धितोपत्र बोर्डले सच्यायो शेयर बेच्नुभन्दा १५ दिन अगाडि नै सूचना दिनु पर्ने व्यवस्था

spot_img

आधारभूत शेयरधनीले निश्चित प्रतिशत शेयर बेच्नु अघि नै सूचना दिनु पर्ने व्यवस्थालाई धितोपत्र बोर्डले संशोधन गरेको छ। आज शुक्रबार बोर्डले संशोधित निर्देशन जारी गरेको हो ।

यस अघि कुनै पनि आधारभूत शेयरधनीले आफूले धारण गरेको ५ प्रतिशत वा सो भन्दा बढी शेयर बिक्री गर्ने भए १५ दिन अगाडि नै सूचना दिनु पर्ने व्यवस्था थियो ।

अब भने यस्तो नियम कम्पनीले आईपीओ निष्काशन गर्दा कायम रहेका आधारभूत शेयरधनीहरूको लागि मात्र लागू हुनेछ । त्यस्तै अब १५ प्रतिशत वा त्यो भन्दा बढी शेयर बेच्ने भएमात्र सूचना दिनु पर्नेछ । अनि सूचना दिनु पर्ने अवधि १५ दिनअघि बाट घटाएर ५ कारोबार दिन कायम गरिएको छ ।

साथै सूचना दिएको अवधिमा पुरै शेयर नबेची फेरि कम्पनीको शेयर खरिद गरेको भए शेयर खरिद गरिसकेपछि आफुले किनेको शेयर संख्या र मूल्यबारे जानकारी दिनु पर्ने छ।

 

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

नेपाल टेलिकमको ईन्टरनेट अफर: जडानमा ५०० छुट, १२ महिनाको शुल्कमा १३ महिना सेवा

नेपाल टेलिकमले दसैँ, तिहार तथा छठ पर्वको अवसरमा इन्टरनेट...

एमजी हेक्टर टोमहक ईभीको बिक्री सुरु, मूल्य ५७ लाख ९९ हजार

नेपालका लागि जेएसडब्ल्यू एमजी मोटर इन्डियाको आधिकारिक बिक्रेता जीओ...

दिव्यज्योति हाइड्रोपावरको एजीएम सम्पन्न, पहिलो वर्षबाट नै लाभांश दिने प्रतिवद्दता

दिव्यज्योति हाइड्रोपावर लिमिटेडको १९ औं वार्षिक साधारणसभा सम्पन्न भएको...

सिद्धार्थ बैंकको एपीआई बैंकिङ प्लेटफर्म ‘र्‍यापिड’ सञ्चालनमा

सिद्धार्थ बैंकले एपीआई बैंकिङ प्लेटफर्म ‘र्‍यापिड’ सञ्चालनमा ल्याएको छ।...

दार्चुला पावरको साधारणसभा सम्पन्न, एक वर्षभित्र आयोजना सम्पन्न गर्ने लक्ष्य

दार्चुला पावर लिमिटेडको १० औं वार्षिक साधारणसभा सम्पन्न भएको...

बैंकहरुलाई शाखा मर्ज गर्न आधा दर्जन नयाँ व्यवस्था, कर्मचारी हटाउन नपाइने

नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई शाखा मर्ज...