एमजी हेक्टर टोमहक ईभीको बिक्री सुरु, मूल्य ५७ लाख ९९ हजार

spot_img

नेपालका लागि जेएसडब्ल्यू एमजी मोटर इन्डियाको आधिकारिक बिक्रेता जीओ अटोमोबाइल्सले नेपालमा एमजी हेक्टर टोमहक ईभी सार्वजनिक गरेको छ । कम्पनीले पहिलो ५० जना ग्राहकका लागि ५७ लाख ९९ हजार रुपैयाँ मूल्य तोकेर हेक्टर टोमहक ईभीको बिक्री सुरु गरेको हो ।

५० जना ग्राहकले वास्तविक मूल्यमा ४ लाख छुट पाउने भएका हुन् । कम्पनीका अनुसार त्यसपछि यस ईभीको मूल्य ६१ लाख ९९ हजार रुपैयाँ कायम हुनेछ ।

७ सिट क्षमताको यस ईभीले एक पटकको पूर्ण चार्जमा ५१७ किलोमिटर रेन्ज दिनेछ । यसमा ६९.२ किलोवाट आवर क्षमताको ब्याट्री छ । ९० किलोवाटको डीसी फास्ट चार्जिङ सर्पोट गर्ने भएकाले यो ईभी ३५ मिनेटमा ३० प्रतिशतदेखि ८० प्रतिशतसम्म चार्ज हुन्छ ।

यस ईभीमा १५० किलोवाटको इलेक्ट्रीक मोटर जडान गरिएको छ । जसले ३१० एनएम (न्युटन मिटर) टर्क प्रदान गर्छ । २३० एमएम अग्लो ग्राउण्ड क्लियरेन्स भएको हेक्टर टोमहक ईभीको इन्टेरियर डिजाइन पनि लक्जरीयस छ ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

नेपाल टेलिकमको ईन्टरनेट अफर: जडानमा ५०० छुट, १२ महिनाको शुल्कमा १३ महिना सेवा

नेपाल टेलिकमले दसैँ, तिहार तथा छठ पर्वको अवसरमा इन्टरनेट...

दिव्यज्योति हाइड्रोपावरको एजीएम सम्पन्न, पहिलो वर्षबाट नै लाभांश दिने प्रतिवद्दता

दिव्यज्योति हाइड्रोपावर लिमिटेडको १९ औं वार्षिक साधारणसभा सम्पन्न भएको...

सिद्धार्थ बैंकको एपीआई बैंकिङ प्लेटफर्म ‘र्‍यापिड’ सञ्चालनमा

सिद्धार्थ बैंकले एपीआई बैंकिङ प्लेटफर्म ‘र्‍यापिड’ सञ्चालनमा ल्याएको छ।...

दार्चुला पावरको साधारणसभा सम्पन्न, एक वर्षभित्र आयोजना सम्पन्न गर्ने लक्ष्य

दार्चुला पावर लिमिटेडको १० औं वार्षिक साधारणसभा सम्पन्न भएको...

बैंकहरुलाई शाखा मर्ज गर्न आधा दर्जन नयाँ व्यवस्था, कर्मचारी हटाउन नपाइने

नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई शाखा मर्ज...

ईयू–भारत व्यापार सम्झौताले नेपाललाई मध्यम लाभ, तर कपडा निर्यातमा दबाब

युरोपियन युनियन (ईयू) र भारतबीच यही वर्ष जनवरी २७...