Wednesday, July 29, 2026
spot_img

धितोपत्र बोर्डले विवादित डबल आईजीन स्वीकृत नगर्ने, एकल आईजीनले नै निरन्तरता पाउँदै

spot_img

नेपाल धितोपत्र बोर्ड (सेबोन)का अध्यक्ष डा. गोपाल भट्टले ‘डबल आइजीन’ (कम्पनीको संस्थापक र साधारण शेयरलाई फरक फरक दुई किसिमको धितोपत्र पहिचान नम्बर) को प्रावधान लागू नहुने प्रष्ट पारेका छन् । आइजीनसँग सम्बन्धित विषय नेपालको मात्रै विषय नभई द एशोसिएसन अफ नेशनल नम्बरिङ एजेन्सिज (अन्ना) भनिने अन्तराष्ट्रिय संस्थाको नियमसँग जोडिने विषय भएकाले अन्नाले निर्दिष्ट गरेका प्रावधान विपरित हुने गरी डबल आईजीन स्वीकृत नहुने अध्यक्ष भट्टले प्रष्ट पारेका छन् ।

‘हाम्रो सिडिएससी भन्ने संस्था अन्नाको मेम्बर हो, अन्नाले भनेका कुराहरु, दिएका निर्देशनहरु सिडिएससीले मान्नुपर्छ’ नेपाल आर्थिक पत्रकार संघ (नाफिज)को टोलीसँग अध्यक्ष भट्टले भने, ‘त्यहीँ भएर यसअघि नै यो विषयमा सेबोनले प्रचलित र अन्तर्राष्ट्रिय अभ्यास अनुसार हुने गरी गर्नू भनेर सिडिएससीलाई भनिसकेको छ । त्यो विषयमा फेरि छलफल हुँदा पनि अन्तर्राष्ट्रिय अभ्यास र नियम अनुसार जे छ, त्यहीँ हुन्छ ।’

आईजीन आन्तरिक प्रणाली नभई विश्वव्यापी रूपमा मान्यता प्राप्त अन्तर्राष्ट्रिय पहिचान नम्बर भएको र सो नम्बर संसारभरीका कम्पनीहरुको फरक फरक हुने भएकाले त्यससम्बन्धी मापदण्डमा अन्नाको प्रावधान विपरित हुने गरी काम गर्न नहुने उनले प्रष्ट पारेका छन् । ‘कम्पनीहरु वर्षौसम्म रहन्छन्, यीनिहरुको जीवन अनलिमिटेड हुन्छ भन्ने मान्यताका आधारमा यस्तो नम्बर दिइन्छ, यसको सबै काम अन्तर्राष्ट्रिय संस्थाका रुपमा अन्नाले गाइड गर्छ’ उनले थपे, ‘आईजीन भनेको धितोपत्रको पासपोर्ट जस्तै हो । त्यसकारण डबल, सिङ्गलको कुरा होइन । प्रचलित नियम र अन्तर्राष्ट्रिय अभ्यास के छ, त्यहीँ अनुसार हुन्छ ।’

धितोपत्र बोर्डले हालै ल्याएको पुँजीबजार नीतिमा पनि अन्तराष्ट्रिय अभ्यास अनुसार नै आईजीन प्रदान गरिने उल्लेख छ। नीतिमा भनिएको छ  ‘संगठित संस्थाहरूलाई प्रदान गरिने International Securities Identification Number (ISIN) व्यवस्थालाई यो Numbering प्रणालीलाई अन्तर्राष्ट्रिय रुपमा मानक निर्धारण गर्ने संस्था Association of National Numbering Agencies (ANNA) ISIN Uniform Guidelines 2026 लाई आधार मान्दै अन्तर्राष्ट्रिय प्रचलित अभ्यास अनुरूप गर्ने व्यवस्था मिलाईनेछ ।’

प्रविन पन्दाक सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडको प्रबन्ध संचालक हुँदा सिडिएसले ‘धितोपत्र अभौतिकीकरण कार्य संचालन निर्देशिका, २०८२’ को मस्यौदा तयार पारेर २०८२ साउनमा स्वीकृतिको लागि धितोपत्र बोर्डमा पठाएको थियो। सो निर्देशिकामा सिडिएसले कम्पनीहरुलाई डबल आईजीन दिने प्रस्ताव गरेको थियो । निजी क्षेत्रबाट ब्यापक विरोध र आलोचना भएपछि बोर्डले सो निर्देशिका स्वीकृत नगरी होल्ड नै राख्यो । अब भने विवादित निर्देशिका प्रस्ताव गरेकी प्रविन पन्दाकले सिडिएसबाट राजीनामा दिईसकेकी छिन् । त्यस्तै धितोपत्र बोर्डमा पनि नयाँ नेतृत्व आएको छ।

नयाँ नेतृत्वले अब अन्तराष्ट्रिय अभ्यास अनुरुप नै एकल आईजीन अनुसार अघि बढ्ने भएको हो।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img

एनआरएनलाई पुँजीबजारमा भित्र्याउनेबारे छलफल

नेपाल धितोपत्र बोर्ड र गैर आवासीय नेपालीका प्रतिनिधिहरू बीच...

ठूलो ब्याट्री र थपिएका फिचर्ससहित नेपाली बजारमा देखियो टाटा पन्च

टाटा मोटर्सको नेपालका लागि आधिकारिक विक्रेता सिप्रदी ट्रेडिङले नयाँ...

एकसाथ ९ वटा विधेयक संसदमा पेश गर्ने सरकारको निर्णय

सरकारले एकसाथ ९ वटा विधेयक संघीय संसदमा पेश गर्ने...

बालेन सरकारको यातायात नीतिः ईभी बस किन्नेलाई ऋण, प्राईभेट सेक्टरले पनि हाई–वे बनाउन पाउने

प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको वर्तमान सरकारले ‘राष्ट्रिय यातायात नीति...

आइ.सि.एफ.सि. फाइनान्सका ग्राहकलाई जय नेपाल हलमा १२ प्रतिशत छुट

आइ.सि.एफ.सि. फाइनान्सका ग्राहकले जय नेपाल सिनेमा हलमा फिल्मको टिकट...

कुमारी बैंकको मोबाइल बैंकिङ्ग एपमार्फत अन्तर्राष्ट्रिय eSIM तथा IDP सेवा लिन सकिने

कुमारी बैंक र नेपालस्थित प्रविधि कम्पनी कुराकानी अनलाइन प्रा.लि....
spot_img