Monday, May 4, 2026
spot_img
spot_img

सिटिजन्स बैंक बन्यो NCHL को EFT member अन्तर्गत NepalPay Card जारी गर्ने पहिलो बैंक

spot_img
spot_img

सिटिजन्स बैंक र नेपाल क्लियरिङ हाउस (NCHL) बीच NPS – National Card Switch अन्र्तगत Domestic Card Scheme, EFT Switch मार्फत NepalPay Card संचालनका लागि सम्झौता भएको छ ।

सो सम्झौता पत्रमा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत गणेश राज पोखरेल र NCHL का तर्फबाट प्रमुख कार्यकारी अधिकृत नीलेशमान सिंह प्रधानले हस्ताक्षर गरेका छन् । यस सम्झौता अन्तर्गत सिटिजन्स बैंक NCHL को EFT (Electronic Fund Transfer) Members भित्र NepalPay Card जारी गर्ने पहिलो बैंक भएको छ ।

यस पश्चात सिटिजन्स बैंकको ATM तथा POS Terminal हरुमा NepalPay Card का साथै Discover, Diners, Pulse जस्ता International Card हरु पनि स्वीकार्य हुनेछन् । यससंगै बैंकका ग्राहकहरुले छिट्टै नै NCHL द्धारा जारी गरिने नेपालको आफ्नै कार्ड स्किम NepalPay Card पनि प्राप्त गर्न सक्नेछन् ।

“वश्वकै प्रतिष्ठित अवार्ड बैंक अफ द ईयर २०२४ र २०२५ को उपाधि प्राप्त गर्न सफल भएको बैंकले यसअघि नै फोनपेसँगको सहकार्यमा नेपालमै पहिलो पटक “सिटिजन्स फोनपे क्रेडिट कार्ड” भर्चुअल क्रेडिट कार्ड सञ्चालनमा ल्याएको छ ।

हालसालै बैंकले नवयुवा लक्षित बचत खाता “सिटिजन्स जेन–जी सेभिङ्ग अकाउन्ट” र “सिटिजन्स डिजी बैंक सेवा” नामक एकीकृत अनलाइन प्लेटफर्म सञ्चालनमा ल्याएको छ । फ्रिलान्सरहरूलाई लक्षित गरी विशेष “फ्रिलान्सर सेविङ्ज अकाउन्ट” नामक नयाँ बचत खाता पनि बैंकले सुरु गरेको छ ।

साथै नेपालमै पहिलो पटक मोबाइल बैंकिङ एप मार्फत नै शेयर आवेदन र सी.आर.एन् नम्बर सेवा लिन सकिने सुबिधा लगायत क्रस बैंक टेलर सुविधा जसमा अन्य बैंकका ग्राहकले सिटिजन्स बैंकको शाखाबाट टेलर क्यू आर स्क्यान गरी नगद प्राप्त गर्न सकिने समेत ल्याएको छ ।

सिटिजन्स बैंकले हाल ६१ जिल्लामा फैलिएका आफ्ना २०० वटा शाखा, १६९ वटा ए.टि.एम., ३ विस्तारित काउन्टर र ४२ वटा शाखा रहित बैंकिङ्ग ईकाइहरुबाट सेवा दिँदै आएको छ ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

स्वतः पदमुक्त भए २०८२ चैत १२ गते अगाडि सार्वजनिक निकायमा नियुक्त पदाधिकारीहरु

विसं २०८२ चैत १२ गते अगाडि सार्वजनिक निकायमा नियुक्त...

शेयरबजारमा Market Manipulation वा Insider Trading गर्नेलाई अब सम्पत्ति शुद्धीकरण मुद्दा

राष्ट्रपति रामचन्द्र पौडेलले वैशाख १८ गते सम्पत्ति शुद्धीकरण (मनी...

आह्वान भइसकेको संसद अधिवेशन स्थगन गरेर ४ दिनमा ७ वटा अध्यादेश जारी, एउटा फिर्ता

आह्वान भईसकेको संसद अधिवेशन स्थगित गरेर सरकारले धमाधम अध्यादेश...

राष्ट्रपतिद्वारा अर्को एउटा अध्यादेश जारी, संवैधानिक परिषद् अध्यादेश भने फिर्ता

राष्‍ट्रपति रामचन्द्र पौडेलले केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश,...

उद्योगी–व्यवसायीलाई बोलाएर रवि लामिछाने भने ‘नडराउनोस् नआत्तिनोस्’

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले उद्योगी–व्यवसायीलाई...

१५९४ जना पदमुक्त हुँदै: विद्युत प्राधिकरण, नियमन आयोग, बीमा र धितोपत्र बोर्ड पनि परे

सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रबार ‘सार्वजनिक पदाधिकारीको पदमुक्तसम्बन्धी...
spot_img