भोटकोशी बाढीका कारण जनजीवन अस्तव्यस्त भएपछि निजी क्षेत्रको हेलिकप्टर सेवा प्रदायक सिम्रिक एयरले दिनभरी उद्दार उडान सञ्चालन गरेको छ । कम्पनीले बुधबार बिहान करिब ११ः३० बजेदेखि दिनभरी नै उद्दार उडान गरेको हो ।
कम्पनीका अनुसार उद्दार तथा उद्दारमा खटिने जनशक्तिलाई सेवा दिनका लागि दुइ वटा हेलिकप्टर परिचालन गरिएको थियो ।
कम्पनीका महाप्रबन्धक मुरलीधर जोशीका अनुसार बिहिबार पनि सिम्रिक एयरले उद्दार उडान सञ्चालन गर्नेछ । अहिले पनि एउटा हेलिकप्टर विपदग्रस्त क्षेत्रमै बसेको छ ।











