Monday, July 20, 2026
spot_img

यो वर्ष आर्थिक वृद्धिदर ३.८५ प्रतिशतमै सिमित, अर्थतन्त्रको आकार ६६ खर्ब पुग्दै

spot_img

चालु आर्थिक वर्ष २०८२/८३  मा नेपालको आर्थिक वृद्धिदर ३.८५ प्रतिशत रहने प्रारम्भिक अनुमान गरिएको छ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आज आर्थिक सर्वेक्षण गर्दै यसबारे जानकारी दिएका हुन् । गत आर्थिक वर्षमा यस्तो वृद्धिदर ४.४३ प्रतिशत रहेको थियो ।

चालु आर्थिक वर्षमा बागमती र गण्डकी प्रदेश बाहेक सबै प्रदेशको आर्थिक वृद्धिदर राष्ट्रिय औसतभन्दा न्यून रहने अनुमान छ।

मन्त्री वाग्लेका अनुसार चालु आर्थिक वर्षको कुल गार्हस्थ्य उत्पादन रु. ६६ खर्ब ९ करोड रहने अनुमान छ । यसमा सबैभन्दा बढी बागमती प्रदेशको ३६.७ प्रतिशत र सबैभन्दा कम कर्णाली प्रदेशको ४.२ प्रतिशत योगदान रहने अनुमान छ ।  कुल गार्हस्थ्य उत्पादन (GDP) को संरचनामा कृषि र गैरकृषि क्षेत्रको योगदान क्रमशः २४.० प्रतिशत र ७६.० प्रतिशत रहने अनुमान छ । पछिल्लो दशकको प्रवृत्ति हेर्दा कृषि क्षेत्रको योगदान घट्दै र सेवा क्षेत्रको योगदान बढ्दै गएको उनले उल्लेख अग्रेका छन्।

मन्त्री वाग्लेका अनुसार चालु आर्थिक वर्षको कुल गार्हस्थ्य उत्पादनमा प्राथमिक, द्वितीयक र सेवा क्षेत्रको योगदान क्रमश: २४.४६ प्रतिशत, १३.७३ प्रतिशत र ६१.८१ प्रतिशत रहने अनुमान छ । चालु आर्थिक वर्षमा कृषि र गैरकृषि क्षेत्रको वृद्धिदर क्रमश: १.५८ प्रतिशत र ४.५४ प्रतिशत रहने अनुमान छ । गत आर्थिक वर्ष यस्तो वृद्धिदर ३.०५ प्रतिशत र ४.१२ प्रतिशत रहेको थियो ।

नेपालको अर्थतन्त्रमा उपभोगको हिस्सा उच्च रहेको छ । चालु वर्षको कुल गार्हस्थ्य उत्पादनमा उपभोगको अंश ९०.३ प्रतिशत रहने अनुमान छ । कुल उपभोगमा निजी क्षेत्र, सरकारी क्षेत्र र गैरसरकारी क्षेत्रको हिस्सा क्रमशः ९१.२६ प्रतिशत, ६.६२ प्रतिशत र २.१२ प्रतिशत रहने अनुमान छ ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img

धोबीघाटमा एमजीको सर्भिस सेन्टर सञ्चालनमा, ७ दिने Service Camp घोषणा

नेपालमा JSW MG गाडीहरूको आधिकारिक वितरक जी.ओ. अटोमोबाइल्स प्रा. लि. ले...

राष्ट्र बैंकको सञ्चालक समितिमा अर्थ सचिव राख्ने प्रावधान हटाउन रास्वपा सांसदको सुझाव

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद लिमा अधिकारीले नेपाल...

पानीको बहाव बढेपछि कोसी नदीका २८ ढोका खोलियो

अविरल वर्षका कारण कोसी नदीमा पानीको बहाव २ लाख...

सरोगेट विज्ञापन गर्न सक्ने व्यवस्था गर्दै सरकार, विज्ञापनका कारण क्षति भए क्षतिपूर्ति दिनुपर्ने

सरकारले राष्ट्रिय विज्ञापन नीति २०८३ ल्याएको छ। प्रधानमन्त्री तथा...

गत आर्थिक वर्ष विद्युत उत्पादन थालेका २२ वटा आयोजना सम्मानित (सूचीसहित)

विद्युत विकास विभागले २० वटा जलविद्युत आयोजना र २...
spot_img