spot_img

सिटिजन्स बैंकको “मधेश लिडरसिपः ड्राइभिङ्ग पर्फरमेन्स एण्ड अचिभिङ गोल्स” सम्बन्धी सेमिनार सम्पन्न

spot_img

सिटिजन्स बैंकले मधेश प्रदेशमा आफ्ना शाखा–प्रबन्धक तथा अन्य कर्मचारीमाझ “मधेश लिडरसिपः ड्राइभिङ्ग पर्फरमेन्स एण्ड अचिभिङ गोल्स”सम्बन्धी सेमिनार आयोजना गरेको छ ।

सो सेमिनार बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेल, उप–प्रमुख कार्यकारी अधिकृत र वरिष्ठ कार्यकारीहरूका उपस्थितिमा सम्पन्न भएको छ । सेमिनारमा चालु आर्थिक वर्षका स्थानीय प्राथमिकताहरूमा सहमति जुटाउँदै केन्द्र र प्रदेशबीच सहकार्य सुदृढ गर्ने विषयमा छलफल भएको छ ।

मधेश केन्द्रित भएको यो कार्यक्रम जस्तै अन्य प्रदेशमा पनि प्रदेश स्तरमा कार्यक्रम गरिने योजना रहेको बैंकले जनाएको छ ।

सिटिजन्स बैंकले आर्थिक वर्ष २०८१/०८२ को असार मसान्तसम्म कर्जा, निक्षेप, खुद ब्याज आम्दानी जस्ता सूचकमा दोहोरो अंकको वृद्धि गर्दै कोषको लागत घटाउने, बेस रेट कम गर्ने तथा कर्जा जोखिम व्यवस्थापनमा उल्लेखनीय सुधार गर्ने सफलता हासिल गरेको छ ।

अवधिभरमा बैंककोे कर्जा प्रवाहमा ११.१५ प्रतिशत वृद्धि बढ्दै १ खर्ब ७५ अर्ब १६ करोड रुपैयाँ पुगेको छ । यस अघि २०८०/८१ को असार मसान्तमा यो रकम १ खर्ब ५७ अर्ब ५८ करोड रुपैयाँ थियो । निक्षेप संकलनमा पनि ११.६९ प्रतिशतको वृद्धि भएको छ, जसले कुल २ खर्ब १४ अर्ब ८ करोड रुपैयाँको निक्षेप संकलन पुर्याएको छ । यो अघिल्लो वर्षको तुलनामा करिब २२ अर्ब रुपैयाँ बढी हो ।

खुद व्याज आम्दानीमा ११.२० प्रतिशतको वृद्धि हुँदै यो रकम ६ अर्ब ३६ करोड रुपैयाँ पुगेको छ । कर्जा–निक्षेप अनुपात (सीडी रेसियो) ८१.९१ प्रतिशत रहेको छ, जसले बैंकको तरलता व्यवस्थापन सन्तुलित भएको देखाउँछ । यस अवधिमा सम्पत्ति प्रतिफल दर ०.५५ प्रतिशत र पुँजी प्रतिफल दर ५.८१ प्रतिशत कायम भएको छ ।

बैंक अफ द ईयर अवार्ढ २०२४ को उपाधि समेत पाएको यस बैंकले केही समय अघि मात्र फोनपेसँगको सहकार्यमा नेपालमै पहिलो पटक “सिटिजन्स फोनपे क्रेडिट कार्ड” भर्चुअल क्रेडिट कार्ड सञ्चालनमा ल्याएको छ । साथै नेपालमै पहिलो पटक मोबाइल बैंकिङ एप मार्फत नै शेयर आवेदन र सीआरएन नम्बर सेवा लिन सकिने सुबिधा पनि ल्याएको छ ।

सिटिजन्स बैंकले हाल देशैभरी ६१ जिल्लामा रहेका २०० शाखा, १६९ ए.टि.एम., ३ विस्तारित काउन्टर र ७४ शाखा रहित बैंकिङ्ग ईकाइहरुबाट सेवा दिँदै आएको छ ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

प्रधानमन्त्री समक्ष महासंघले बुझायो १० बुँदे सुझाव

नेपाल उद्योग वाणिज्य महासंघले सरकारलाई १० बुँदे सुझाव दिएको...

सुनचाँदीको भाउ बढ्यो

आज शुक्रबार सुनचाँदीको भाउ बढेको छ । बिहिबार प्रतितोला...

दशैँ लक्षित सुपथ पसलः कुन वस्तुमा कति छुट ?

दशैं, तिहार र छठ पर्वलाई लक्षित गरी सुपथ मूल्य...

आईआईएफटीको ‘स्पेस एण्ड डिजाइन एक्स्पो’ आयोजना हुँदै

आईआईएफटी स्कुल अफ फेसन एण्ड इन्टेरियर डिजाइनको आयोजनामा इन्टेरियर...

नाघ्यो असोज १५ को भाखा, आज आईपीओ निष्काशनको अनुमति दिँदै धितोपत्र बोर्ड

नेपाल धितोपत्र बोर्डका अध्यक्ष डा. गोपाल प्रसाद भट्टले एक...

HONOR Choice T10 Lands in Nepal with AI Translation and 5,000mAh Battery

Smart communication meets everyday convenience with the all-new HONOR...