आधारभूत सेयरधनीले शेयर बेच्नुभन्दा १५ दिन अगाडि नै पूर्व सूचना दिनु पर्ने धितोपत्र बोर्डको नियम विरुद्द सर्वोच्च अदालतमा रिट दर्ता भएको छ । अधिवक्ता दशरथ सिंह चाडले आज सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गरेका हुन् ।
उनले धितोपत्र बोर्डले ल्याएको यस नियम खारेजीको माग गर्दै रिट दर्ता गराएका हुन् । रिटमा धितोपत्र बोर्ड र अर्थ मन्त्रालयलाई विपक्षी बनाईएको छ।
अधिवक्ता सिंहले नीति निर्माताका कदमहरू सधैं दीर्घकालीन, समयानुकूल र बजारमैत्री हुनुपर्ने बताएका छन्। तर बजारलाई संकुचित पार्ने नीति आएको सो नितीका विरुद्द मौन बस्न नसकेकोले मुद्दा दायर गरेको उनले बताएका छन्।
धितोपत्र बोर्डले ल्याएको ‘आधारभूत सेयरधनी’ र ‘१५ दिने पूर्व सूचना’ सम्बन्धी अव्यवहारिक व्यवस्था विरुद्ध आफ्नो रिटमा कार्तिक ९ गतेको लागि पेशी तोकिएको उनले जानकारी दिएका छन्। समग्र पुँजीबजार र आम लगानीकर्ताको हकहितको पक्षमा अदालतबाट न्याय मिल्नेमा पूर्ण विश्वस्त रहेको उनको भनाई छ।









