Monday, September 7, 2026
spot_img

नेपाल भित्रियो ACCOR को लाइफस्टाइल ब्राण्ड TRIBE, सब्रिना होटेलसँग सम्झौता

spot_img

विश्वप्रसिद्ध फ्रान्सेली होटल ग्रुप एकोर (Accor) को lifestyle ब्रान्ड ट्राइब (Tribe) अब नेपालमा पनि आउने भएको छ।सब्रिना होटेल लिमिटेडले सो ब्राण्डलाई नेपाल ल्याउन लागेको हो।

यस सम्बन्धमा साब्रिना होटेल लिमिटेड र ट्राइब होटेलबीच भारतको राजधानी नयाँ दिल्लीमा सम्झौता भएको हो । सम्झौता अनुसार सब्रिना होटेलको  काठमाडौँको बुढानिलकण्ठमा रहेको होटेल Tribe Kathmandu नामबाट संचालन हुने छ । हाल यो होटेल पाँचतारेमा अपग्रेड भईरहेको छ । यो ट्राइब ब्रान्डको नेपालमा पहिलो प्रोजेक्ट हुने छ ।

सब्रिना होटेलका अध्यक्ष निराजन थापाले  एकोरसँग साझेदारी गरी नेपालमा ट्राइब ब्रान्ड ल्याउन पाउँदा अत्यन्त खुशी भएको बताए। उनले भने ‘काठमाडौंमा डिजाइन, आराम र समुदायलाई जोड्ने आधुनिक अतिथि सत्कारको बढ्दो माग छ र ट्राइब ब्रान्डले आधुनिक यात्रुहरूको त्यही आवश्यकतालाई राम्रोसँग पूरा गर्छ भन्ने हाम्रो विश्वास छ। यो विकासले उदीयमान ठाउँहरूमा फरक खालको अतिथि सत्कार सेवा दिने हाम्रो भिजनलाई प्रतिबिम्बित गर्छ’।

उनले होटेल अब landmark lifestyle गन्तव्य बन्ने विश्वास व्यक्त गरे।

ट्राइब ब्रान्ड यसको आधुनिक डिजाइन, व्यावहारिक सुविधा, सामाजिक स्पेस र राम्रो मूल्यमा गुणस्तरीय अनुभवका लागि विश्वभर चर्चित छ।  विश्वभर ट्राइब ब्रान्डका २७ होटेल संचालनमा छन् । भारत आउनु अघि नै ट्राइब ब्रान्ड नेपाल आएको हो। ट्राइबको उपस्थिति थाइल्याण्ड, इन्डोनेसिया, कम्बोडिया लगायतका एसियाली देशमा छ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

मुक्तिनाथ विकास बैंकले सिन्धु विकास बैंक र जानकी फाइनान्सलाई गाभ्ने

मुक्तिनाथ विकास बैंकले सिन्धु विकास बैंक र जानकी फाइनान्सलाई...

सर्वसधारणलाई बेनी हाइड्रोपावरको आईपीओ आजदेखि

बेनी हाइड्रोपावर प्रोजेक्ट लिमिटेडले आज भदौ २२ गतेदेखि आईपीओ...

माथिल्लो त्रिशुली–१ बनाईरहेका कम्पनीले राहत प्याकेज घोषणा गर्दै

माथिल्लो त्रिशुली–१ जलविद्युत आयोजनामा कार्यरत तीनवटै कम्पनीले २०८३ भदौ...

स्वरोजगार लघुवित्त र विन नेपाल लघुवित्तको एकीकृत कारोबार सुरु

स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेडले विन नेपाल लघुवित्त वित्तीय...

३ खर्बको आईपीओ ल्याउँदै भारतको नेशनल स्टक एक्सचेञ्ज

भारतको सबैभन्दा ठूलो स्टक एक्सचेञ्ज नेशनल स्टक एक्सचेञ्ज अफ...