Friday, July 10, 2026
spot_img

गौतमबुद्ध अन्तर्राष्ट्रिय एयरपोर्टको दुःखः फेरि रोकिँदै उडान, रनभूल्लमा व्यवसायी

spot_img

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट हुँदै आएको उडान रोकिने क्रम सुरु भएको छ । काठमाडौँस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल स्तरोन्नतिको काम सुरु भएसँगै विमानस्थल दैनिक १० घण्टा बन्द भएपछि भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान हुँदै आएको थियो । तर, एयरलाइन्सहरुले यात्रु नपाएको र घाटा ब्यहोर्नु परेको भन्दै उडान रोक्न सुरु गरेका छन् ।

खाली जहाज उडाउँदा घाटा ब्यहोर्नु परेको भन्दै कतार एयरवेजले भैरहवाबाट जहाज उडाउन छोडिसकेको छ । दोहाबाट भैरहवा उडान गर्दै आएको कतार एयरवेजले उडान रोकेको एक हप्ता भइसकेको छ ।

यस्तै, दुबईबाट आउने फ्लाई दुबई र बैंककबाट आउने एयर एसियाले पनि उडान रोक्ने जानकारी सहितको पत्र विमानस्थल कार्यालयलाई पठाइसकेको छ । अब यस विमानस्थलबाट उडान गर्ने अन्तर्राष्ट्रिय एयरलाइन्स कम्पनीमा नेपालको राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम र कुवेतको जजिरा एयर मात्रै बाँकी हुने भएका छन् ।

किन उडान रोक्न थाले एयरलाइन्स कम्पनी ?

कतार एयरले हप्ता दिन अघि यात्रु नपाएको भन्दै उडान रोक्यो । थप दुइ एयरलाइन्सहरु फ्लाई दुबई र एयर एसियाले पनि यहीँ कारण देखाएर बुधबार विमानस्थल कार्यालयलाई पत्र लेख्दै उडान रोक्ने तयारी गरेका छन् ।

उनीहरुले श्रम स्वीकृति, भिसा, कार्गो, श्रमिकको मेडिकल जाँच, क्वारेन्टाइन जस्ता सेवा उपलब्ध नहुँदा यात्रु पाउन नसकिएको जनाएका छन् । उल्लेखित सेवाका लागि श्रमिक तथा व्यवसायीलाई काठमाडौँ नै पुग्नुपर्ने भएकाले काठमाडौँ पुगेका यात्रुहरु श्रम गन्तव्यमा जान पुनः भैरहवा नफर्किने भएकाले यात्रु पाउन नसकिएको एयरलाइन्स कम्पनीका जीएसए (जनरल सेल्स एजेन्ट)हरु बताउँछन् ।

‘श्रम स्वीकृति, कार्गो, भिसा सेवा, मेडिकल जाँच जस्ता सेवाहरु भैरहवामा छैनन्, यसका लागि श्रमिक तथा व्यवसायीहरु काठमाडौँ नै आउनुपर्ने (जानुपर्ने) बाध्यता छ’ एक कम्पनीको जिएसए रहेको ट्राभल कम्पनीले भन्यो, ‘यसकारण अहिलेकै अवस्थामा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित उडान गर्न सकिँदैन भन्ने एयरलाइन्स कम्पनीहरुको गुनासो छ, यसै ब्यहोरासहितको पत्र एयरलाइन्समार्फत विमानस्थल कार्यालयमा बुझाइएको छ ।’

तर, एयर एसियाको जिएसए रहेको युनिभर्सल ट्राभल्सका जीएम नवराज शाहीले भने यसबारे आफूलाई कुनै जानकारी नरहेको बताएका छन् । ‘यो कुराको नोटिस मलाई आइसकेको छैन’ उनले भने ।

विमानस्थल स्रोतले भने कतार एयरवेजले उडान रोकेको र अरु दुइ एयरलाइन्स कम्पनीले पनि गौतमबुद्ध विमानस्थलबाट हालकै अवस्थामा नियमित उडान गर्न नसक्ने बेहोरासहितको पत्र दर्ता गराएको तर, कहिलेबाट उडान रोक्ने भन्ने जानकारी नगराएको बताएको छ ।

निराश भए भैरहवाबासी, रनभूल्लमा व्यवसायी

काठमाडौँ विमानस्थल स्तरोन्नति सुरु भएसँगै भैरहवाबाट एकैसाथ ५ एयरलाइन्स कम्पनीहरुले अन्तर्राष्ट्रिय गन्तव्यमा उडान गर्न थालेका थिए । यसबाट अर्बौ रुपैयाँ लगानी गरेका होटल तथा पर्यटन व्यवसायीहरु खुशी भएका थिए ।

तर, ५ मध्ये एउटाले उडान रोकिसकेको छ भने थप दुइ एयरलाइन्सले पनि उडान नगर्ने जानकारी गराएपछि भैरहवामा लगानी गरेका व्यवसायीहरु निराश भएका छन् । सो क्षेत्रका स्थानीयहरु पनि निराश देखिएका छन् ।

सिद्धार्थनगर उद्योग वाणिज्य संघका एक जना पदाधिकारीका अनुसार एयरपोर्ट निर्माण भएपछि होटल तथा पर्यटनसहित अन्य व्यवसायिक क्षेत्र चलायमान हुन्छ भन्ने आशामा सो क्षेत्रमा व्यवसायीहरुले अर्बौ लगानी गरेका छन् । गत महिनाबाट विमानस्थलबाट नियमित अन्तर्राष्ट्रिय हुन थालेपछि केही आशा पलाएको भएपनि अहिले त्यो आशा निराशामा परिणत भएको उनको गुनासो छ ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img

साउनदेखि UDIN नम्बर अडिटरको मोबाइलमा मात्र आउने, इमेल सेवा बन्द

आगामी साउनदेखि अडिटरहरुले लिनु पर्ने Unique Document Identification Number...

आयल निगमको कार्यकारी निर्देशकका लागि ६ जनाको नाम सर्टलिस्ट

नेपाल आयल निगम लिमिटेडको कार्यकारी निर्देशक पदका लागि ६...

खोटाङदेखि भारतीय शेयरबजारसम्मको यात्रा, दीप जङ्ग थापाको कम्पनी BSE मा सूचीकृत

नेपाली उद्यमी दीपजंग थापा सह-संस्थापक रहेको आर्टिफिशल इन्टेलिजन्स (एआई)...

सिबिफिनले भन्यो, ‘मौद्रिक नीति सन्तुलित, केही महत्वपूर्ण सुझाव भने समेटिएनन्’

बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन)ले नेपाल राष्ट्र...

नाइमा मोबिलिटी एक्स्पोः यी हुन् ५१ स्टलमा रहने ब्राण्ड, कति छन् नयाँ लन्च ?

नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) ले आयोजना...

सेबोनले भन्यो ‘अर्को सातासम्म पुँजीबजार विकास मार्गचित्र आउँछ, सुझबुझपूर्वक लगानी गर्नु’

नेपाल धितोपत्र बोर्डले आगामी साता सम्ममा पुँजी बजार विकास...
spot_img