Monday, July 13, 2026
spot_img

डेडिकेटेड ट्रंकलाइन विवादमा उर्जामन्त्रीको चासोः कुलमानसँग लिए ‘ब्रिफिङ’, उद्योगीलाई पनि बोलाए

spot_img

नवनियुक्त ऊर्जा, जलस्रोत तथा सिँचाईमन्त्री दीपक खड्काले डेडिकेटेड फिडर तथा ट्रंकलाइनबारे नेपाल विद्युत प्राधिकरण र उद्योगीबीच चुलिएको विवादबारे चासो व्यक्त गरेका छन् । उनले प्राधिकरण र उर्जा मन्त्रालयकै अधिकारीहरुबाट यसबारे ‘ब्रिफिङ’ पनि लिएका छन् ।

मन्त्री खड्काले नियुक्त भएलगत्तै प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङसहित मन्त्रालयका कर्मचारीसँग ‘ब्रिफिङ’सहित कागजातसमेत लिएका छन् । कुलमान घिसिङले मन्त्री खड्कालाई डेडिकेटेड फिडर तथा ट्रंकलाइन सम्बन्धी कागजात पनि बुझाएका छन् ।

मन्त्री नियुक्त भएर पदबहाली गर्ने क्रममा नै उनले डेडिकेटेड ट्रंकलाइनको विवाद समाधान गर्ने बताएका थिए । यसै क्रममा उनले सुरुमा मन्त्रालयका कर्मचारी र प्राधिकरणबाट ब्रिफिङ लिएका हुन् । अब मन्त्री खड्काले आज दिउँसो १ बजे उद्योगीहरुसँग छलफल गर्दैछन् । उद्योगीहरुले ‘प्राधिकरणबाट पीडित तथा प्रताडीत उद्योगीहरुको समूह’ नामक ‘फोरम’ बनाएर लाइन काट्ने प्राधिकरणको कदमविरुद्द आलोचना गर्दै आएका छन् । उनीहरुले लाइन काटिएका ५ उद्योगमा तत्काल विद्युत जडान गर्न माग गरेपनि प्राधिकरणले कुनै सुनुवाई नगरेपछि ५९ उद्योगमा आफैँले लाइन काटेका छन् ।

यसरी उद्योगी र नेपाल विद्युत् प्राधिकरणबीच विवाद चुलिएका बेला ऊर्जामन्त्री खड्काले दूबै पक्षसँग छलफल गर्न लागेका हुन् । आज दिउँसो उद्योगीहरुलाई मन्त्रालयमा बोलाएका मन्त्री खड्काले आजको छलफलमा कुलमान घिसिङलाई पनि साथमै राखेर उद्योगीहरुको धारणा सुन्ने तयारी गरेका छन् ।

विद्युत प्राधिकरणले २०७२ माघदेखि २०७५ वैशाखको डेडिकेटेड फिडर तथा ट्रंकलाइनको बक्यौता तिर्न भन्दै असार ९ र १० गते उद्योगीहरुलाई पत्र पठाएको छ । प्राधिकरणले १५ दिनको समय राखेर पत्राचार गरेको भएपनि उद्योगीहरु बक्यौता तिर्न नगएपछि प्राधिकरणले अघिल्लो मंगलबारदेखि लाइन काट्न थालेको छ । प्राधिकरणले रिलायन्स स्पेनिङ मिल्स, घोराही सिमेन्ट, अर्घाखाँची सिमेन्ट, जगदम्बा सिन्थेटिक, हुलास स्टील र जगदम्बा स्टीलको विद्युतको लाइन काटेको छ ।

यसपछि उद्योगीहरुले सरकारले गठन गरेको न्यायिक आयोगको सिफारिस कार्यान्वयन नगरेर प्राधिकरण नेतृत्वले आफूहरुलाई तर्साउने र धम्काउने काम गरेको भन्दै आपत्ति जनाउँदै आएका छन् ।

spot_img
spot_img

- Advertisement -

spot_img
spot_img

जुलाईभरि HONOR 600 र HONOR 600 Pro खरिद गर्दा स्मार्टवाच सित्तैमा

स्मार्टफोन कम्पनी HONOR ले HONOR 600 र HONOR 600...

दूरसञ्चार प्राधिकरणको अध्यक्षमा अर्जुन घिमिरे नियुक्त

नेपाल दूरसञ्चार प्राधिकरणको अध्यक्षमा अर्जुन घिमिरे नियुक्त भएका छन्...

पासपोर्ट व्यवस्थापनमा आजदेखि नयाँ प्रणाली

राहदानी विभागले आजदेखि नयाँ राहदानी उत्पादन तथा व्यवस्थापन प्रणालीमार्फत...

टाइम फर्मास्यूटिकल्स आईपीओ: QII को लागि ५०० देखि ७५० रुपैयाँसम्म हुने गरि मूल्य निर्धारण

टाइम फर्मास्यूटिकल्स लिमिटेडले बुक विल्डिङ्ग बिधि मार्फत निष्काशन हुने...

सर्वोत्तम पेन्ट्सको शेयर डिम्याट गराउन सम्झौता

सर्वोत्तम पेन्ट्स इण्डष्ट्रिज लिमिटेडले निष्काशन गरेको शेयर डिम्याट गराउन...

घट्यो सुनचाँदीको मूल्य

आज सोमबार सुनको भाउ घटेको छ । आइतबार प्रतितोला...
spot_img