Friday, June 26, 2026
spot_img

  कामना सेवा विकास बैकद्धारा दुर्गा माविलाई कुलर तथा ब्रेल पेपर हस्तान्तरण

spot_img
spot_img

कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत शाखा कार्यालय बिर्तामोड मार्फत बिर्तामोड नगरपालिका ०९, झापा, स्थित श्री दुर्गा माध्यमिक विद्यालयलाई कुलर तथा ब्रेल पेपर हस्तान्तरण गरेको छ । बैंकका कोशी प्रदेश प्रमुख खिम लाल भुसालले श्री दुर्गा माध्यमिक विद्यालयका प्रधानाध्यापक लक्ष्मण सापकोटालाई कुलर तथा ब्रेल पेपर हस्तान्तरण गरेका हुन् ।

विद्यालयको दृष्टिविहीन छात्रावासका लागि आवश्यक सामग्री उपलब्ध गराउने उद्देश्यले बैंकले उक्त सहयोग प्रदान गरेको हो । कुलरले गर्र्मी मौसममा छात्रावासभित्रको तापक्रमलाई सहज बनाई दृष्टिविहीन विद्यार्थीहरूलाई आरामदायी वातावरणमा बस्न तथा अध्ययन गर्न सहयोग पु¥याउने र ब्रेल पेपर दृष्टिविहीन विद्यार्र्थीहरूको पठनपाठनका लागि अत्यावश्यक शैक्षिक सामग्री भएकाले यसले विद्यार्थीहरूको सिकाइ प्रक्रियालाई थप प्रभावकारी र गुणस्तरीय बनाउन महत्वपूर्ण योगदान पु¥याउने अपेक्षा गरिएको बैंकले जनाएको छ।

विद्यालयका प्रधानाध्यापक सापकोटाले बैंकबाट प्राप्त सहयोगप्रति आभार व्यक्त गर्दै यस सहयोगले दृष्टिविहीन विद्यार्र्थीहरूको अध्ययन तथा छात्रावास व्यवस्थापनमा महत्वपूर्ण सहयोग पुग्ने विश्वास व्यक्त गरे।

कार्यक्रममा बोल्दै बैंकका कोशी प्रदेश प्रमुख भुसालले शिक्षा क्षेत्रको विकास तथा समुदायको आवश्यकता सम्बोधन गर्ने उद्देश्यले बैंकले विभिन्न सामाजिक उत्तरदायित्वका कार्यक्रमहरू सञ्चालन गर्दै आएको बताए । उनले आगामी दिनमा पनि यस्ता कार्यक्रमहरूलाई निरन्तरता दिइने प्रतिबद्धता व्यक्त गरे।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

ट्राफिक नियम उलङ्घन गर्नेलाई १ लाखसम्म जरिवाना प्रस्ताव, पैदल यात्रीलाई पनि ‘आर्थिक कारबाही’

सरकारले ट्राफिक नियम उलङ्घनमा ब्यापक जरिवाना तिराउने प्रस्तावसहित कानूनको...

कुमारी बैंकका ग्राहकलाई नेसनल प्याथ ल्याबमा छुट

कुमारी बैंक लिमिटेडका ग्राहकलाई नेसनल प्याथ ल्याब एण्ड रिसर्च...

मर्ज भए पोखरा र समृद्धि फाइनान्स, असार २६ गतेबाट एकिकृत कारोबार

पोखरा फाइनान्स लिमिटेड र समृद्धि फाइनान्स कम्पनी लिमिटेड एक...

समृद्ध सुदूरपश्चिमको आधार बन्दै जालपादेवी केबलकार

माथिबाट बग्दै आएको नेपालकै लामो कर्णाली नदी जब कैलालीको...

ओम मेगाश्री फर्मास्युटिकल्सले बोलायो विशेष साधारणसभा, यस्ता छन् ८ प्रस्ताव

ओम मेगाश्री फर्मास्युटिकल्स लिमिटेडले विशेष साधारणसभा आह्वान गरेको छ।...

रास्वपाको केन्द्रीय सदस्यमा सर्वाधिक मत ल्याएका अर्थमन्त्री डा. वाग्ले उपसभापतिमा निर्विरोध

राष्ट्रिय स्वतन्त्र पार्टीको उपसभापतिमा डा. स्वर्णिम वाग्ले निर्विरोध निर्वाचित...
spot_img