Tuesday, August 18, 2026
spot_img

डेडिकेटेड–ट्रंकलाइनको बक्यौता विवाद : ५९ उद्योगले आफैँ काटे विद्युत लाइन

spot_img

डेडिकेटेड तथा ट्रंकलाइनको महशुल विवादमा ५९ उद्योगले आफैँ बिजुलीको लाइन काटेका छन् । नेपाल विद्युत प्राधिकरणले असार २५ र २६ गते विभिन्न ६ उद्योगको लाइन काटेपछि उद्योगीले विज्ञप्ति जारी गर्दै तत्काल ति उद्योगमा बिजुली नजोडिएन बाँकी सबै उद्योगको लाइन आफैँले काट्ने चेतावनी दिएका थिए ।

उद्योगीहरुको चेतावनी पश्चात पनि प्राधिकरणले बिजुली नजोडेपछि उद्योगीहरुले आफैँ लाइन काटेका हुन् । डेडिकेटेड–ट्रंकलाइनको बक्यौता विवाद समाधान गर्न सरकारले बनाएको उच्चस्तरीय जाँचबुझ आयोगको सिफारिस कार्यान्वयन गर्ने सरकारको निर्णय मान्न छोडेर प्राधिकरणले उद्योगीलाई तर्साउने र धम्काउने काम गरेको भन्दै उनीहरुले आपत्ति जनाउँदै आएका छन् ।

उद्योगीहरुलाई बिना कारण धम्क्याउने काम प्राधिकरणको नेतृत्वबाट भइरहेको भन्दै उद्योगीहरुले आइतबार एक विज्ञप्ति जारी गर्दै सबै उद्योगमा स्वतःस्फूर्त रूपमा बिजुली कटौती गरिएको जनाएका हुन् ।

उद्योगीहरूले पूर्व न्यायाधीश गिरिशचन्द्र लाल नेतृत्वमा गठित न्यायिक आयोगको सिफारिस कार्यान्वयन नगरी प्राधिरकणले छापामार शैलीमा विद्युत लाइन काटिएको भन्दै विरोध जनाइरहेका छन् ।

उनीहरुले प्रमाणसहित बिल जारी गरेमा महशुल तिर्न तयार रहेको पनि दोहोर्याउँदै आएका छन् ।

spot_img
spot_img

- Advertisement -

spot_img
spot_img

महासंघ अध्यक्ष श्रेष्ठ र संयुक्त राष्ट्रसंघका नेपालस्थित आवासीय संयोजकबीच भेटवार्ता

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठ र संयुक्त...

पर्यटन र पूर्वाधार विकासले स्थानीय स्तरमै रोजगारी सिर्जना गर्छः ढकाल

नेपाल उद्योग वाणिज्य महासङ्घका निवर्तमान अध्यक्ष तथा आईएमई ग्रुपका...

राष्ट्रिय गौरवका सिँचाइ आयोजना ५ वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले राष्ट्रिय गौरवका सिँचाइ आयोजनाको...

नेपाल एसबिआई बैंकको सीएसआर कार्यक्रम: सुरक्षा, स्वास्थ्य तथा शिक्षामा सहयोग

नेपाल एसबिआई बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम...

क्लोज आउटमा परेर शेयर लगानीकर्ताले २ वर्ष मै तिरे साढे २२ करोड जरिवाना, जोगिने कसरी ?

क्लोज आउटमा परेर शेयर लगानीकर्ताले पछिल्लो २ आर्थिक वर्षमा...

ग्यास अभावको स्थायी समाधानः एउटा परिवारलाई २ सिलिण्डरको सीमा तोक्न कति सम्भव ?

अहिले काठमाडौँसहित देशभरी नै उपभोक्ताले सजिलै ग्यास पाउन सकेका...
spot_img