फेरि भिषण बाढी, चितवनसम्मै जोखिम

spot_img

गोरखाको चुमनुब्री गाउँपालिका क्षेत्रमा भीषा बाढी आएको छ । बूढीगण्डकी नदीमा लेदो र गेग्रानसहितको आकस्मिक बाढी आएका कारण तल्लो तटीय क्षेत्रमा जोखिम बढाएको छ ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रमुख कार्यकारी निर्देशक डा. धर्मराज उप्रेतीका अनुसार बाढीको प्रभावबाट तल्लो तटीय क्षेत्रलाई जोगाउन सुरक्षा निकायलाई खटाइएको छ ।

बाढी कसरी आयो र यसले के कस्तो क्षति गर्दै बगिरहेको छ भन्नेबारे कुनै जानकारी आइसकेको छैन । तर, चितवनसम्मै बाढीको जोखिम देखिएकाले सतर्कता अपनाउन अनुरोध गरिएको छ । आसपासका बासिन्दालाई एसएमएस अलर्ट पठाइसकिएको प्राधिकरणले जनाएको छ ।

स्थानीय सर्ती खोलाबाट सुरु भएको बाढीको प्रभाव सिर्दिबास, जगत, यारु, तातोपानी, माछाखोला, सोती, आरुखेत र आरुघाटसम्म पर्न सक्ने देखिएको छ । त्यसपछि बाढी त्रिशूली नदीमा मिसिने भएकाले तल्लो तटीय क्षेत्रसम्म सतर्कता आवश्यक देखिएको प्राधिकरणको भनाइ छ ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

बाढीले बूढीगण्डकी जलविद्युत आयोजनाको क्याम्प भवन बगायो

आइतबार बिहान बूढीगण्डकी नदीमा आएको आकस्मिक बाढीले निर्माणधीन बूढीगण्डकी...

बडादशैँ सुरु, आज घटस्थापना

नेपालीको महान् पर्व बडादशैँ आजबाट सुरु भएको छ ।...

नेपाल टेलिकमको ईन्टरनेट अफर: जडानमा ५०० छुट, १२ महिनाको शुल्कमा १३ महिना सेवा

नेपाल टेलिकमले दसैँ, तिहार तथा छठ पर्वको अवसरमा इन्टरनेट...

एमजी हेक्टर टोमहक ईभीको बिक्री सुरु, मूल्य ५७ लाख ९९ हजार

नेपालका लागि जेएसडब्ल्यू एमजी मोटर इन्डियाको आधिकारिक बिक्रेता जीओ...

दिव्यज्योति हाइड्रोपावरको एजीएम सम्पन्न, पहिलो वर्षबाट नै लाभांश दिने प्रतिवद्दता

दिव्यज्योति हाइड्रोपावर लिमिटेडको १९ औं वार्षिक साधारणसभा सम्पन्न भएको...

सिद्धार्थ बैंकको एपीआई बैंकिङ प्लेटफर्म ‘र्‍यापिड’ सञ्चालनमा

सिद्धार्थ बैंकले एपीआई बैंकिङ प्लेटफर्म ‘र्‍यापिड’ सञ्चालनमा ल्याएको छ।...