दार्चुला पावरको साधारणसभा सम्पन्न, एक वर्षभित्र आयोजना सम्पन्न गर्ने लक्ष्य

spot_img

दार्चुला पावर लिमिटेडको १० औं वार्षिक साधारणसभा सम्पन्न भएको छ। आज शुक्रबार कम्पनीका अध्यक्ष सतिश न्यौपानेको अध्यक्षतमा साधारणसभा सम्पन्न भएको हो ।

सभाले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन,  र आर्थिक बर्ष २०८२/८३ को वासलात, नाफा नोक्सान हिसाब र नगद प्रवाह लगायतका वित्तिय विवरणहरु पारित गरेको छ । सभाले आ.व २०८३/८४ का लागि लेखापरिक्षकको नियुक्ति गर्दै निजको पारिश्रमिक निर्धारण गरेको छ।

विशेष प्रस्ताव अन्तर्गत कम्पनीको साधारण शेयरको प्रारम्भिक सार्वजनिक निष्काशन गर्ने, आईपीओ जारी गर्नका लागि पूँजी संरचनामा संशोधन सहित कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्ने , कम्पनीले निर्माण तथा विकास गरिरहेको आयोजनाहरुको लागि  कर्जा अनुमोदन गर्ने, आयोजनाहरु विकास निर्माण तथा संचालनको लागि थप कर्जा आवश्यक भएमा सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव सभाले पारित गरेको छ ।

सभामा कम्पनीका अध्यक्ष सतिश न्यौपानेले कम्पनीले हाल दार्चुला जिल्लामा २८.३०४ मेगावाट क्षमताको मध्य चमेलिया जलविद्युत आयोजना निर्माण गरिरहेको जानकारी दिँदै हालसम्म आयोजनाको ६३ प्रतिशत निर्माण सम्पन्न भएको बताए। आगामी १ वर्ष भित्र निर्माण सम्पन्न गरि विद्युत बाल्ने लक्ष्य रहेको उनले जानकारी दिए  ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

बैंकहरुलाई शाखा मर्ज गर्न आधा दर्जन नयाँ व्यवस्था, कर्मचारी हटाउन नपाइने

नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई शाखा मर्ज...

ईयू–भारत व्यापार सम्झौताले नेपाललाई मध्यम लाभ, तर कपडा निर्यातमा दबाब

युरोपियन युनियन (ईयू) र भारतबीच यही वर्ष जनवरी २७...

धितोपत्र बोर्डले सच्यायो शेयर बेच्नुभन्दा १५ दिन अगाडि नै सूचना दिनु पर्ने व्यवस्था

आधारभूत शेयरधनीले निश्चित प्रतिशत शेयर बेच्नु अघि नै सूचना...

सूर्यकुण्ड हाइड्रोको स्वतन्त्र सञ्चालकमा इन्जिनियर लोक राज जोशी निर्विरोध निर्वाचित

जलविद्युत् तथा पूर्वाधार विकास क्षेत्रमा १६ वर्षभन्दा बढीको अनुभव...

शेयर बेच्नु अघि सूचना दिनु पर्ने नियम विरुद्द सर्वोच्चमा रिट, कार्तिकमा पेशी

आधारभूत सेयरधनीले शेयर बेच्नुभन्दा १५ दिन अगाडि नै पूर्व...

सूर्यकुण्ड हाइड्रोको साधारणसभा सम्पन्न, ५ जना संचालक चयन

सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिक लिमिटेडको २० औं साधारणसभा सम्पन्न भएको...