बिपी राजमार्गको आडबाट बग्ने रोशी खोलाको बाढीले खतराको तह नाघेको छ । काभ्रे क्षेत्रमा रोशी खोलाको बाढीले खतराको तह नाघेको हो ।
रोशी खोलामा खतराको तह ४.५ मिटर भएपनि बाढी बढेर अहिले ४.५१ मिटर पुगेको प्रहरीले जनाएको छ ।
त्यस क्षेत्रमा अहिले खतराको संकेत अनुसार साइरन बजाएको छ ।











