आज बुधबार पनि सुनको भाउ घटेको छ । मंगलबार प्रतितोला २ लाख ८४ हजार २ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको भाउ आज तोलामा १ हजार रुपैयाँले घटेर प्रतितोला २ लाख ८३ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
आज प्रति १० ग्राम छापावाल सुनको भाउ २ लाख ४२ हजार ८ सय रुपैयाँ तोकिएको छ ।
आज चाँदीको भाउ भने तोलामा १० रुपैयाँले बढेर प्रतितोला ४ हजार ३ सय २० रुपैयाँमा किनबेच भइरहेको छ । आज १० ग्राम चाँदीको भाउ ३ हजार ७ सय ४ रुपैयाँ तोकिएको छ ।









