जाममा फसे ।

भारतीय ट्रकलाई ‘अतिरिक्त सुविधा’ दिइँदा निम्तिएको खतरा

जानकारहरुका अनुसार भारतीय मालबाहक सवारी साधनले नेपालभित्र प्रवेश गर्न स्वतन्त्र रुपमा ७२ घण्टे सुविधा (पास) पाउँछन् । त्यस्ता ट्रकहरुले भार परीक्षण काँटामा जोखिु पर्दैन अर्थात् भार परीक्षणसमेत गराउनु पर्दैन । जबकी, नेपाली नम्बर प्लेटका मालबाहक सवारी साधनले भने विभिन्न ठाउँमा राखिएका भार परीक्षण केन्द्रमा गएर जोखिनु पर्छ । ताकी, सडक र पुलले धान्ने भन्दा बढी वजनको सामान बोक्न नपाउन् ।

तर, भारतीय मालबाहक सवारी साधनले नेपालभित्र स्वतन्त्र र निर्वाध रुपमा चल्नका लागि ७२ घण्टे सुविधा (पास) पाउने र उनीहरुले भार परीक्षण गराउनु नपर्ने भएकाले त्यस्ता ट्रकहरुले नेपालका पुलको अधिकतम् भारबहन क्षमताभन्दा बढी वजनका मालसामान लिएर आउने गरेको यातायात व्यवसायी राष्ट्रिय महासंघका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाको दाबी छ ।

भारतीय मालबाहक सवारी साधनलाई मुलुकका पुल र सडकलाई नै जोखिम हुने गरि यस्ता अतिरिक्त सुविधा दिइनु नै गलत भएको सिटौलाको बुझाई छ । उनले बिजनेश पानासँग कुराकानी गर्दै आफूहरुले पटक पटक सरकार, यातायात तथा भौतिक पूर्वाधार मन्त्रालय, सडक विभाग लगायतका निकायको ध्यानाकर्षण गराउँदा पनि यो प्रावधान पुनरावलोकन नभएको गुनासो पनि गरे । तर, अहिले दुम्कीबासस्थित विनयी खोला माथिको पुल भत्किएपछि महासंघले पटक पटक गराएको ध्यानाकर्षण सही साबित भएको र आगामी दिनमा यस्तो जोखिम आउन नदिन भारतीय मालबाहक गाडीको पनि भार परीक्षणको प्रबन्ध गर्ने व्यवस्था सरकारले मिलाउनुपर्ने उनको भनाइ छ ।

यस्तै, सोही महासंघका महासचिव डेकनाथ गौतमले पनि महासंघको तर्फबाट बिज्ञप्ति जारी गरेरै नेपालका पुल र सडको सुरक्षाका लागि नेपाल सरकारको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र गृह मन्त्रालयले तत्काल भन्सार विन्दुमै सामान लोड अनलोड गर्ने व्यवस्था मिलाउन माग गरेका छन् । यस्तै, भारतीय सवारी साधनलाई तौलपुलमा तौल नगराउँदा यस्ता घटना घट्ने भएको हुँदा नेपाल सरकारले सरोकारवाला सहितको सहभागितामा तत्काल तौलपुल सञ्चालन गर्नुपर्ने पनि महासंघको माग छ ।

के भन्छ सडक विभाग ?

सडक विभागका सहायक प्रवक्तासमेत रहेका इन्जिनियर अमित कुमार शर्माले भारतीय मालबाहक सवारी साधनहरु तौलपूलमा जाँचिनु पर्दैन भन्ने प्रावधान भए जस्तो आफूलाई नलागेको बताएका छन् । यद्यपी, तौलपूल सञ्चालनको काम यातायात व्यवस्था विभागमार्फत हुने भएकाले यससम्बन्धि सबै काम उतैबाट हुने उनको भनाइ छ ।

‘भारतीय ट्रकले तौलपुलमा जोखिनु पर्दैन, नेपाली ट्रकले मात्रै जाँचिनु पर्छ भन्ने प्रावधान सायद छैन होला’ उनले भने, ‘मालबाहक सवारीको भारबहन मापदण्ड बनाउने, कार्यान्वयन गर्ने काम यातायात व्यवस्था विभागको क्षेत्राधिकारभित्र पर्ने कुरा हो, यसबारे आधिकारिक रुपमा उतैबाट बुझ्नु पर्ला ।’

उनले उक्त पुल भाँचिदा (भासिदा) के कति बराबरको क्षति भयो भन्ने जानकारी संकलनका लागि सडक विभाग अन्तर्गतको सम्बन्धित क्षेत्र हेर्ने डिभिजनबाट खटिएको टोलीले विवरण संकलन गरिरहेको र आज/भोलीमै क्षतिको यकिन विवरण आउने पनि बताएका छन् । साथै, अब पुर्ननिर्माण गर्नुपर्दा के कति लागत लाग्छ भन्ने अनुमानित लागतको विवरण समेत साथमै आउने उनको बुझाइ छ ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img

काठमाडौँ महानगरपालिकाले ल्यायो २५ अर्ब ७६ करोडको बजेट

 आगामी आर्थिक वर्ष २०८२/८३ का लागि काठमाडौँ महानगरपालिकाले रु...

बजारमा अधिक तरलता: तर ४ दिनको लागि निक्षेप राख्न बैंकहरु अनिच्छुक

बैंकहरु राष्ट्र बैंकमा ४ दिन अवधिको निक्षेप राख्न अनिच्छुक...

Jayandra’s journey From Mahendranagar to Manhattan

Jayandra Chiluwal, a Nepali actor, originally from Mahendranagar, has...

साउन १ बाट सबै सरकारी भुक्तानी विद्युतीय प्रणालीमार्फत हुनु पर्ने

अर्थ मन्त्रालयले सार्वजनिक निकायबाट हुने सबै प्रकारका भुक्तानीलाई अनिवार्य...

चेम्बरले भन्यो ‘मौद्रिक नीति सकारात्मक र वित्तीय सहजीकरण गर्ने खालको’

नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि...
spot_img