Thursday, July 30, 2026
spot_img

सब्रिना होटेलको रेटिङमा देखियो सुधार,  लागतको ५७ प्रतिशत रकम इक्विटीबाट जुटाउँदै 

spot_img

आईपीओ निष्काशनको तयारीमा रहेको होटेल सब्रिना लिमिटेडले Single B Plus को रेटिंग पाएको छ। केयर रेटिंग्ङ्स नेपालले कम्पनीलाई CARE-NP B+ को Issuer Rating प्रदान गरेको हो । यस अघि गत वर्ष जुलाईमा इक्राले कम्पनीलाई B Rating प्रदान गरेकोमा अहिले भने कम्पनीलाई  केयर रेटिंग्ङ्सले B+ को रेटिंग्ङ पाएको हो । यसले कम्पनीको सम्पूर्ण पक्षमा सुधार आएको देखाउँछ ।

केयर रेटिंग्ङ्सले आफ्नो रिपोर्टमा कम्पनीका संस्थापकको अनुभव र व्यवस्थापन टिमको अनुभवलाई बलियो इन्डिकेटरको रुपमा उल्लेख गरेको छ ।  उनीहरूले आतिथ्यता, बैंकिङ, रियल इस्टेट, स्वास्थ्य सेवा, शिक्षा, प्रकाशन लगायत विभिन्न क्षेत्रहरूमा विविधीकृत विशेषज्ञता हासिल गरेको उल्लेख गरेको छ ।  संस्थापकको बहु व्यवसाय सञ्चालन तथा विकासमा उत्कृष्ट ट्र्याक रेकर्ड रहेको र यसले कम्पनीलाई रणनीतिक मार्गदर्शन प्रदान गर्ने केयर रेटिंग्ङ्सले भनेको छ।

B+ Rating ले वित्तीय जोखिम देखाउने भए पनि कम्पनीले हालसम्म निरन्तर रुपमा सावाँ र ब्याज भुक्तानी गरिरहेको र भुक्तानीमा कुनै पनि समस्या नरहेको जनाएको छ। कम्पनीले हाल काठमाडौँको बुढानिलकण्ठमा होटेल सब्रिना संचालन गरिरहेको छ । हाल ५ तारे होटेलमा अपग्रेड भईरहेको होटेल अपग्रेड सम्पन्न भए पश्चात विश्वप्रसिद्ध फ्रान्सेली होटल ग्रुप एकोर (Accor) को lifestyle ब्रान्ड ट्राइब (Tribe) मार्फत  Tribe Kathmandu नामबाट संचालन हुने छ । यो ट्राइब ब्रान्डको नेपालमा मात्र नभई साउथ एसिया मै पहिलो प्रोजेक्ट हुने छ । Accor को विश्वभर झन्डै ६ हजार होटेल संचालनमा छन् । Mercure पनि यसै समूहको होटेल हो । यस समूहले अझै नेपालमा व्यवसाय विस्तार गर्ने  तयारी गरिरहेको छ ।

१०५ वटा कोठा रहने यस होटेलको कुल लागत २ अर्ब १४ करोड रहेको छ । कम्पनीको प्रति कोठा लागत २ करोड हुन आउँछ।  कुल लागत मध्ये ९५ करोड ऋणबाट र बाँकी सबै रकम इक्विटीमार्फत नै परिचालन हुने छ। अर्थात् कम्पनीले कुल लगानीको ५७ प्रतिशत रकम इक्विटी मार्फत नै परिचालन गरेको छ।  कम्पनीले ४७ लाख ४ हजार कित्ता आईपीओ निष्काशन गर्ने गरि नेपाल धितोपत्र बोर्डमा अनुमतिको लागि आवेदन दिइसकेको छ। कम्पनीमा ७४ करोड ९६ लाख रुपैयाँ लगानी संस्थापक समूहको रहने छ ।  कम्पनीले आफ्नै नाममा रहेको ३ रोपनी जग्गामा होटेल निर्माण तथा अपग्रेड गरिरहेको हो।

कम्पनीले हाल १ अर्ब २५ करोड ऋणको लागि रेटिंङ गराएको भए पनि कम्पनीले कुल ९५ करोड मात्र ऋण लिने जनाएको छ । एभरेष्ट बैंकले कम्पनीलाई ऋण प्रदान गरेकोमा हालसम्म ६५ करोड मात्र ऋण लिएको र सम्पूर्ण अपग्रेड सम्पन्न हुँदासम्म ऋणको हिस्सा ९५ करोडभन्दा धेरै नहुने कम्पनीले उल्लेख गरेको छ ।

