spot_img

एक साथ दुई वटा ठूला जलविद्युत आयोजना अघि बढाउँदै बिजबेल, ईआईए तयार

spot_img

लगानी कम्पनी बिजबेल लिमिटेडले एक साथ दुई वटा जलविद्युत आयोजना अघि बढाएको छ । कम्पनीले नेपाल पोर्टफोलियो इनर्जी मार्फत ११०.२० मेगावाट क्षमताको अपर चुवा लुरुप्पा अर्धजलाशययुक्त जलविद्युत आयोजना र बिजबेल इनर्जी मार्फत ९८.१७ मेगावाट क्षमताको चुवा खोला क्यासकेड जलविद्युत आयोजना अघि बढाएको हो।

यी दुवै आयोजनाको वातारणीय प्रभाव मुल्यांकन प्रतिवेदन (EIA) तयार भएको छ। वन तथा वातावरण मन्त्रालयले ति प्रतिवेदनमा कुनै राय सुझाव भएमा ७ दिन भित्र पठाउन आग्रह गरेको छ। प्रतिवेदन स्वीकृत गर्ने क्रममा यसरी प्राप्त हुने राय सुझावलाई समेटिने मन्त्रालयले जनाएको छ।

कुन आयोजना कस्तो ?

अपर चुवा लुरुप्पा अर्धजलाशययुक्त जलविद्युत आयोजना

यो आयोजना कर्णाली जिल्लाको हुम्ला जिल्लामा पर्छ।  यो आयोजनाले चुवाखोला र लुरप्या खोलाको पानी प्रयोग गर्छ । चुवा खोलाको जलाप्रवाह अनुपात केही ठुलो छ भने लुरप्याको सानो छ । चुवा र लुरुप्या खोलाको पानी अलग अलग सुरुङहरू / पाइपबाट पथान्तरण गरी ५८ मिटर अग्लो र १० मिटर व्यास रहेको संयुक्त सर्ज साफ्टमा मिसाइने र सोही पानी विद्युतगृहमा लगी टर्वाइनमा ठक्कर दिई विद्युत निकाल्ने गरी यसको डिजाइन भएको छ ।

यसरी बन्ने जलाशय र यसको हेडवर्क्स, बाँध, टनेल, हेडरेस पाइप तथा सर्ज साफ्ट लगायत सबै संरचनाहरू सिमकोट-१ र खार्पुनाथ – ५ भित्र रहेका चुवा र लुरुप्या खोलाको दायाँ बायाँ नै रहेका छन् । यसका लागि अलग अलग बनाइने हेडवर्क्सहरू हुम्लाको सिमकोट गा.पा. १ र खार्पुनाथ – ५ मा रहेका छन् भने विद्युत गृह पनि सोही वडाको मुग्रिक भन्ने स्थानमा चुवा र लुरुप्या खोलाको संगम स्थलभन्दा केही माथि रहनेछ । त्यसरी नै आयोजनाका लागि आवश्यक रहेका कार्यालय भवन, कामदार शिविर, क्रसर प्लान्ट, उत्खनन स्थल, उपकरण स्थल समेत र अन्य भौतिक संरचना जस्तै हेडरेस, सर्ज साफ्ट, टनेल, पेनस्टक, अडिट, साइफन र विद्युत गृह आदिको निर्माणस्थल पनि उक्त दुई वडामा नै रहनेछन् । यस आयोजनाले हुम्ला जिल्लाको सिमकोट र खार्पुनाथ गाउँपालिकाहरूका भूभाग प्रभावित गर्छ ।

आयोजना चुवा र लुरुप्या खोलाको पानी सञ्चय हुनेगरी बन्ने अर्ध जलाशय एवं पिकिङ रनअफ प्रकृतिको हो जसको क्षमता ११० २० मेगावाट रहनुका साथै वार्षिक ऊर्जा उत्पादन ६१७.२८ गिगावाट आवर रहेको छ । यसको औसत डिजाइन डिस्चार्ज (पीओइ ३२) ३३ घनमिटर प्रति सेकेन्ड रहेको छ। प्रस्तावित आयोजनाले कुल जम्पा २१.२७० हेक्टर जमिन ओगट्छ । जसमा राष्ट्रिय वन क्षेत्र १८.१३४ हेक्टर र निजी जग्गा ३.१३६ हेक्टर प्रयोग हुने देखिन्छ । आयोजना निर्माणको लागि १७०.१३ मिलियन डलर लाग्ने प्रारम्भिक अनुमान गरिएको छ ।

