Sunday, May 31, 2026
spot_img

एक थान बजेट प्रस्तुत गरेर मेरो कर्तव्य पूरा भएको छैन, कार्यान्वयन पनि गर्छु: अर्थमन्त्री पौडेल

spot_img
spot_img

उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आफूले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि यथार्थपरक बजेट ल्याएको बताएका छन् । इकोनोमिक मिडिया सोसाइटी (इम्सन)ले आर्थिक वर्ष २०८२/८३ को बजेटका सम्बन्धमा छलफलका लागि आयोजित कार्यक्रममा उनले आफूले लोकप्रियभन्दा पनि यथार्थमा आधारित भएर बजेट निर्माण गरेको बताए ।

“नेपाल कम्युनिष्ट पार्टी (एमाले)बाट बनेको अर्थमन्त्रीले हुँदा लोकप्रिय बजेट ल्याउँछ भन्ने समाजमा मानसिकता छ, तर यसपटक मैले लोकप्रियताको खोजीभन्दा पनि यथार्थपरक बजेट बनाउने प्रयास गरेको छु”, अर्थमन्त्री पौडेलले भने, “के गर्दा लोकप्रिय भइएला भन्दा पनि के गर्दा अनुशासित भइएला ? स्रोत व्यवस्थापनको दायरा कसरी बढाउन सकिएला र खर्च व्यवस्थापन गर्न सकिएला भन्ने सोचमा केन्द्रित भइ बजेट निर्माण गरेको छु ।”

उपप्रधानमन्त्री पौडेलले बजेटसम्बन्धमा आएका सबै विचारलाई आफूले सम्मान गर्ने उल्लेख समेत गरे । यसपटक अर्थमन्त्रीका रुपमा आफैले बजेट निर्माण गर्दा संयमित, अनुशासित भएको समेत बताए । “बजेटका स्रोत व्यवस्थानका विषयमा देखिएको सीमालाई ख्याल राखेर बजेट निर्माण गरिएको छ, अनिवार्य दायित्वको आकार बढेको छ, त्यसको पनि व्यवस्थापन गरिएको छ भने विकासका लागि प्राथमिकताका आधारमा स्रोत व्यवस्थापन पनि गरिएको छ”, उनले भने ।

उनले निजी क्षेत्रको मनोबल बढाउने, लगानीका क्षेत्र बढाउने गरी बजेट आएको समेत दाबी गरे । “आगामी आवको बजेट कार्यान्वयनसँगै अर्थतन्त्र चलायमान बन्छ, अर्थतन्त्रको गतिशिलता बढाउनेछ भने उत्पादन बढाउन र रोजगारी सृृजनामा पनि काम गर्नेछ”, उनले भने ।

आफू बजेटमा आएका प्रतिक्रियाबाट पनि आशावादी बनेको उल्लेख गर्दै उनले अब आफ्नो कर्तव्य बजेट कार्यान्वयन भएको बताए । “एक थान बजेट प्रस्तुत गरेर मेरो कर्तव्य पूरा भएको छैन, यसको कार्यान्वयन पनि मेरो जिम्मेवारी हो । बजेटले लिएका उद्देश्य पूरा गर्नेमा पनि मैले ध्यान प्रतिबद्धता जनाउँछु”, उनले भने ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

शेयरबजारको पुँजीगत लाभकर फाइनल नै हो : अर्थमन्त्री डा. वाग्ले

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आर्थिक वर्ष २०८३/८४ को बजेट...

फलाखु खोला जलविद्युत आयोजनामा एनआईसी एशिया बैंकले लगानी गर्ने

एनआईसी एशिया बैंकको नेतृत्वमा फलाखु खोला जलविद्युत आयोजनामा ९५...

अर्थमन्त्रीले कहाँबाट ल्याउँदैछन् २४७ अर्ब वैदेशिक ऋण ? चीनसँग १ अर्ब, भारतसँग २ अर्ब मात्रै

शुक्रबार अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आर्थिक वर्ष २०८३/८४ को...

सिबिफिनले गर्यो बजेटको स्वागत, निजी क्षेत्रको मनोवल बढ्ने विश्वास

बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन)ले बजेटको स्वागत...

भन्सार बढेपछि तोलामा साढे २० हजारले महँगियो सुनको भाउ

सरकारले बजेट भाषणमार्फत सुनको भन्सार दर बढाएपछि भाउ पनि...

बजेटबारे पत्रकारसँग संवाद गर्दै अर्थमन्त्री

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आर्थिक वर्ष २०८३/०८४ को बजेटबारे...
spot_img