Tuesday, March 18, 2025
spot_img
spot_img

डेडिकेटेड ट्रंकलाइन विवादमा उर्जामन्त्रीको चासोः कुलमानसँग लिए ‘ब्रिफिङ’, उद्योगीलाई पनि बोलाए

नवनियुक्त ऊर्जा, जलस्रोत तथा सिँचाईमन्त्री दीपक खड्काले डेडिकेटेड फिडर तथा ट्रंकलाइनबारे नेपाल विद्युत प्राधिकरण र उद्योगीबीच चुलिएको विवादबारे चासो व्यक्त गरेका छन् । उनले प्राधिकरण र उर्जा मन्त्रालयकै अधिकारीहरुबाट यसबारे ‘ब्रिफिङ’ पनि लिएका छन् ।

मन्त्री खड्काले नियुक्त भएलगत्तै प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङसहित मन्त्रालयका कर्मचारीसँग ‘ब्रिफिङ’सहित कागजातसमेत लिएका छन् । कुलमान घिसिङले मन्त्री खड्कालाई डेडिकेटेड फिडर तथा ट्रंकलाइन सम्बन्धी कागजात पनि बुझाएका छन् ।

मन्त्री नियुक्त भएर पदबहाली गर्ने क्रममा नै उनले डेडिकेटेड ट्रंकलाइनको विवाद समाधान गर्ने बताएका थिए । यसै क्रममा उनले सुरुमा मन्त्रालयका कर्मचारी र प्राधिकरणबाट ब्रिफिङ लिएका हुन् । अब मन्त्री खड्काले आज दिउँसो १ बजे उद्योगीहरुसँग छलफल गर्दैछन् । उद्योगीहरुले ‘प्राधिकरणबाट पीडित तथा प्रताडीत उद्योगीहरुको समूह’ नामक ‘फोरम’ बनाएर लाइन काट्ने प्राधिकरणको कदमविरुद्द आलोचना गर्दै आएका छन् । उनीहरुले लाइन काटिएका ५ उद्योगमा तत्काल विद्युत जडान गर्न माग गरेपनि प्राधिकरणले कुनै सुनुवाई नगरेपछि ५९ उद्योगमा आफैँले लाइन काटेका छन् ।

यसरी उद्योगी र नेपाल विद्युत् प्राधिकरणबीच विवाद चुलिएका बेला ऊर्जामन्त्री खड्काले दूबै पक्षसँग छलफल गर्न लागेका हुन् । आज दिउँसो उद्योगीहरुलाई मन्त्रालयमा बोलाएका मन्त्री खड्काले आजको छलफलमा कुलमान घिसिङलाई पनि साथमै राखेर उद्योगीहरुको धारणा सुन्ने तयारी गरेका छन् ।

विद्युत प्राधिकरणले २०७२ माघदेखि २०७५ वैशाखको डेडिकेटेड फिडर तथा ट्रंकलाइनको बक्यौता तिर्न भन्दै असार ९ र १० गते उद्योगीहरुलाई पत्र पठाएको छ । प्राधिकरणले १५ दिनको समय राखेर पत्राचार गरेको भएपनि उद्योगीहरु बक्यौता तिर्न नगएपछि प्राधिकरणले अघिल्लो मंगलबारदेखि लाइन काट्न थालेको छ । प्राधिकरणले रिलायन्स स्पेनिङ मिल्स, घोराही सिमेन्ट, अर्घाखाँची सिमेन्ट, जगदम्बा सिन्थेटिक, हुलास स्टील र जगदम्बा स्टीलको विद्युतको लाइन काटेको छ ।

यसपछि उद्योगीहरुले सरकारले गठन गरेको न्यायिक आयोगको सिफारिस कार्यान्वयन नगरेर प्राधिकरण नेतृत्वले आफूहरुलाई तर्साउने र धम्काउने काम गरेको भन्दै आपत्ति जनाउँदै आएका छन् ।

spot_img

- Advertisement -

spot_img
spot_img

कहाँ जाँदै थिए २५ करोड बराबरका डलर र युरो बोकेर ट्रक चलाइरहेका कुसाङ ?

काठमाडौँको झोरबाट सोमबार राती स्रोत नखुलेको अमेरिकी डलर, युरो...

संसदीय समितिमा सिमेन्ट उद्योगीले सोधे, ‘पटक पटक किन बोलाएको ?’

प्रतिनिधिसभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता...

छिट्टै नेप्सेमा सूचीकृत हुँदै यी १४ कम्पनीको बोनस शेयर, धितोपत्र बोर्डमा दर्ता सम्पन्न

नेपाल धितोपत्र बोर्डमा विभिन्न १४ कम्पनीको बोनस शेयर दर्ता...

पहुँचको नभइ पद्धतिको थिति बसाल्न प्रयत्न गर्छु: नव नियुक्त आइजिपी थापा

नेपाल प्रहरीका प्रहरी महानिरीक्षक (आइजिपी) दीपक थापालाई दज्र्यानी चिन्ह...

बीपी राजमार्ग पुनर्निर्माण गर्न दोस्रो खण्डको ठेक्का आह्वान

बीपी राजमार्ग पुनर्निर्माण गर्न दोस्रो खण्डको ठेक्का आह्वान भएको...

शहरी विकास मन्त्रालयको वित्तीय प्रगति १७.९३ प्रतिशत

शहरी विकास मन्त्रालयले मन्त्रालयअन्तर्गत चालु आर्थिक वर्षमा बोलपत्र आह्वान...
spot_img