spot_img

बिजुलीमा लाग्दै आएको भ्याट हटाउन लागिएको हो ?

spot_img

संसदबाट बजेट पारित हुँदा सरकारलाई दिने गरिएको कर संशोधन सम्बन्धि विशेष अधिकारको प्रयोग गर्दै मन्त्रिपरिषद बैठकले विद्युत् महसुलमा लाग्दै आएको मूल्य अभिवृद्धि कर (भ्याट) हटाउने तयारी गरेको छ ।

चालु आर्थिक वर्षबाट विद्युतमा भ्याट लगाउन सुरु गरिएको भएपनि आम सर्वसाधारणले नै यसको विरोध गर्दै आएका छन् । विरोध बढिरहेको र अहिले झन भोटेकोशी बाढीका कारण झण्डै ४०० मेगावट विद्युतको उत्पादन नै प्रभावित भएपछि भ्याट हटाउने गृहकार्य सुरु भएको हो । यसका लागि प्रधानमन्त्री बालेन्द्र शाहले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई आवश्यक छलफल गर्न आगामी मन्त्रिपरिषद बैठकमा प्रस्ताव ल्याउन निर्देशन दिएको स्रोतले बताएको छ ।

सोही अनुसार अर्थमन्त्री डा. वाग्लेले आइतबार ऊर्जामन्त्री बिराजभक्त श्रेष्ठसँग छलफल गरेका थिए । उनीहरुबीच विद्युतमा लगाइएको भ्याट तत्काललाई हटाउने सहमति भएको बताइएको छ । बजेटमार्फत बिजुलीमा भ्याट लगाउँदा आफूसँग र मन्त्रालयसँग कुनै छलफल नगरिएको भन्दै ऊर्जामन्त्री श्रेष्ठ अर्थमन्त्रीसँग आक्रोशित भएका थिए । उनले विद्युत महशुल घटाएर भ्याट लगाउने निर्णयको काउण्टर दिने तयारी गरेपछि अर्थमन्त्री वाग्ले अफ्ट्यारोमा परेका थिए ।

ऊर्जामन्त्री श्रेष्ठले प्रधानमन्त्री बालेन्द्र शाहसँग पनि बिजुलीमा लगाइएको भ्याट ब्यवहारिक नभएको भन्दै रिपोर्टिङ गरेका थिए । त्यसपछि प्रधानमन्त्री पनि बिजुलीमा लाग्दै आएको भ्याट हटाउन सकारात्मक भएका हुन् ।

गत साउनबाट घरायसी ग्राहकका लागि विद्युतमा ५ प्रतिशत र औद्योगिक तथा अन्य गैरघरायसी ग्राहकका लागि १३ प्रतिशत भ्याट लाग्दै आएको छ ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

सुनको भाउ घट्यो

आज सोमबार सुनको भाउ घटेको छ । आइतबार प्रतितोला...

बेनी हाइड्रोपावरको आईपीओ बाँडफाँड, ८६ हजार ३ सय २० जनाले पाए शेयर

बेनी हाइड्रोपावर प्रोजेक्ट लिमिटेडले सर्वसाधारणलाई निष्काशन गरेको आईपीओ बाँडफाँड...

गाडीको मूल्य घटेर आउँदा भन्सारलाई तनाव, आयातकर्तालाई हैरानी

विद्युतीय गाडी उत्पादनमा अहिले उत्पादक देशका कम्पनीहरुबीच तीव्र प्रतिस्पर्धा...

टाटाको जोयफुल विकः ४ लाख तिरेर टियागो ईभी घर लैजान पाइने

नेपालका लागि टाटा मोटर्सको आधिकारिक वितरक सिप्रदी ट्रेडिङले नयाँ...

बजाजको निःशुल्क चेकअप क्याम्पः लेबर चार्जदेखि स्पेयर पार्टस् सम्ममा छुटैछुट

चाडपर्वको समय नजिकिँदै गर्दा मोटरसाइकलको नियमित तथा पूर्वसावधानीपूर्ण मर्मतसम्भारलाई...