बडादशैँ सुरु, आज घटस्थापना

spot_img

नेपालीको महान् पर्व बडादशैँ आजबाट सुरु भएको छ । हरेक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि विधिवत् सुरु हुने दशैँ आजबाट सुरु भएको हो ।

बडादशैँको पहिलो दिन आज घरघरमा विधिपूर्वक दियो, कलश र गणेश स्थापनासहित घटस्थापना गरिन्छ ।

आज बिहानै नित्यकर्म समाप्त गरी नजिकको नदी वा चोखो स्थलबाट बालुवा वा माटो ल्याई गाईको गोबरले लिपपोत गरिएको पूजा कोठा अथवा दशैँ घरमा विधिपूर्वक राखेर त्यसमाथि यव अर्थात् जौँ रोप्ने गरिन्छ । यो कर्मलाई जमरा राख्ने पनि भनिन्छ ।

आज विधिपूर्वक घट अर्थात् घडा स्थापना गरी घडामाथि शक्तिस्वरुपा दुर्गाको पूजा आराधना गरिने भएकाले आजको दिनलाई घटस्थापना भन्ने गरिएको हो । आज स्थापना गरिएको पूर्ण कलशको जलले अभिषेक गरी विजयादशमीका दिन दुर्गा देवीको प्रसाद ग्रहण गर्ने गरिन्छ ।

आज घटस्थापनाको साइत बिहान ११ः४७ बजे रहेको पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ ।

यस वर्ष दशैँको टीकाको उत्तम साइत कात्तिक ४ गते १०ः२६ बजे रहेको छ । दशमीदेखि कोजाग्रत पूर्णिमाका दिनसम्म देवीको प्रसादस्वरुप टीका लगाइने शास्त्रीय विधि छ ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

बाढीले बूढीगण्डकी जलविद्युत आयोजनाको क्याम्प भवन बगायो

आइतबार बिहान बूढीगण्डकी नदीमा आएको आकस्मिक बाढीले निर्माणधीन बूढीगण्डकी...

फेरि भिषण बाढी, चितवनसम्मै जोखिम

गोरखाको चुमनुब्री गाउँपालिका क्षेत्रमा भीषा बाढी आएको छ ।...

नेपाल टेलिकमको ईन्टरनेट अफर: जडानमा ५०० छुट, १२ महिनाको शुल्कमा १३ महिना सेवा

नेपाल टेलिकमले दसैँ, तिहार तथा छठ पर्वको अवसरमा इन्टरनेट...

एमजी हेक्टर टोमहक ईभीको बिक्री सुरु, मूल्य ५७ लाख ९९ हजार

नेपालका लागि जेएसडब्ल्यू एमजी मोटर इन्डियाको आधिकारिक बिक्रेता जीओ...

दिव्यज्योति हाइड्रोपावरको एजीएम सम्पन्न, पहिलो वर्षबाट नै लाभांश दिने प्रतिवद्दता

दिव्यज्योति हाइड्रोपावर लिमिटेडको १९ औं वार्षिक साधारणसभा सम्पन्न भएको...

सिद्धार्थ बैंकको एपीआई बैंकिङ प्लेटफर्म ‘र्‍यापिड’ सञ्चालनमा

सिद्धार्थ बैंकले एपीआई बैंकिङ प्लेटफर्म ‘र्‍यापिड’ सञ्चालनमा ल्याएको छ।...