तातोपानी नाका खुलाउने तयारी

spot_img

सिन्धुपाल्चोकस्थित तातोपानी नाका सञ्चालनमा आउने सम्भावना बढेको छ । चिनियाँ पक्षले भदौ १५ गतेबाट कुनै कारण नखुलाई बन्द गरिदिएको नाका अब भने पुनः सञ्चालनमा आउने सम्भावना बढेको हो ।

तातोपानी भन्सार कार्यालयका भन्सार अधिकृत तुल बहादुर पाण्डेका अनुसार चिनियाँ पक्षले नाका सञ्चालनका लागि अनुमति प्राप्त भएको भन्ने सम्मको जानकारी नेपाली पक्षलाई दिएको छ । तर, कुन मितिबाट नाका सञ्चालन हुन्छ भन्ने जानकारी भने अझै पनि आइसकेको छैन ।

‘उनीहरुको हाइअर अथोरिटीबाट यो नाका सञ्चालनको अनुमति प्राप्त आएको छ भन्ने जानकारी हामीलाई दिइएको छ, अब खुल्छ होला’ उनले भने, ‘तर, यो मितिबाट सञ्चालनमा आउँछ भन्ने जानकारी चाहिँ छैन ।’

उनका अनुसार नाका सञ्चालनमा आउँदा काम गर्नका लागि नेपाल पक्ष तयारी अवस्थामा छ । भन्सार कार्यालयदेखि सडकसमेत तयारी अवस्थामा रहेको उनको भनाइ छ । ‘हामी तयारी अवस्थामा छौँ, हाम्रो तर्फ बाटो पनि डिस्टर्ब छैन’ पाण्डेले भने, ‘अब चाँडै खुल्छ होला ।’

तातोपानी नाका बन्द हुँदा दशैँ तिहारका लागि नेपाली व्यवसायीहरुले चीनबाट मगाएका सामानहरु रोकिएका थिए । भदौको बाढीले रसुवागढी नाका क्षतिग्रस्त बनाएपछि चीनबाट हुने आयातका लागि मुस्ताङको कोरला नाकालाई वैकल्पिक नाकाका रुपमा सञ्चालनमा ल्याइएको छ । तर, अहिले असोजको बाढीका कारण ठाउँठाउँमा बाटो अवरुद्द भएका कारण उक्त नाकाबाट आयात भएका सामान नाका आसपासमै रोकिएका छन् ।

जसका कारण हिमालय सीमापार वाणिज्य संघले तातोपानी नाका सञ्चालनका लागि पहल गर्न सरकारको ध्यानाकर्षण गराउँदै आएको छ ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

सुनचाँदीको भाउ बढ्यो

आज आइतबार सुनको भाउ बढेको छ । अघिल्लो दिन...

बाढीले बूढीगण्डकी जलविद्युत आयोजनाको क्याम्प भवन बगायो

आइतबार बिहान बूढीगण्डकी नदीमा आएको आकस्मिक बाढीले निर्माणधीन बूढीगण्डकी...

बडादशैँ सुरु, आज घटस्थापना

नेपालीको महान् पर्व बडादशैँ आजबाट सुरु भएको छ ।...

फेरि भिषण बाढी, चितवनसम्मै जोखिम

गोरखाको चुमनुब्री गाउँपालिका क्षेत्रमा भीषा बाढी आएको छ ।...

नेपाल टेलिकमको ईन्टरनेट अफर: जडानमा ५०० छुट, १२ महिनाको शुल्कमा १३ महिना सेवा

नेपाल टेलिकमले दसैँ, तिहार तथा छठ पर्वको अवसरमा इन्टरनेट...

एमजी हेक्टर टोमहक ईभीको बिक्री सुरु, मूल्य ५७ लाख ९९ हजार

नेपालका लागि जेएसडब्ल्यू एमजी मोटर इन्डियाको आधिकारिक बिक्रेता जीओ...