चुवा खोला क्यासकेड जलविद्युत आयोजना

यो आयोजना कर्णाली जिल्लाको हुम्ला जिल्लामा पर्छ।  यो आयोजना माथिल्लो चुवा लुरप्या खोला अर्ध जलाशययुक्त जलविद्युत (११०.२ मे.वा.) को विद्युत गृहबाट निस्कने ३३ घनमिटर प्रति सेकेन्ड डिस्चार्ज पानी प्रयोग गर्नेगरी क्यास्केड आयोजनाका रूपमा डिजाइन गरिएको छ । यसको इन्टेक र हेडपन्ड संरचना सिमकोट गापा–१ मा पर्छ भने हेडवर्क्स, अडिट, सर्ज साफ्ट, पेनस्टक र विद्युत गृह खार्पुनाथ गापा- ५ मा रहनेछ । त्यसरी नै आयोजनाका लागि आवश्यक रहेका कार्यालय भवन, कामदार शिविर, बेचिंग मेसिन – क्रसर प्लान्ट, उपकरण स्थल समेत रहनेछन् ।

यस आयोजनाले हुम्ला जिल्लाको सिमकोट र खार्पुनाथ गाउँपालिकाहरूका भूभाग प्रभावित गर्छ। यो आयोजना क्यास्केड प्रकृतिको हो जसको क्षमता ९८.१७ मेगावाट रहनुको साथै वार्षिक ऊर्जा उत्पादन ५५३.०९ गिगावाट आवर रहेको छ । यसको औसत डिजाइन डिस्चार्ज ३३ घनमिटर प्रति सेकेन्ड रहेको छ प्रस्तावित आयोजनाले कुल जम्मा ११.५५९ हेक्टर क्षेत्रफल जमिन ओगट्छ । जसमा राष्ट्रिय वन क्षेत्र ६.५८५ हेक्टर र निजी जग्गा ४.९७४ हेक्टर प्रयोग हुने देखिन्छ । आयोजना निर्माणको लागि १३२.७२ मिलियन डलर लाग्ने अनुमान गरिएको छ ।

सन् २०१४ मा स्थापना भएको बिजबेल लिमिटेड नवीकरणीय ऊर्जा क्षेत्रको अग्रणी कम्पनी हो। कम्पनीसँग १,००० मेगावाटको नवीकरणीय ऊर्जा परियोजनाहरूको पोर्टफोलियो छ। यस कम्पनीले आईपीओ निष्काशनको लागि प्रभु क्यापिटलसँग सम्झौता पनि गरिसकेको छ।

बिजबेल अन्तराष्ट्रिय हाइड्रोपावर एसोसिएसनको सदस्य पनि हो । बिजबेलका संस्थापक सुशील पोखरेल हाल अन्तराष्ट्रिय हाइड्रोपावर एसोसिएसनका उपाध्यक्ष छन् ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

बिजुलीमा लाग्दै आएको भ्याट हटाउन लागिएको हो ?

संसदबाट बजेट पारित हुँदा सरकारलाई दिने गरिएको कर संशोधन...

सुनको भाउ घट्यो

आज सोमबार सुनको भाउ घटेको छ । आइतबार प्रतितोला...

बेनी हाइड्रोपावरको आईपीओ बाँडफाँड, ८६ हजार ३ सय २० जनाले पाए शेयर

बेनी हाइड्रोपावर प्रोजेक्ट लिमिटेडले सर्वसाधारणलाई निष्काशन गरेको आईपीओ बाँडफाँड...

गाडीको मूल्य घटेर आउँदा भन्सारलाई तनाव, आयातकर्तालाई हैरानी

विद्युतीय गाडी उत्पादनमा अहिले उत्पादक देशका कम्पनीहरुबीच तीव्र प्रतिस्पर्धा...

टाटाको जोयफुल विकः ४ लाख तिरेर टियागो ईभी घर लैजान पाइने

नेपालका लागि टाटा मोटर्सको आधिकारिक वितरक सिप्रदी ट्रेडिङले नयाँ...