Wednesday, July 29, 2026
spot_img

ठूलो ब्याट्री र थपिएका फिचर्ससहित नेपाली बजारमा देखियो टाटा पन्च

spot_img

टाटा मोटर्सको नेपालका लागि आधिकारिक विक्रेता सिप्रदी ट्रेडिङले नयाँ पन्च ईभी भित्र्याएको छ । पन्चको नयाँ संस्करण  सिप्रदीले नेपाल ल्याएको हो ।

यसअघि पनि सिप्रदीले नेपालमा पन्च ईभीलाई लोकप्रीय ब्राण्ड बनाएको थियो । अब झन ठूलो ब्याट्री प्याक र थप फिचर्ससहित भित्रिएकाले पन्चको यो संस्करणले पनि लोकप्रीयता हासिल गर्ने अपेक्षा गरिएको छ ।

नेपाल भित्रिएको नयाँ पन्च ईभीमा ३० किलोवाट आवर र ४० किलोवाट आवर गरी दुई ब्याट्री अप्सन छ । यसअघि नेपाल आएको पन्च ईभीमा २५ र ३५ किलोवाट आवरका ब्याट्री थिए ।

३० किलोवाट आवर ब्याट्री अप्सनको नयाँ पन्चले २८० किलोमिटरदेखि ३६५ किलोमिटरसम्म रेन्ज दिनेछ भने ४० किलोवाट आवरको ब्याट्री अप्सनमा आएको पन्च ईभीले ४६८ किलोमिटरसम्म रेन्ज दिने बताइएको छ ।

नयाँ पन्च ईभीमा ३ ड्राइभ मोड दिइएको छ । १९५ एम.एम. ग्राउन्ड क्लियरेन्स भएकाले यो कार सिटी एरियामा मात्रै नभई खाल्डाखुल्डी भएका सडकमा पनि गुडाउन सकिन्छ ।

यो कारलाई डीसी फास्ट चार्जरमार्फत २६ मिनेटमै २० प्रतिशतदेखि ८० प्रतिशतसम्म चार्ज गर्न सकिन्छ । यति मात्रै होइन, हतारमा हुँदा केवल १५ मिनेट मात्रै चार्ज गर्दा पनि १३५ किलोमिटरसम्म दौडिन सक्ने गरी ब्याट्री चार्ज हुने बताइएको छ ।

६ एयरब्याग, टायर प्रेसर मोनिटरिङर, ३६० डिग्री क्यामेरा जस्ता आधुनिक फिचरहरुसहित यसमा लाइफटाइम ब्याट्री वारेन्टी पाउन सकिन्छ ।

कम्पनीले यसका अरु विशेषता र मूल्य भने सार्वजनिक गरेको छैन । निकट भविष्यमै यो कार नेपालमा औपचारिक रुपमा लन्च हुनेछ भने त्यतिबेला नै यसका अरु फिचर्स र मूल्य पनि सार्वजनिक हुनेछ । साथै, कम्पनीले सुरुवाती बुकिङमा के कस्ता स्किम ल्याउनेछ, त्यो पनि अफिसियल लन्चकै बेला जानकारी गराइनेछ ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img

एनआरएनलाई पुँजीबजारमा भित्र्याउनेबारे छलफल

नेपाल धितोपत्र बोर्ड र गैर आवासीय नेपालीका प्रतिनिधिहरू बीच...

धितोपत्र बोर्डले विवादित डबल आईजीन स्वीकृत नगर्ने, एकल आईजीनले नै निरन्तरता पाउँदै

नेपाल धितोपत्र बोर्ड (सेबोन)का अध्यक्ष डा. गोपाल भट्टले ‘डबल...

एकसाथ ९ वटा विधेयक संसदमा पेश गर्ने सरकारको निर्णय

सरकारले एकसाथ ९ वटा विधेयक संघीय संसदमा पेश गर्ने...

बालेन सरकारको यातायात नीतिः ईभी बस किन्नेलाई ऋण, प्राईभेट सेक्टरले पनि हाई–वे बनाउन पाउने

प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको वर्तमान सरकारले ‘राष्ट्रिय यातायात नीति...

आइ.सि.एफ.सि. फाइनान्सका ग्राहकलाई जय नेपाल हलमा १२ प्रतिशत छुट

आइ.सि.एफ.सि. फाइनान्सका ग्राहकले जय नेपाल सिनेमा हलमा फिल्मको टिकट...

कुमारी बैंकको मोबाइल बैंकिङ्ग एपमार्फत अन्तर्राष्ट्रिय eSIM तथा IDP सेवा लिन सकिने

कुमारी बैंक र नेपालस्थित प्रविधि कम्पनी कुराकानी अनलाइन प्रा.लि....
spot_img