नेपाल टेलिकमको ईन्टरनेट अफर: जडानमा ५०० छुट, १२ महिनाको शुल्कमा १३ महिना सेवा

spot_img

नेपाल टेलिकमले दसैँ, तिहार तथा छठ पर्वको अवसरमा इन्टरनेट जडानमा छुट, वार्षिक इन्टरनेट प्याकेजमा थप एक महिना सेवा तथा सहुलियत दरका मोबाइल डाटा, भ्वाइस र सन्देश प्याकेजसहितको ‘दसैँ–तिहार अफर २०८३’ सार्वजनिक गरेको छ । कम्पनीले आज जारी गरेको प्रेस विज्ञप्तिअनुसार नयाँ फाइबर टु द होम (एफटीटीएच) इन्टरनेट जडान गर्ने ग्राहकलाई रु. ५०० जडान शुल्क मिनाहा गरिनेछ । त्यस्तै, १००, १५० र २०० एमबीपीएस क्षमताका नयाँ वार्षिक इन्टरनेट प्याकेज खरिद गर्ने ग्राहकले थप एक महिना सेवा पाउनेछन् ।

नेपाल टेलिकमका प्रवक्ता डा. कमल लामिछानेका अनुसार असोज २५ देखि कात्तिक ३० गतेसम्म नयाँ एफटीटीएच प्याकेज जडान गर्ने ग्राहकले जडान शुल्कमा छुट पाउनेछन् । वार्षिक प्याकेजअन्तर्गत ग्राहकले १२ महिनाको शुल्क तिरेर १३ महिनासम्म इन्टरनेट सेवा उपयोग गर्न सक्नेछन् । प्याकेजमा बोनसका रूपमा उपलब्ध हुने मोबाइल डाटा पनि १३ महिनासम्म प्रयोग गर्न सकिने कम्पनीले जनाएको छ ।

यसैगरी, भर्चुअल सेट–टप बक्ससहितको प्याकेज लिने ग्राहकलाई रु. एक हजार छुटको सुविधा पनि उपलब्ध रहेको कम्पनीले जनाएको छ । टेलिकमले मोबाइल सेवाका ग्राहकका लागि रु. ४९९ र रु. ६९९ का दुई प्रकारका ‘फेस्टिभल अनलिमिटेड’ प्याकेज ल्याएको छ ।

रु. ४९९ को ‘फेस्टिभल अनलिमिटेड’ प्याकेजमा प्रतिदिन पाँच जीबी उच्चगतिको डाटा उपलब्ध हुनेछ । उक्त डाटा सकिएपछि प्याकेजको बाँकी अवधिमा दुई एमबीपीएस गतिमा असीमित डाटा प्रयोग गर्न सकिनेछ । त्यस्तै, रु. ६९९ को ‘फेस्टिभल अनलिमिटेड प्रिमियम’ प्याकेजमा प्रतिदिन १० जीबी उच्चगतिको डाटा उपलब्ध हुनेछ । दैनिक डाटा सीमा सकिएपछि बाँकी अवधिमा तीन एमबीपीएस गतिमा असीमित डाटा प्रयोग गर्न सकिने व्यवस्था गरिएको छ ।

कम्पनीले भ्वाइस तथा सन्देश सेवामा समेत सहुलियत दरका प्याकेज सार्वजनिक गरेको छ । रु. २०० मा सबै नेटवर्कमा प्रयोग गर्न मिल्ने एक हजार मिनेटको ‘जोयफुल मिनेट्स’ प्याकेज उपलब्ध हुनेछ । त्यस्तै, रु. ९९ मा नेपाल टेलिकमकै नेटवर्कभित्र एक हजार एसएमएस पठाउन सकिने ‘फेस्टिभ म्यासेज’ प्याकेज खरिद गर्न सकिनेछ । यी मोबाइल प्याकेजको समयावधि ३० दिनको हुनेछ ।

नेपाल टेलिकमका अनुसार मोबाइल प्याकेजमा समावेश अफरका सुविधा असोज ३० देखि कात्तिक ३० गतेसम्म प्याकेज खरिद गर्ने ग्राहकले प्राप्त गर्न सक्नेछन् । ग्राहकले आफ्नो मोबाइलबाट *1415*11# डायल गरेर वा नेपाल टेलिकमको मोबाइल एप प्रयोग गरी आफूलाई आवश्यक प्याकेज खरिद गर्न सक्ने कम्पनीले जनाएको छ ।

पर्वको अवसरमा ल्याइएको यस योजनाबाट नयाँ इन्टरनेट जडान गर्ने तथा मोबाइल डाटा, भ्वाइस र सन्देश सेवा प्रयोग गर्ने ग्राहकलाई सहुलियत पुग्ने अपेक्षा कम्पनीले गरेको छ ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

एमजी हेक्टर टोमहक ईभीको बिक्री सुरु, मूल्य ५७ लाख ९९ हजार

नेपालका लागि जेएसडब्ल्यू एमजी मोटर इन्डियाको आधिकारिक बिक्रेता जीओ...

दिव्यज्योति हाइड्रोपावरको एजीएम सम्पन्न, पहिलो वर्षबाट नै लाभांश दिने प्रतिवद्दता

दिव्यज्योति हाइड्रोपावर लिमिटेडको १९ औं वार्षिक साधारणसभा सम्पन्न भएको...

सिद्धार्थ बैंकको एपीआई बैंकिङ प्लेटफर्म ‘र्‍यापिड’ सञ्चालनमा

सिद्धार्थ बैंकले एपीआई बैंकिङ प्लेटफर्म ‘र्‍यापिड’ सञ्चालनमा ल्याएको छ।...

दार्चुला पावरको साधारणसभा सम्पन्न, एक वर्षभित्र आयोजना सम्पन्न गर्ने लक्ष्य

दार्चुला पावर लिमिटेडको १० औं वार्षिक साधारणसभा सम्पन्न भएको...

बैंकहरुलाई शाखा मर्ज गर्न आधा दर्जन नयाँ व्यवस्था, कर्मचारी हटाउन नपाइने

नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई शाखा मर्ज...

ईयू–भारत व्यापार सम्झौताले नेपाललाई मध्यम लाभ, तर कपडा निर्यातमा दबाब

युरोपियन युनियन (ईयू) र भारतबीच यही वर्ष जनवरी २७...