नेपाल धितोपत्र बोर्डले मुक्तिनाथ क्यापिटललाइ नयाँ म्युचुअल फण्डको इकाई निष्काशन गर्न अनुमति दिएको छ। बोर्डले क्यापिटललाई मुक्तिनाथ म्युचुअल फण्ड २ नामको बन्दमुखी म्युचुअल फण्ड योजना संचालनको लागि अनुमति दिएको हो ।
यस फण्डको आकार १ अर्ब रहेको छ। फण्ड अन्तर्गत १० रुपैयाँ प्रति इकाईका १० करोड इकाई निष्काशन हुनेछ। फण्डको अवधि १० वर्षको रहेको छ ।