हाल ६५ करोड ऋण हुँदा पनि कम्पनीले ७ करोड आम्दानी गरेको छ । निर्माण कार्य पनि निरन्तर चलिरहेकोले १२ करोडको आम्दानी लक्ष्य पुग्न नसकिएपनि निर्माण अवधि मै ७ करोड आम्दानी राम्रो व्यवसाय भएको कम्पनीका अध्यक्ष निराजन थापा बताउछन् । उनका अनुसार अब यस वर्षबाट कम्पनीले भाडा र होटेल संचालनबाट ९ करोडको व्यवसाय गर्ने छ।

कम लागतमा निर्माण सम्पन्न हुने भएकोले मासिक सवा २ करोडको आम्दानी गर्दा पनि ९ वर्षमा सम्पूर्ण ऋण चुक्ता हुने कम्पनीको विश्लेषण छ । होटेल ८ वर्षदेखि नै संचालनमा रहेको छ र कम्पनीले आफ्नो सम्पत्ति भाडामा दिएर पनि आम्दानी गरिरहेको छ । कम्पनीले भित्र्याउन लागेको लाइफस्टाइल  ब्राण्ड TRIBE रहेको र यसमा दुई वटा रेस्टुरेन्टले २४ सै घण्टा सेवा प्रदान गर्ने छ।

कम्पनीले सन् २०२७ को अन्त्यबाट होटेल पूर्ण क्षमतामा आउने जनाएको छ। स्तरोन्नति भएपछि पहिलो वा दोस्रो वर्षबाट नै लाभांश दिन समेत सकिने कम्पनीका अध्यक्ष निराजन थापाको भनाई छ । कम लागतमै होटेल निर्माण भएको, शहर कै ठूलो रुफटप रेस्टुरेन्टबाट राम्रो आम्दानी हुने, सस्तो मूल्यमा गुणस्तरीय सेवा सहितको होटेल हुने, होटेलको लोकेशन काठमाडौँ अन्तराष्ट्रिय विमानस्थलबाट ६ किलोमिटर दुरीमा मात्र रहेकाले व्यवसाय क्रमशः बढ्दै जाने उनको अपेक्षा छ । यति मात्रै होइन, उक्त होटेलबाट पशुपतिनाथ, स्वयम्भुनाथ, बौद्धनाथ, ठमेल जस्ता स्थान पनि निकै नजिकको दूरीमा पर्छन् । त्यसमाथि होटेल रहेको क्षेत्रमा भीआईपी व्यक्तिहरुको बसोबास छ । यी कारणहरु होटेलको व्यवसायमा सकारात्मक योगदानका लागि काफी हुने देखिन्छ । जसबाट नियमित रुपमा लाभांश प्रदान गर्न सकिनेमा थापा विश्वस्त देखिन्छन् ।

यस अघि : नेपाल भित्रियो ACCOR को लाइफस्टाइल ब्राण्ड TRIBE, सब्रिना होटेलसँग सम्झौता

 

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img

एनआरएनलाई पुँजीबजारमा भित्र्याउनेबारे छलफल

नेपाल धितोपत्र बोर्ड र गैर आवासीय नेपालीका प्रतिनिधिहरू बीच...

धितोपत्र बोर्डले विवादित डबल आईजीन स्वीकृत नगर्ने, एकल आईजीनले नै निरन्तरता पाउँदै

नेपाल धितोपत्र बोर्ड (सेबोन)का अध्यक्ष डा. गोपाल भट्टले ‘डबल...

ठूलो ब्याट्री र थपिएका फिचर्ससहित नेपाली बजारमा देखियो टाटा पन्च

टाटा मोटर्सको नेपालका लागि आधिकारिक विक्रेता सिप्रदी ट्रेडिङले नयाँ...

एकसाथ ९ वटा विधेयक संसदमा पेश गर्ने सरकारको निर्णय

सरकारले एकसाथ ९ वटा विधेयक संघीय संसदमा पेश गर्ने...

बालेन सरकारको यातायात नीतिः ईभी बस किन्नेलाई ऋण, प्राईभेट सेक्टरले पनि हाई–वे बनाउन पाउने

प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको वर्तमान सरकारले ‘राष्ट्रिय यातायात नीति...

आइ.सि.एफ.सि. फाइनान्सका ग्राहकलाई जय नेपाल हलमा १२ प्रतिशत छुट

आइ.सि.एफ.सि. फाइनान्सका ग्राहकले जय नेपाल सिनेमा हलमा फिल्मको टिकट...
spot_img