सिद्धार्थ बैंकको एपीआई बैंकिङ प्लेटफर्म ‘र्‍यापिड’ सञ्चालनमा

spot_img
spot_img

सिद्धार्थ बैंकले एपीआई बैंकिङ प्लेटफर्म ‘र्‍यापिड’ सञ्चालनमा ल्याएको छ। नेपाल फिनटेक एक्सपो २०२६ को अवसरमा बैंकले उक्त प्लेटफर्म औपचारिक रूपमा शुभारम्भ गरेको हो।

‘र्‍यापिड’ बैंकिङ एज अ सर्भिस (Banking as a Service) अवधारणामा आधारित प्लेटफर्म हो। यसले एप्लिकेसन प्रोग्रामिङ इन्टरफेस (एपीआई) मार्फत बैंक, फिनटेक कम्पनी तथा डिजिटल सेवा प्रदायकका प्रणालीलाई एकआपसमा जोड्न सहयोग गर्छ।

प्लेटफर्म बैंकको प्रणालीमा एकीकृत भएसँगै कर्पोरेट ग्राहकले विभिन्न बैंकिङ सेवा प्रयोग गर्न छुट्टाछुट्टै प्रणालीमा जानुपर्ने झन्झट हटाउने बैंकले जनाएको छ।

यस प्लेटफर्ममार्फत ग्राहकले आफ्नै सफ्टवेयर वा इन्टरप्राइज रिसोर्स प्लानिङ (ईआरपी) प्रणालीबाट बैंक खाताको मौज्दात हेर्न, स्टेटमेन्ट डाउनलोड गर्न, ट्रेजरी व्यवस्थापन गर्न तथा कारोबारको स्वतः मिलान (अटोमेटेड रिकन्सिलेसन) गर्न सक्नेछन्।

ग्राहकले ‘कनेक्ट विथ एपीआई बैंकिङ’ विकल्पमार्फत आफ्नो बैंक खाता लिंक गर्न सक्नेछन्। सेवा प्रयोग गर्न बैंकमा एकपटक मोबाइल बैंकिङमा जस्तै फाराम भरेपछि अधिकांश प्रक्रिया अनलाइनबाटै पूरा गर्न सकिने बैंकले जनाएको छ।

प्लेटफर्मले ग्राहकको सहमति लिने प्रक्रियालाई पनि डिजिटल बनाएको बैंकको भनाइ छ। यसबाट सेवा प्रयोगको प्रक्रिया सहज र पारदर्शी हुने अपेक्षा गरिएको छ। प्लेटफर्ममा एन्ड-टु-एन्ड इन्क्रिप्सन, बहुस्तरीय प्रमाणीकरण तथा अन्य सुरक्षा प्रोटोकल प्रयोग गरिएको बैंकले जनाएको छ।

र्‍यापिडले साना, मझौला तथा ठूला व्यवसायलाई एपीआईमा आधारित बैंकिङ सेवा उपलब्ध गराउँदै आएको छ । यसले व्यवसायका वित्तीय गतिविधिलाई आफ्नै प्रणालीबाट व्यवस्थापन गर्न सहज बनाउनुका साथै बैंक, फिनटेक कम्पनी र डिजिटल सेवा प्रदायकबीचको सहकार्य विस्तार गर्न सहयोग पुग्ने कम्पनीको विश्वास छ ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

‘कुलार्णवतन्त्र’ नेपाली भाषामा प्रकाशित

तन्त्रविद् सन्दीप सापकोटाद्वारा अनुवाद तथा सम्पादन गरिएको प्राचीन तान्त्रिक...

ठमेल पर्यटन परिषदद्वारा प्रधानमन्त्री राहत कोषमा १६ लाख ४० हजार सहयोग

ठमेल पर्यटन विकास परिषद्ले प्रधानमन्त्री राहत कोषमा १६ लाख...

लक्ष्मी पूजाको दिन कति छ सुनचाँदीको भाउ ?

आज आइतबार लक्ष्मी पूजाको दिन सुनको भाउ स्थिर छ...

आज कुकुर तिहार

नेपालीको दोस्रो ठूलो चाड तिहार अन्तर्गत आज कुकुर तिहार...

आज साँझ लक्ष्मी पूजा गरिँदै

यसवर्ष तिहारको दोस्रो दिन आज साँझ लक्ष्मी पूजा परेको...