Thursday, November 13, 2025
spot_img

डेडिकेटेड–ट्रंकलाइनको बक्यौता विवाद : ५९ उद्योगले आफैँ काटे विद्युत लाइन

spot_img

डेडिकेटेड तथा ट्रंकलाइनको महशुल विवादमा ५९ उद्योगले आफैँ बिजुलीको लाइन काटेका छन् । नेपाल विद्युत प्राधिकरणले असार २५ र २६ गते विभिन्न ६ उद्योगको लाइन काटेपछि उद्योगीले विज्ञप्ति जारी गर्दै तत्काल ति उद्योगमा बिजुली नजोडिएन बाँकी सबै उद्योगको लाइन आफैँले काट्ने चेतावनी दिएका थिए ।

उद्योगीहरुको चेतावनी पश्चात पनि प्राधिकरणले बिजुली नजोडेपछि उद्योगीहरुले आफैँ लाइन काटेका हुन् । डेडिकेटेड–ट्रंकलाइनको बक्यौता विवाद समाधान गर्न सरकारले बनाएको उच्चस्तरीय जाँचबुझ आयोगको सिफारिस कार्यान्वयन गर्ने सरकारको निर्णय मान्न छोडेर प्राधिकरणले उद्योगीलाई तर्साउने र धम्काउने काम गरेको भन्दै उनीहरुले आपत्ति जनाउँदै आएका छन् ।

उद्योगीहरुलाई बिना कारण धम्क्याउने काम प्राधिकरणको नेतृत्वबाट भइरहेको भन्दै उद्योगीहरुले आइतबार एक विज्ञप्ति जारी गर्दै सबै उद्योगमा स्वतःस्फूर्त रूपमा बिजुली कटौती गरिएको जनाएका हुन् ।

उद्योगीहरूले पूर्व न्यायाधीश गिरिशचन्द्र लाल नेतृत्वमा गठित न्यायिक आयोगको सिफारिस कार्यान्वयन नगरी प्राधिरकणले छापामार शैलीमा विद्युत लाइन काटिएको भन्दै विरोध जनाइरहेका छन् ।

उनीहरुले प्रमाणसहित बिल जारी गरेमा महशुल तिर्न तयार रहेको पनि दोहोर्याउँदै आएका छन् ।

spot_img
spot_img

- Advertisement -

spot_img
spot_img

नेप्सेमा बरुण हाइड्रोपावरको हकप्रद शेयर सूचीकृत

नेपाल स्टक एक्सचेन्ज नेप्सेमा बरुण हाइड्रोपावर कम्पनी लिमिटेडले निष्काशन...

४१ प्रतिशतले बढ्यो सारथी केबल इन्डष्ट्रिजको ब्यापार, इबिटा मार्जिन ५ वर्ष कै उच्च

सारथी केबल इन्डष्ट्रिजले आर्थिक वर्ष २०८१/८२ मा ५४ करोड...

अमेरिकी सरकारको इतिहास कै लामो शटडाउन अन्त्य

अमेरिकी इतिहासको सबैभन्दा लामो संघीय सरकारी बन्द (शटडाउन) आज...

राष्ट्रिय परिचयपत्र भएकाले अनलाइनबाटै मतदाता नामावलीमा नाम दर्ता गर्न पाउने

अब राष्ट्रिय परिचयपत्र भएकाले घर मै बसेर अनलाइनबाटै मतदाता...

सन् २०२६ मा नेपालको आर्थिक वृद्धिदर २.१ प्रतिशतमा झर्ने विश्वबैंकको प्रक्षेपण

विश्व बैंकले नेपालको आर्थिक वृद्धि सन् २०२५ मा चार...

जाँचबुझ आयोगले निवर्तमान आईजीपी खापुङलाई विदेश भ्रमणमा लगायो रोक

भाद्र २३ र २४ को घटना सम्बन्धी जाँचबुझ आयोगले...
spot_img
spot_img
spot_img